कृषि/प्रर्यटन


यार्सा व्यापारले बदलिदै बझाङको सदरमुकाम चैनपुर Sunday, January 24th, 2016

सम्राट सिंह बझाङ १० माघ ।  हिमाली जिल्ला बझाङ सदरमुकाम चैनपुर यार्सा व्यापारले दिन प्रतिदिन बदलिदै गइरहेको छ । यार्सा व्यापार गरी विकट गाविस मा बसोबास गर्दै आएका बासिन्दाहरु महङगो जमिन खरिद गरी सदरमुकाममा झर्न थालेपछि चैनपुर बदलिदै गएको हो । ग्रामिण भेगका बासिन्दाले एक सिजनमा यार्सा संङकलन गरी प्रति परिवारले दश देखि पन्ध्र लाख सम्म आयआर्जन गर्ने गरेका छन । यार्सा व्यापार..

पुरा पढ्नुहोस् »

खोटाङमा अलैँची उत्पादनमा छ प्रतिशतले वृद्धि Friday, December 18th, 2015

खोटाङ ३ पुस । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष अलैँची उत्पादनमा छ प्रतिशतले वृद्धि भएको छ ।   गत वर्ष ४५६ मेट्रिक टन अलैँची उत्पादन भएको जिल्लामा यस वर्ष ४८५ मेट्रिक टन पुगेको हो । गत वर्ष रु ८० करोडको अलैँची बिक्री गरिएको थियो । कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले गत वर्ष प्रतिहेक्टर ०.५० मनको दरले अलैँची उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर..

पुरा पढ्नुहोस् »

भक्तपुर अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा कमी Tuesday, December 15th, 2015

 भक्तपुर  २९ मङ्सिर। गत वर्षको तुलनामा यसवर्ष भक्तपुर अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा ८० प्रतिशतले कमी आएको छ ।   भूकम्प र भारतको नाकाबन्दीका कारण चुलिएको इन्धन समस्याले जिल्लामा पर्यटक आगमनमा कमी आएको हो । यसवर्ष पहिलो चौमासिक (साउनदेखि कात्तिक महिना)मा गैरसार्क राष्ट्रका १८ हजार ८२९ जना तथा सार्क र चिनियाँ गरी कुल २३ हजार ३५५ पर्यटकले जिल्लाको विभिन्न सम्पदाको..

पुरा पढ्नुहोस् »

मुस्ताङमा पछिल्लो समय आन्तरिक पर्यटकको चाप बढ्न थाले Friday, December 11th, 2015

मुस्ताङ । विदेशी पर्यटकको गन्तव्यस्थल बन्दै आएको मुस्ताङमा पछिल्लो समय आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ ।     गत वैशाखमा गएको भूकम्प र देशमा जारी आन्दोलनले जिल्लामा विदेशी पर्यटकको चाप घटेको छ । तर आन्तरिक पर्यटकको उपस्थिति उत्साहजनक भएको यहाँका पर्यटन व्यवसायीले बताएका छन् ।    बिदाको याममा हवाई र स्थलमार्ग हँुदै आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको उद्योग..

पुरा पढ्नुहोस् »

वैदेशिक व्यापारमा ३७ प्रतिशतले कमी

काठमाडौँ २५ मङ्सिर । हाल प्रमुख भन्सार बिन्दुमा उत्पन्न असहज परिस्थितिका कारण मुलुकको वैदेशिक व्यापार प्रभावित भई चालु आवको प्रथम चार महिनामा देशको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.५ प्रतिशतले कमी आएको छ ।   व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याङ्कअनुसार २०७२/७३ को सो अवधिमा रु एक खर्ब ८१ अर्ब ४८ करोड रहन गएको हो । भारततर्फको..

पुरा पढ्नुहोस् »

नाकाबन्दीका कारण झापामा सयपत्री फूलको अभाव Thursday, November 12th, 2015

झापा,२६ कात्तिक - नाकाबन्दीका कारण यसपाली तिहारमा सयपत्री फुलको अभाव भएको छ। भारतीय नाकाबन्दीले पूर्वी नाका काँकडभिट्टाबाट फुल आयात हुन नसक्दा र कात्तिक अन्त्यतिर चाड परेकाले बारीमा फुलेका फूल ओइलाउँदा तिहारमा सयपत्रीको अभाव भएको हो । पूर्वी नाका काँकडभिट्टा हुँदै यसपटक भारतबाट सयपत्री फूल र माला नभित्रिएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । नाकाबन्दीका..

पुरा पढ्नुहोस् »

तेस्रो मुलुकबाट इन्धन ल्याउन कूटनीतिक संवाद Tuesday, November 10th, 2015

२४ कात्तिक, काठमाडौं । भारतीय नाकाबन्दीका कारण इन्धन अभाव जटिल बन्दै गएपछि सरकारले विश्वका अन्य मुलुकबाट इन्धन भित्र्याउन सकिने सम्भावनाका विषयमा कूटनीतिक संवाद थालेको छ। Petrol-Pumpपरराष्ट्र मन्त्रालयले बंगलादेश, रूस र साउदी अरेबियाका काठमाडौंस्थित राजदूत एवं कूटनीतिक प्रतिनिधिसँग यसबारे परामर्श गरेको हो।तत्कालीन इन्धन संकट टार्न कूटनीतिक तहमा छलफल भए पनि ठोस निष्कर्ष..

पुरा पढ्नुहोस् »

जोर्डनलाई हवाई इन्धन ल्याउन अनुमति Saturday, November 7th, 2015

काठमाडाैं कात्तिक २१/भारतले गरेको अषोघित नाकाबन्दीका कारण चरम इन्धन अभाव झेलिरहेको नेपाली हवाई क्षेत्रका लागि मध्यपूर्वी मुलुक जोर्डनको एक निजी विमान कम्पनीले इन्धन आयात गर्ने भएको छ । आयल निगमको अनुमतिपत्र बुझाउँदै नागरिक उड्डयन प्राधिकरण कार्यालय पुगेको जोर्डन एभिएसन एयरलायन्सले उडान अनुमति (स्लट) पाएको छ । कान्तिपुर दैनिकमा समाचार छ । बबरमहलस्थित प्राधिकरणको..

पुरा पढ्नुहोस् »

चिनियाँ पेट्रोल बिहीबारदेखि बाँडिने Tuesday, November 3rd, 2015

काठमाडाैं कात्तिक १७/नेपाल आयल निगमले काठमाडौं उपत्यकामा बिहीबार, शुक्रबार र शनिबार निजी सवारीसाधनलाई पेट्रोल वितरण गर्ने भएको छ । भारतबाट आएको न्यून परिमाण र चीनले अनुदानमा दिएको पेट्रोल वितरण गरिने निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए । ‘भारतबाट थोरै मात्रामा भए पनि ट्यांकर आइरहेका छन् । चीनबाट समेत पेट्रोल थपिएको छ,’ घिमिरेले भने, ‘त्यसैले बिहीबार, शुक्रबार र..

पुरा पढ्नुहोस् »

हवाई इन्धन ल्याउन दैनिक ४ उडान Thursday, October 29th, 2015

काठमाडौं, कात्तिक १२ /आन्तरिक उडानलाई निरन्तरता दिन नेपाल वायु सेवा निगमको बोइङ विमानले भारतको कोलकत्ताबाट दैनिक चारवटासम्म कार्गो उडान गरी हवाइ इन्धन ल्याउने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ । नयाँ निर्णयसँगै अब दैनिक ८८ हजार लिटरसम्म हवाइ इन्धन एयर लिफ्ट गरेर ल्याइनेछ । काठमाडौंबाट हुने आन्तरिक उडानमा दैनिकमा ६० हजार लिटर इन्धन आवश्यक पर्छ । त्यस्तै ढाकाबाट पनि इन्धन..

पुरा पढ्नुहोस् »

लाख सिलिण्डर ग्यास तराइमै अलपत्र

काठमाडौं, कात्तिक १२ /नेपाल आयल निगम, ग्यास एदोगी र ढुवानी व्यवसायीको अनाहक किचलोको कारण नेपाल छिरिसकेका करिव १ लाख सिलिण्डर ग्यास तराइमै अलपत्र परेको छ । नागरिक दैनिकमा समाचार छ । कुरा नमिल्दा पछिल्लो २० लिदनदेखि ७० बुलेट ग्यास तराइका विभिन्न जिल्लामा थन्किएका छन् । तराइमा अलपत्र ग्यास पहाडी सडकमा आउन नसक्ने ठूला गाडीमा भरिएका बुलेटमा छन्..

पुरा पढ्नुहोस् »