कृषि/प्रर्यटन


चीनले भन्यो ‘इन्धन संकटबाट मुक्त गर्न सघाउँछौं’ Wednesday, October 28th, 2015

काठमाडौं कात्तिक ११ - चीनले नेपालमा जारी इन्धन संकट मुक्त गराउने बताएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्याङ्ले नेपाल सरकारले अनुरोध गरेबमोजिम इन्धन सहायता उपलब्ध गराएर इन्धन संकटबाट नेपाललाई मुक्त गराउन चीन तयार रहेको बताएकी हुन्, अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ । 'नेपाललाई इन्धन उपलब्ध गराउने विषयमा अहिले हामी गहिरो संवादमा छौं', चिनियाँ विदेश..

पुरा पढ्नुहोस् »

‘धौलागिरि आइसफल पदमार्ग’ तयार Tuesday, October 27th, 2015

म्याग्दी, १० कात्तिक । सडक सञ्जाल विस्तारसँगै विस्थापित वनेको बेनी–जोमसोम पदमार्गको वैकल्पिक रुटको रुपमा पहिचान गरिएको ‘धौलागिरि आइसफल पदमार्ग’ तयार भएको छ । म्याग्दीका विभिन्न नौ गाविसको उच्च पहाडी र हिमाली क्षेत्रलाई समेटेर मुस्ताङ जोड्ने पदयात्रा अन्र्तगत विभिन्न स्थानमा व्यवस्थित पदमार्ग निर्माण गरिएको हो । पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम,..

पुरा पढ्नुहोस् »

२४ घण्टा नबित्दै बन्द भयो रसुवागढी नाका Saturday, October 17th, 2015

रसुवा असाेज ३० /रसुवागढी नाका खुलेको २४ घण्टा नबित्दै फेरि बन्द भएको छ। रसुवाढी–केरुङ सडकमार्गमा पहिरो खसेका कारण सडक भासिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ । रसुवाढी–केरुङ सडकमार्गको वीचमा रहेको केरुङतर्फको ढोङ्सा भन्ने स्थानमा पहिरो खसेर सडक बन्द भएको जानकारी रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वताए । उनका अनुसार चीनले पहिरो पन्छाएर सडक पुनः सुचारु..

पुरा पढ्नुहोस् »

चाइना साउदर्न दशैंपछि Thursday, October 15th, 2015

काठमाडाैं असाेज २८ /भारतको अघोषित नाकावन्दीपछि देखिएको हवाई इन्धन अभावलाई कारण देखाउदै चाइना साउर्दनले फेरी मंसिर १४ सम्म चीनको व्यापारीक शहर ग्वानजाव (क्वाङचाउ) काठमाडौं उडान स्थगन गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ । १२ गते पहिलोपटक उडान स्थगन गरेको चाइना साउदर्नले दोस्रोपटक सूचना जारी गरी टिकट खरिद गरेका यात्रुहरुलाई नेपालमा देखीएको पछिल्लो राजनितीक समस्या र इन्धन..

पुरा पढ्नुहोस् »

बुटवलमा हुने सस्तो दशैं बजार सुरु Tuesday, October 13th, 2015

रुपन्देही, २६ असोज - दशैंका अवसरमा बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आज मंगलवारदेखि बुटवलमा हुने सस्तो दशैं बजार सुरु भएको छ । संघ सचिवालयमा नवनिर्मित सभा हल तथा परिसरमा ५ दिनसम्म चल्ने दशैं बजारमा ३२ वटा स्टल राखिएको छ । दशैं बजारको रुपन्देहीका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले उदघाटन गर्नु भएको छ । त्यस अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले..

पुरा पढ्नुहोस् »

धान पसाउने बेलामा खडेरीले डढ्यो Sunday, October 11th, 2015

२३ असोज, कोहलपुर । साउनको तेस्रो सातादेखि तराईमा पानी नपर्दा हजारौं हेक्टर जमिनमा किसानले रोपेको धान खडेरीले सुकेको छ । दुई महिना लामो खडेरीले खेतमा धाँजा फाटेर पसाउने समयमा धान सुकेको छ । पसाउने बेलामा धान सुकेपछि किसान अहिले धान काटेर चौपायालाई खुवाउन थालेको नागरिक दैनिकमा खबर छ । जिल्लाको सीतापुर, गनापुर, मनिकापुर, समशेरगञ्ज, बागेश्वरी, उढरापुर, सोनपुर, राधापुर, साईगाउँ,..

पुरा पढ्नुहोस् »

दसैंलाई जहाजबाट इन्धन Thursday, October 8th, 2015

काठमाडाैं असाेज २१/नेपाल आयल निगमले दशैंका लागि जहाजबाट इन्धन ल्याउने तयारीमा जुटेको छ । भारतले गर्दे आएको अघोषित नाकाले इन्धनको चरम अभाव हुन थालेपछि निगम यस्तो तयारीमा जुटेको हो । कान्तिपुर दैनिकमा समाचार छ । 'चाडबाड नजिकिएकाले सार्वजनिक सेवा/सवारीलाई समस्या पर्न दिदैनौ,' निगमका प्रवक्ता दिपक बरालले भने, 'इन्धनकै कारणले दशैैं खल्लो हुन दिदैंनौ । त्यसका लागि जहाजबाट..

पुरा पढ्नुहोस् »

१० दिनदेखिको नाकाबन्दी खोल्न भारत सहमत Sunday, October 4th, 2015

काठमाडाैं असाेज १७ /नेपालमा संविधान जारी भएलगत्तै तराईमा असुरक्षा बढेको भनेर भारतले अघोषित रूपमा लगाएको नाकाबन्दी खुला गर्ने भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । पटकपटकका अनौपचारिक संवादपछि नाका खोल्न भारत सहमत भएको हो । नाकाबन्दी गरेको घोषणा नगरेकाले खोल्दा पनि भारतले औपचारिक घोषणा गरेको छैन । तर, शनिबार साँझ भारतीय विदेश मन्त्रालयले सवारीसाधन आवत–जावतमा सहजता..

पुरा पढ्नुहोस् »

पर्यटकीय क्षेत्र लाङटाङका बिस्थापित गाउँ फर्कन सुरु Thursday, October 1st, 2015

 रसुवा १४ असोज – विनाशकारी भूकम्प पछिको हिम पहिरोले गाउँ बढारिएपछि विस्थापित रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ गाविसका नागरिकहरु अहिले फर्कन थलेका छन् । बिस्थापितहरु राजधानीको स्वयम्भु स्थित पहेलो गोम्बा तथा अन्यत्र बस्दै आएका थिए । पैदल मार्गमा समस्या आएकोले हेलिकोप्टरबाट स्थानीयवासीहरु फर्कन थालेका छन् । बासस्थान निर्माणका लागि स्थानीय त्यहाँ धुन्चेबाट मजदुरहरु..

पुरा पढ्नुहोस् »

नेपालले रोक्यो भारतीय तरकारी र फलफूल Wednesday, September 30th, 2015

काठमाडौं असाेज १३/अत्यावश्यक एलपी ग्यास र पेट्रोलियम पदार्थ रोकेर तत्काल सड्ने र कुहिने तरकारी, फलफूललगायत सामान मात्र नेपालतर्फ पठाउने भारतीय रणनीति विफल पार्न नेपाली भन्सारले कठोर रणनीति अपनाउन थालेका छन्। नागरिक दैनिकमा समाचार छ । सरकारको निर्देशनमा मंगलबारबाट भारतले पठाएका तरकारी, फलफूलजस्ता तत्काल सड्ने वस्तु भन्सारमै रोकिएका छन्। नयाँ संविधानको विरोधमा..

पुरा पढ्नुहोस् »

गोदावरी मेलामा पचपन्न लाखले गरे दर्शन Thursday, September 17th, 2015

गोदावरी (ललितपुर) ३१ भदौ, । १२ वर्षमा एकपटक वृहस्पति सिंह राशिमा आएपछि बृहस्पति अस्त भई बन्ने ग्रह गोचरीय योगका अवसरमा लाग्ने ललितपुरको गोदावरी मेला आज सम्पन्न हुने भएको छ । मेला व्यवस्थापन मूल समारोह समितिका अध्यक्ष ललितपुरका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले अपराह्न १२ बजे सूर्यलाई अर्घ दिई धार्मिक कृत्यअनुसार मेला समापन गर्नुभयो । धार्मिक विधिअनुसारका काम..

पुरा पढ्नुहोस् »