उपत्यका समाचार


राष्ट्रिय क्रिकेट टिम सम्मानित Friday, March 28th, 2014

काठमाडौँ, १४ चैत । ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने राष्ट्रिय क्रिकेट टोलीलाई आज सशस्त्र प्रहरी बल (एपिएफ)ले सम्मान गरेको छ । एपिएफद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सम्मान स्वरुप ट्र्याकसुट प्रदान गर्नु भएको थियो । सो अवसरमा महानिरीक्षक वन्तले पहिलोपटकको सहभागितामा नै नेपाली..

पुरा पढ्नुहोस् »

माथिल्लो कर्णाली आयोजना राष्ट्रहितमा हुनुपर्ने आवाज

काठमाडौँ, १४ चैत । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले माथिल्लो कर्णाली विद्युत् आयोजना निर्माणको विषयमा राष्ट्रिय स्वाधीनताको प्रश्न उठेकाले त्यसलाई रोक्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । कर्णाली जलाधार संरक्षण समितिले आज यहाँ आयोजना गरेको नेपालको जलाधार संरक्षण र जलको उपयोग विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले माथिल्लो कर्णालीलाई अघि बढाउने सन्दर्भमा..

पुरा पढ्नुहोस् »

मन्त्री डा खड्का र भारतीय राजदूत रेबीच भेटवार्ता

काठमाडौँ, १४ चैत । सहरी विकास मन्त्री डा नारायण खड्का र नेपालका लागि भारतीय राजदूत रञ्जित रेबीच आज भेटवार्ता भएको छ । सहरी विकास मन्त्रालयमा भएको भेटवार्तामा नेपालको विकास निर्माणमा भारतीय सहयोग तथा नेपाल र भारतबीचको सम्बन्ध विस्तारमा छलफल भएको सहरी विकास मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री डा खड्काले नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको द्विपक्षीय सम्बन्धका बारेमा..

पुरा पढ्नुहोस् »

एचआइभी सङ्क्रमित बालबालिकालाई मासिक एक हजार भत्ता वितरण

भक्तपुर, १४ चैत । भक्तपुरमा रहेका एचआइभी÷एड्स सङ्क्रमित बालबालिकालाई अबदेखि मासिक रुपमा भत्ता दिइने भएको छ ।एचआइभी सङ्क्रमित बालबालिकाको जीवनयापन सहज रुपमा सञ्चालन गर्न र उनीहरुको न्यूनतम अधिकारको सुनिश्चित गर्न यस्ता बालबालिकालाई मासिक रु एक हजारका दरले भत्ता दिइने भएको जिल्ला एड्स समन्वय समितिका प्रमुख शङ्कर बस्नेतले जानकारी दिनुभयो । यसका लागि जिल्ला जनस्वास्थ्य..

पुरा पढ्नुहोस् »

प्रवेशिका परीक्षा सम्पन्न

निष्कासित शिक्षक तथा कर्मचारीलाई कारबाही गरिने भक्तपुर, १४ चैत । प्रवेशिका परीक्षा आजदेखि सम्पन्न भएको छ । यही चैत ६ गतेदेखि सुरु भएको परीक्षामा नियमिततर्फ चार लाख १९ हजार ३५२ र एक्जाम्टेडतर्फ एक लाख ४६ हजार ७३३ विद्यार्थीले परीक्षा दिएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्यालले जानकारी दिनुभयो । देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको बताउँदै..

पुरा पढ्नुहोस् »

अभिलेख सर्वसम्मत स्वीकृत

काठमाडौँ, १४ चैत । संविधानसभाको आज बसेको १३ औँ बैठकले अघिल्लो संविधानसभा र त्यसका समितिको निर्णय तथा कारबाहीको सुरक्षित अभिलेखालय सर्वसम्मतिले स्वीकृत गरेको छ । संविधानसभा नियमावली २०७० को नियम १६२ बमोजिम संविधानसभाका महासचिव मनोहरप्रसाद भट्टराईले ती अभिलेख संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसमक्ष पेस गर्नुभएको थियो । यसैगरी आजको बैठकमा सोही नियमावलीको नियम ६४..

पुरा पढ्नुहोस् »

बाबुराम भट्टराइले अब कलेज पढाउन थाले

१४ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आजबाट कलेज पढाउने भएका छन् । एमाओवादी वरिष्ठ नेता समेत रहेका भट्टराईले आज पहिलो कक्षा लिँदैछन् । भट्टराईले आज ललितपुरको बालकुमारीस्थित कुसोम कलेजमा विहान १० बजे कक्षा लिँदैछन् । भट्टराईले नेपालको सामाजिक र आर्थिक रुपान्तरणमा युवाको भूमिकाबारे एमबीए अध्ययनरत विद्यार्थीहरुलाई पढाउने उनका स्वकीय सचिव विश्वदिप..

पुरा पढ्नुहोस् »

राहदानीका लागि लाइन बस्ने बाध्यताको अन्त्य, वैशाखदेखि आवेदन सङ्कलन काउन्टर थपिँदै

(शरच्चन्द्र भण्डारी) काठमाडौँ, १४ चैत । सरकारले राहदानी वितरण प्रणालीलाई अझ व्यवस्थित, सहज एवम् सेवाग्राहीमैत्री बनाउन आवश्यक प्रक्रिया अघि बढाएको छ । यो प्रक्रियासँगै सेवाग्राही लाइन बस्नु नपर्ने भएको छ ।बिना झन्झट सेवाग्राहीलाई राहदानी वितरण गर्न सरकारले आगामी वैशाख २ गतेदेखि थप तीनवटा आवेदन फाराम सङ्कलन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।परराष्ट्रमन्त्री..

पुरा पढ्नुहोस् »

बलात्कारि पक्राउ Thursday, March 27th, 2014

भक्तपुर, १३ चैत । भक्तपुर नगरपालिका वडा नं १७ सल्लाघारी बस्ने १६ वर्षीया किशोरीलाई बलात्कार गर्ने पुरुषलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ । प्रहरीले यसबारे आज जानकारी दिँदै अभियुक्त सप्तरी–९ बस्ने १८ वर्षीय मिथुन मण्डललाई पक्राउ गरी जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा चलाएर अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रमेश थापाले..

पुरा पढ्नुहोस् »

ककनी साहित्ययात्रा शनिबार

काठमाडौँ, १३ चैत । त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा ‘ककनी साहित्य यात्रा’ कार्यक्रम शनिबार पर्यटकीयस्थल ककनी, नुवाकोटमा हुने भएको छ । कार्यक्रममा साहित्यकार, भाषाविद्, विद्वान्, प्राध्यापक, पत्रकार तथा प्रशासनिक क्षेत्रका १०० भन्दा बढी व्यक्तित्वको सहभागिता रहनेछ । कार्यक्रममा नुवाकोटेली साहित्यको विषयमा कार्यपत्र, ककनीलाई अझै पर्यटकीय क्षेत्रका रूपमा विकास..

पुरा पढ्नुहोस् »

घोडाझैँ उडिरहेका कलाकार

कालिका खड्का) काठमाडौँ, १३ चैत । “शारीरिक रुपमा सबल कलाकारले सिर्जना गरेका भन्दा फरक तर अत्यन्तै राम्रो कला सिर्जना छन्”, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित कला प्रदर्शनीमा ललितकला क्याम्पसका विद्यार्थी रञ्जना श्रेष्ठले प्रतिक्रिया व्यक्त गर्नुभयो । “चित्रकलाकार सञ्जयका चित्रकला असाध्यै रामा छन्, कला सिर्जनामा महिला र घोडालाई प्रतिविम्ब बनाएर सिर्जना..

पुरा पढ्नुहोस् »