नेपाली प्रबासी समाचार


विदेशी नियोगका कर्मचारी स्थानन्तरण Sunday, March 30th, 2014

योङगुन, १६ चैत । म्यानमारका प्रहरीहरूले राखिन प्रान्तको प्रान्तीय राजधानी सितावेमा अवस्थित राष्ट्रिय सङ्घीय नियोग तथा अन्य अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत विदेशी तथा स्थानीय कर्मचारीहरूको उद्धार गरी अन्यत्र स्थानन्तरण गरिएको छ । विगत केही महिनायता स्थानीय आदिवासी जनजातीले त्यहाँका विदेशी संस्था कार्यालय परिसरहरूमा लगातार आक्रमण गरेर ध्वस्त पारेपछि..

पुरा पढ्नुहोस् »

काश्मीरमा आक्रमण एकको मृत्यु तीन घाइते Friday, March 28th, 2014

काश्मीर , १४ चैत । भारत अधीनस्थ काश्मीरमा एक सवारी साधनलाई लक्ष्य गरी शुक्रबार बिहान बन्दुकधारीद्वारा गरिएको एक आक्रमणमा एक व्यक्तिको मृत्यु भएको समाचार छ । सो आक्रमणमा अन्य तीन घाइते भएको पनि प्रहरी स्रोतले जानकारी दिएको छ । उक्त आक्रमण श्रीनगर सहरदेखि ३१३ किलोमिटर दक्षिणमा पर्ने कथुआ जिल्लाको डयालाचाक क्षेत्रमा भएको जनाइएको छ । शुक्रबार बिहान सैनिक पोसाक लगाएर बोलेरो..

पुरा पढ्नुहोस् »

मलेसियाली गृहमन्त्री नेपाल आउँदै

काठमाडौँ, १४ चैत । नेपालसँगको श्रम सम्बन्ध थप सुमधुर बनाउनुका साथै आपसी सहयोगका नयाँ क्षेत्रहरू पहिल्याउने उद्देश्यले मलेसियाका गृहमन्त्री डा अहमद जालिद हमिदी आगामी मङ्गलबार नेपाल भ्रमणमा आउनुहुने भएको छ । एक्काइस सदस्यीय उच्चस्तरीय मलेसियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गृहमन्त्री हमिदी नेपालको तीनदिने भ्रमणमा आउन लाग्नुभएको मलेसियाका लागि नेपाली राजदूत..

पुरा पढ्नुहोस् »

सरकार र तालिवानबीच पहिलो चरणको वार्ता Thursday, March 27th, 2014

इस्लामावाद, १३ चैत । पाकिस्तान सरकारका तर्फबाट चयन गरिएका शान्ति वार्ताकार र तालिवानका लडाकु समूहसँग पहिलो चरणको प्रत्यक्ष शान्ति वार्ता आयोजना गरिएको छ । दुवै पक्षबाट द्वन्द्वग्रस्त सो राष्ट्रमा शान्तिपूर्ण समाधानको खोजीका लागि लगातार वार्ता जारी राखिने समेत सहमति भएको जनाइएको छ । तालिवान मध्यस्थकर्ताका प्रमुख मउलाना समिउल हकले सञ्चारमाध्यमलाई वार्ता उपयोगी भएको र..

पुरा पढ्नुहोस् »

सुरक्षित मतदान गराउन प्रतिबद्धता

काबुल, १३ चैत । अफगानिस्तानका आन्तरिक मामिला मन्त्री उमर दाउजाइले आगामी अप्रिल ५ मा सम्पन्न हुन गइरहेको राष्ट्रपतीय निर्वाचन कार्यक्रम सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मुलुकका तालिवान विद्रोहीको चरम दुःख र धम्की बाबजूद सो निर्वाचनलाई पूर्ण सुरक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नरहने समेत उहाँले बतानुभएको छ । बढ्दो तालिवानी दबाब र सिर्जित आतङ्कबीच आगामी..

पुरा पढ्नुहोस् »

काबुलमा सुरक्षित मतदान गराउन प्रतिबद्धता

काबुल, १३ चैत । अफगानिस्तानका आन्तरिक मामिला मन्त्री उमर दाउजाइले आगामी अप्रिल ५ मा सम्पन्न हुन गइरहेको राष्ट्रपतीय निर्वाचन कार्यक्रम सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मुलुकका तालिवान विद्रोहीको चरम दुःख र धम्की बाबजूद सो निर्वाचनलाई पूर्ण सुरक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नरहने समेत  उहाँले बतानुभएको छ । बढ्दो तालिवानी दबाब र सिर्जित आतङ्कबीच आगामी..

पुरा पढ्नुहोस् »

युक्रेन तनाव शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्छ : सरकार Wednesday, March 26th, 2014

काठमाडौँ, १२ चैत । सरकारले युक्रेनमा बढिरहेको तनाव शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ ।युक्रेनमा बढिरहेको तनावबाट नेपाल सरकार गम्भीर रहेको उल्लेख गर्दै त्यसलाई तत्काल कम गर्न सम्बद्ध सबै पक्षलाई संयमता अपनाउँदै सहकार्य गर्न अपिल गरेको छ ।परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कुनै पनि मुलुकको आन्तरिक मामिलामा उसको सार्वभौमिकता, क्षेत्रीय..

पुरा पढ्नुहोस् »

अठासी हजार भुटानी शरणार्थी तेस्रो मुलुक पुनःस्थापना

काठमाडौँ, १२ चैत । झापा र मोरङ जिल्लाका विभिन्न शिविरमा रहेका एकलाख आठ हजार भुटानी शरणार्थीमध्ये ८८ हजारलाई तेस्रो मुलुकमा पुनः स्थापना गरिएको छ ।झण्डै अढाइ दशकदेखि शिविरमा कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीलाई अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) मार्फत अन्तर्राष्ट्रिय समुदायको सहयोगमा तेस्रो मुलुकमा पुनः स्थापना गरिएको हो ।आइओएमले पुनःस्थापना..

पुरा पढ्नुहोस् »

जर्मनीमा नेपाली समुदाय बीच संयुक्त लगानी सम्बन्धी अन्तर्किर्या कार्यक्रम सम्पन्न।

हरेन्द्र वनेम हरी न्यौपाने फ्र्यान्क्फोर्ट जर्मनी २३ मार्च आईतवार २०१४ का दिन जर्मनीमा नेपाली समुदायको लागि मह्त्वपूर्णयोगदान पुर्याउदै आउनु भएका ब्यतित्वहरुको उपस्थितीमा यहाँ बसोबास गर्दै आएका नेपाली  समुदायको बीचमा जर्मनीको ईतिहास मै पहिलो पटक संस्थागतरुपमा संयुक्त लगानी सम्बन्धी अन्तर्कृया सम्पन्न गरियो । भेलाले कर्म भुमि जर्मनीमा र आफ्नो जन्म भुमि नेपालमा गर्न..

पुरा पढ्नुहोस् »