दोलखा समाचार


माथिल्लो तामाकोसी ढिलाईमा ठेकेदार जिम्मेवार Friday, March 2nd, 2018

दोलखा । निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लक्ष्य भेट्न ठेकेदार कम्पनी बाधक देखिएको छ । कारोबारमा समाचार छ । चार महिनापछि आयोजनाले विद्युत् उतपादन सुरु गर्ने लक्ष्य राखेको छ । तर ठेकेदार कम्पनीकै कारण आयोजनाको लक्ष्य भेट्न हम्मे पर्ने भएको हो । आयोजनाको लट २ अन्तर्गतको हाइड्रोमेकानिकसम्बन्धी कामले गर्दा आयोजनाको समग्र प्रगति नै..

पुरा पढ्नुहोस् »

माओवादी केन्द्रका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार, अवस्था गम्भिर Friday, September 8th, 2017

दोलखा भदौ २३ । नेकपा (माओवादी केन्द्र) दोलखाका नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्। कालिञ्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन्। खुकुरी प्रहारबाट ढुङ्गेलको टाउकामा गम्भीर चोट लागेको छ। कालिञ्चोक गाउँपालिका–३ लामिडाँडाका ढुङ्गेललाई बिहीबार मध्याह्न १२ बजेतिर कालिञ्चोक गाउँपालिका–२ बाबरेका..

पुरा पढ्नुहोस् »

महोत्तरी सहितका पूर्वी तराईमा घाम देखिएपछि स्थानीय खुसी Tuesday, December 13th, 2016

बर्दिबास  २८ मसिर । महोत्तरी सहितका पूर्वी तराईमा  नवौँ दिनमा झलमल्ल घाम देखिएपछि स्थानीय जनतामा खुसी छाएको छ । गएको १९ गते आइतबार बिहानदेखि बाक्लो हुस्सुसँगै लगातार चिसो सिरेटो चलेर मुटु कमाउने जाडो बढिरहेकैबीच  दिउँसो झलमल्ल घाम लागेपछि यस क्षेत्रमा खुसी छाएको हो । मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेको महोत्तरी जिल्लाका सबै भेगमा दिउँसो झलमल्ल पारिलो घाम लागेको छ..

पुरा पढ्नुहोस् »

बाग्लुङ र दोलखामा दुई जना मानिस मृत अवस्थामा फेला Thursday, November 3rd, 2016

                 बाग्लुङ १८ कात्तिक ।    बाग्लुङ र दोलखामा दुई जना मानिस मृत अवस्थामा फेला परेका छन्। बाग्लुङ खुङखानी–६ बस्ने ७७ बर्षीय मानसिंह कामी र उनको ७६ बर्षीया श्रीमती देवी बुधबार घर देखी २० मिनेट टाढा सामुदायिक वनको भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेका छन् । यसैगरी दोलखा भिरकोट ७ घर भएका ६३ बर्षीय दिर्घ बहादुर वि.क.मृत अवस्थामा फेला परेका छन् । बुधबार गैरीमुदी–१..

पुरा पढ्नुहोस् »

चट्याङ लागेर दोलखामा एक जनाको मृत्यु Tuesday, March 29th, 2016

दोलखा १६ चैत  । दोलखामा गएराति हावाहुरीसँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीमुदी गाविस–८ का १६ वर्षीय सुमन मगर रहेका छन् ।   उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागी अवस्था गम्भीर भएपछि उपचारका क्रममा काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताउनुभयो ।   हावाहुरीले..

पुरा पढ्नुहोस् »

दोलखाका गाविस सचिवले पुन:निर्माण प्राधिकरणलाई सहयोग नगर्ने Sunday, March 27th, 2016

दोलखा, १४ चैत । दोलखाका गाविस सचिवले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अघि बढाउने काममा सहयोग नगर्ने बताएका छन् ।   जिल्लामा रहेको सचिवहरुको सङ्गठन, गाविस हकहित संरक्षण केन्द्र दोलखाले आज प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही, पुनःनिर्माण प्राधिकरणका उपक्षेत्रीय प्रमुख हरिप्रसाद शर्मा, स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्मासमक्ष पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै..

पुरा पढ्नुहोस् »

दोलखाको सरकारी कार्यालयका शौचालय नै दुर्गन्धित Tuesday, December 22nd, 2015

दोलखा ०७ पौष । सबैको अनुगमन गर्ने र निर्देशन दिने जिल्ला प्रशासन कार्यालयको शौचालय नै बान्ता आउने किसिमको भेटिएपछि सरसफाइ अभियानका राष्ट्रिय दूत सीताराम कट्टेल (धुर्मुस) खिन्न हुनुभयो ।   आइतबार जिल्ला प्रशासन कार्यालय आइपुग्नु भएका कट्टेलले शौचालयको अवस्था देखेपछि आफैँले सफा गर्नुभयो । शौचालयमा रहेको फोहोर टिपेर पानी हालेर सफा गर्नुभयो । उहाँले प्रशासनको शौचालयमा..

पुरा पढ्नुहोस् »

दोलखामा यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते Wednesday, October 28th, 2015

दोलखा, ११ कात्तिक– दोलखाको सुन्द्रावति गाविसमा  हिजो  दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । दोलखाको सिङ्गटीबाट काठमाडाँैका लागि छुटेको बा २ ख ६०३५ नम्बरको रोल्वालिङ यातायातको बस सुन्द्रावति गाविसको लाँकुरीडाँडामा दुर्घटनामा पर्दा १९ जना यात्रु घाइते भएका हुन् । बडादशैँ सकेर गाँउबाट काठमाडाँै फर्केका यात्रुहरुले खचाखच भरिएको बस..

पुरा पढ्नुहोस् »

नातिनी बलात्कार गरेको ठहरिएपछि बयोबृद्धलाई ११ बर्ष कैद Tuesday, March 17th, 2015

दोलखा, चैत ३ गते । १० बर्षीया नातिनीलाई बलात्कार गरेको ठहरिएपछि एक बयोबृद्धले ११ बर्ष कैद ताेकिएकाे छ । माघ महिनाको एक अपरान्ह आफ्नै नातिनीलाई कोठामा लगेर करणी गरेको अभियोगमा जिल्ला अदालतले सुनखानी गाविस- ४ का ८२ बर्षीय बृद्धलाई कैद र नगद जरिवानाको सजाय गरेको छ । दोलखा जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद शर्माको इजलासले कैद सजाय र पीडितलाई ५० हजार क्षेतीपूर्ति आदेश गरेको..

पुरा पढ्नुहोस् »

सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु Saturday, January 24th, 2015

1 2 3 4 5 (0 votes) चरिकोट, माघ १०/दोलखाको मिर्गे-९ स्थित यार्साका २५ वर्षीय युवक चन्द्रबहादुर खत्रीको भरुवा बन्दुकको गोली लागी शुक्रबार राति मृत्यु भएको छ। घर नजिककैको जङ्गलमा कालिज मार्न गएका खत्री राति अबेरसम्म घर नआएपछि उनका श्रीमतीसहित गाउँलेले उनको खोजीमा जाने क्रममा खत्रीलाई जङ्गलमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी अजय केसीले..

पुरा पढ्नुहोस् »

दोलखामा २ करोडको नमुना सिटी हल बन्दै Wednesday, January 7th, 2015

दोलखा (चरिकोट), पुस २३ गते । दोलखाको सदरमुकाम चरिकोटमा करिब १६ वटा व्यापारिक सटर रहने गरी कुल दुई करोड ५४ लाख २३ हजार रुपैयाँको लागतमा अत्याधुनिक सुविधा सम्पन्न नमुना सिटी हल बन्ने भएको छ । नमुना सिटी हल सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय काभ्रेपलाञ्चोकको ७५ प्रतिशत आर्थिक सहयोग र जिल्ला विकास समिति दोलखाको २५ प्रतिशत लगानीमा बन्ने भएको हो । दोलखाको पर्यटकीय,..

पुरा पढ्नुहोस् »