शिक्षा/स्वास्थ्य


सार्वजनिक पुस्तकालय विस्तारको माग Wednesday, March 26th, 2014

काठमाडौँ, १२ चैत । पाठक वर्गको आकर्षकको केन्द्र रहेको भृकुटी मण्डपस्थित सार्वजनिक पुस्तकालयको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।विसं २०६० मा स्थापना भएको सो पुस्तकालयमा साहित्य, इन्जिनियर, व्यवस्थापन आदि क्षेत्रमा रुचि राख्ने पाठकको ओइरो लाग्ने गर्दछ ।पुस्तकालयका वरिष्ठ अधिकृत गोविन्द दाहालले पुस्तकालयको विस्तारका लागि भवन र जग्गाको खाँचो रहेकाले..

पुरा पढ्नुहोस् »

छजना परीक्षा निरीक्षक निष्कासित

हुम्ला, १२ चैत । प्रवेशिका परीक्षामा चिट चोराएको आरोपमा हुम्लास्थित मानसरोवर उच्च माध्यमिक विद्यालय सिमिकोट केन्द्रका छ जना परीक्षा निरीक्षकलाई निष्कासन गरिएको छ । परीक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शङ्कारहरि आचार्यको नेतृत्वमा गएको टोलीले सामाजिक विषयको परीक्षामा विद्यार्थीहरुलाई चिट चोराइरहेको पाएपछि उनीहरुलाई निष्कासन गरेको हो । हुम्ला..

पुरा पढ्नुहोस् »

एसएलसीका परिक्षार्थी घट्दै, चिट चोराउने शिक्षक फरार

युधिष्ठिरराज आमगाई पाँचथर ,१२  चैत  चैत्र ६ गते देखि संचालन भएको एसएलसी परिक्षाको चौथो दिन सोमवार सम्ममा पाँचथरका दुई सय ८७ विद्यार्थी एसएलसी परिक्षा दिन आएनन् । जिल्ला शिक्षा कार्यालयका अनुसार परिक्षा दिन आउदै गरेका थप १३ जना परिक्षार्थी समेत घटेका छन् । आइतबार र सोमबार सञ्चालित गणितमा ९ र विज्ञान विषयमा ४ परिक्षार्थी घटेको जिशिका पाँचथरले जानाकारी गराएको हो ।सदरमुकाम..

पुरा पढ्नुहोस् »

उपचार गर्नै नसकेर मृगौला पीडित शिक्षकले जीवन गुमाए Tuesday, March 25th, 2014

प्रज्वल पौडेल, रामेछाप मन्थली, चैत ११ गते । पश्चिमी रामेछापको फुलासीस्थित उच्चमाविका एक शिक्षक मृगौलाको नियमित परीक्षण र प्रत्यारोपण गर्ने खर्च जुटाउनै नसकेर मृत्युको मुखमा परेका छन् । दुबै मृगौलाले काम नगर्ने भएपछि र उपचार खर्च जुटाउन नसकेपछि कालीदेवी उच्चमावि, फुलासीका ३७ वर्षीय विज्ञान शिक्षक अजयकुमार पाण्डेको सोमबार अबेर निधन भएको आफन्त र सहकर्मी शिक्षकले बताएका..

पुरा पढ्नुहोस् »

छाना उडाएपछि पठनपाठनमा समस्या

प्रेम सुनार गुल्मी, चैत १०बर्षासँगै आएको हावाहुरीले छाना उडाएपछि एउटा प्राथमिक बिद्यालयको पठन पाठनमा समस्या भएको छ । ४ चैतको राति हावाहुरीले जनज्योति प्रावि दर्लिङ्ग  –८ दहचौरको छाना उडाएपछि बिद्यालयको पठनपाठनमा समस्या भएको हो । हावाहुरीले बिद्यालयको ३ कोठे भवनको छाना उडाउँदा पठनपाठनमा समस्या भएको बिद्यालयका प्रधानाध्यापक सागर परियारले जानकारी दिए । ‘हावाले छाना..

पुरा पढ्नुहोस् »

साक्षरता अभियान सुरु

चितवन, ११ चैत । गत आर्थिक वर्षमा चितवनमा १३ हजार ५०७ जना साक्षर भएका छन् । सन् २०१५ सम्ममा चितवनलाई साक्षर जिल्ला बनाउने अभियान सुरु भएपछि सञ्चालन गरिएको साक्षरता कार्यक्रमबाट १३ हजार ५०७ जना साक्षर भएको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ । साक्षरता अभियानका लागि आएको रु ६६ लाख ८१ हजार बजेटबाट २१ ठाउँमा कार्यक्रम सञ्चालन गरी ६ वटा गाउँ विकास समिति र दुई नगरपालिकाका..

पुरा पढ्नुहोस् »

महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर

बनेपा, ११ चैत । शिर मेमोरियल अस्पताल बनेपाले आङ खसेका महिलाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सोमबारदेखि सुरु गरेको छ । अस्टे«लियाको एडमिनटिज अस्पतालका चिकित्सक समूहको सहयोगमा सुरु भएको सो शिविरमा ८० जनालाई शल्यक्रियाको सुविधा प्रदान गरिने अस्पतालका कार्यकारी निर्देशक सुन्दर थापाले जानकारी दिनुभयो । “आर्थिक अवस्था कमजोर भएकालाई लक्षित गरेर हामीले यो कार्यक्रम..

पुरा पढ्नुहोस् »

बर्थिङ सेन्टरमा सुत्केरी हुन न्यून महिला

खलङ्गा (बैतडी), ११ चैत । बैतडीको सित्तड उपस्वास्थ्य चौकीमा सुरक्षित सुत्केरीका लागि बर्थिङ सेन्टर स्थापना भए पनि परम्परागत मान्यताका कारण सुत्केरी हुने महिला भने कमै आउने गरेका छन् । दुई वर्षअघि नै बर्थिङ सेन्टर स्थापना भए पनि घरमै बच्चा पाउने र अझै पनि सोही मान्यता रहेकाले स्थानीय महिलाहरू सुत्केरी हुन भने खासै नआउने गरेको उपस्वास्थ्य चौकीले जनाएको छ । उपस्वास्थ्य चौकीकी..

पुरा पढ्नुहोस् »

सुत्केरी बिदाबाट फर्कँदा जागिर चट Monday, March 24th, 2014

तनहुँ, १० चैत । यहाँको एक कार्यालयमा कार्यरत कर्मचारीको सुत्केरी बिदामा बसेपछि जागिर नै चट भएको छ ।हिमालयन आँखा अस्पताल पोखराको सहयोग र लायन्स क्लब अफ तनहुँको व्यवस्थापनमा दमौलीमा सञ्चालित दमौली आँखा उपचार केन्द्र्रमा कार्यालय सहयोगी पदमा कार्यरत अप्सरा भण्डारी पौडेललाई सुत्केरी बिदापछि पुनः काममा फर्कन अवरोध गरिएको हो ।गत वैशाख १ गतेदेखि दमौली आँखा उपचार केन्द्रमा..

पुरा पढ्नुहोस् »

शुल्कवृद्धिबारे अदालतको आदेशपछि प्याब्सन परामर्शमा

काठमाडौँ, १० चैत । आउँदो शैक्षिक सत्रमा शुल्कवृद्धि नगर्न अन्तरिम आदेश दिइएपछि निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन ९प्याब्सन० ले अभिभावक र कानुनी क्षेत्रसँग परामर्श प्रारम्भ गरेको छ ।प्याब्सनले आज दुई अभिभावक सङ्घका पदाधिकारीसँग नयाँ भर्ना, पाठ्यपुस्तकको बिक्री वितरण, शुल्क व्यवस्थापन, शिक्षक कर्मचारीको मागको सम्बोधन, संस्थागत विद्यालय मापदण्ड तथा निर्देशिकाको..

पुरा पढ्नुहोस् »

प्रहरी हिरासतबाट प्रवेशिका परीक्षा दिँदै

लहान, १० चैत । सिरहाको पडरिया गाविस–२ पिडरबोनीका १८ वर्षीय अनिलकुमार चौधरीले थुनुवाका रुपमा प्रहरी हिरासतबाट नै प्रवेशिका परीक्षा दिइरहेका छन् ।लागुऔषध मुद्दाअन्तर्गत अनुसन्धानका क्रममा लहानस्थित इलाका प्रहरी कार्यालयमा थुनुवाका रुपमा रहेका चौधरीले प्रहरी हिरासतबाट परीक्षा दिइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।थुनुवाका रुपमा..

पुरा पढ्नुहोस् »