कृषि/प्रर्यटन


आतंक फैलाएपछि गैडा बासस्थानमै फर्कियो Wednesday, April 1st, 2015

हेटौंडा चैत १८ /चितवन निकुञ्जबाट बिच्किएर आइतबार मानव बस्ती छिरेको गैंडा सोमबार राति बासस्थान फर्किएको छ । पर्सा वन्यजन्तु र निकुञ्जबाट झिकाइएका ४ हात्तीले हेटौंडा १० स्थित जंगलबाट खेदेपछि सोमबार राति पदमपोखरी, हाँडीखोलाको चकरीमकरी हुँदै आरक्षको जंगलमा छिरेको चितवन निकुञ्जका कर्मचारीले बताए । कान्तिपुर दैनिकमा समाचार छ । 'हात्तीले खेदेपछि सोमबार साँझ निकुञ्ज छिर्‍यो,'..

पुरा पढ्नुहोस् »

काठमाडौं विश्वको १९ औं उत्कृष्ट गन्तव्य Thursday, March 26th, 2015

काठमाडौं, चैत १२ /राजधानी काठमाडौं विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सफल भएको छ। विश्वप्रसिद्ध ट्राभल अनलाइन ट्रिप एडभाइजरले मंगलबार सार्वजनिक गरेको २०१५ को प्रतिवेदनमा काठमाडौं विश्वका २५ उत्कृष्ट गन्तव्यमध्ये १९ औं नम्बरमा परेको खबर आजको अन्नपूर्णसहित विभिन्न पत्रपत्रिकाहरुमा छापिएको छ। बढ्दो घना बस्तीले प्राचीन स्मारक र मठमन्दिर छेकिएको भएतापनि काठमाडौं..

पुरा पढ्नुहोस् »

राष्ट्रिय कृषक समूह महासंघ पर्वतको अध्यक्षमा गौतम Saturday, March 21st, 2015

चैत ७ पर्वत । मुलुकभरका नेपाली कृषकहरुको छाता संगठन मानिने राष्ट्रिय कृषक समूह महासंघको शाखा पर्वतमा गठन भएको  छ । जिल्लाभरका अगुवा कृषकहरु सहभागी भई बसेको भेलाले शुक्रवार पर्वतमा राष्ट्रिय कृषक समूह महासंघ पर्वतको गठन गरेको हो । संघको अध्यक्षमा अगुवा कृषक ढाकाराम गौतम सर्वसम्मत चयन भएका छन् भने अन्य पदाधिकारीमा उपाध्यक्ष लाल बहादुर हरिजन, सचिव मिन बहादुर क्षेत्री,..

पुरा पढ्नुहोस् »

पूर्व जि.वि.स. सभापति सामुहिक कुखुरापालन र तरकारीमा Tuesday, March 17th, 2015

जितेन्द्र खत्रि/अर्घाखाँची,चैत ३ गते । जिल्लाको पणेनाका बासीन्दाहरुले सामुहीक कुखुरा पालन सुरु गरेका छन् । वैदेशिक रोजगारीको लागि युवाहरु विदेश पलायनभई सिङ्गो गाउँनै सुनसान हुन थालेपछि यहाँका बासीन्दाहरुले कृषक समूह बनाई कुखुरापालन र तरकारी खेती गर्न थालेका हुन् । पणेना –७ को डुम्रीबोटमा वार्षिक २५ हजार रुपैया दिने गरी ९ रोपनी खेतमा लिजमा लिएका उनीहरुले ८ जनाको..

पुरा पढ्नुहोस् »

बेपत्ता चिनिया पर्यटक मृत भेटिए Wednesday, March 11th, 2015

पर्वत, २७ फागुन/कालीगण्डकी नदीमा बेपत्ता भएका एक चिनिया पर्यटक १७ दिनपछि मृत अवस्थामा भेटिएका छन्। र्याडफटिङ्ग गर्ने क्रममा बेपत्ता भएका चिनिया नागरिक क्यु याङ बागलुङको नारायणस्थान ९ स्थित औराफाँट भन्ने ठाउँमा पर्ने कालीगण्डकी नदी किनारमा मृत अवस्थामा भेटिएका हुन। उनी र्याकफटिङ गर्ने क्रममा नदीमा पौडी खेल्दाखेल्दै फागुन १० गते बेपत्ता भएका थिए। 'बेपत्ता भएपछि नियमित..

पुरा पढ्नुहोस् »

लोकमार्गमा आपतकालिन सुरक्षा प्रणाली Tuesday, March 10th, 2015

काठमाडौं फागुन २६/बीपी लोकमार्गमा आपतकालिन सूचना प्रणाली सुरु गरिएको छ । यो प्रणालीले यात्रा गर्ने बाटोको स्थिति, वर्षातका बेलामा बाटोको अवस्था, कुनै दुर्घटना भएर समस्या भएको छ कि छैन जस्ता सडक यात्रा गर्दा आवश्यक सूचना प्रवाह गर्छ । काभ्रेदेखि सिन्धुली हुँदै बर्दिवाससम्मको १ सय ५८ किलोमिटर सडकखण्डमा २ वटा र भक्तपुर सूर्य विबनायक अण्डमा एक आपतकालिन सुचना प्रणाली..

पुरा पढ्नुहोस् »

बीउका लागि राखेको दुई पाथी गहुँले निम्त्यायाे काल

धादिङ फागुन २६ /धादिङ जिल्लाको पिडा गाविस ८ पुकुनका ६७ वर्षीय सन्तबहादुर स्याङ्तानले मुरी फलाउँछु भनेर बीउका लागि राखेको दुई पाथी गहुँले आफ्नै काल निम्त्याउँछ भन्ने कहिल्यै सोचेका थिएनन् होला। बीउका लागि भनेर विषादी मिसाएर राखिएको गहुँको रोटी खाँदा उनी मात्रै होइन, कलिला तीन बालबालिकासहित ६ जनाले ज्यान गुमाउनुपर्‍यो। बीउका लागि भनेर राखेको गहुँमा कीरा नलागोस् भनेर..

पुरा पढ्नुहोस् »

निगमको विमानको पाङ्ग्रा पन्चर Saturday, March 7th, 2015

काठमाडौं फागुन २३/नेपाल वायुसेवा निगमको चिनियाँ विमान वाई १२ ई त्रिभुवन विमानस्थलमा शुक्रबार अवतरण गर्दा वायाँ पाङ्ग्रा पन्चर भएको छ । कान्तिपुर दैनिकमा समाचार छ । धावनमार्गको बीचमै यस्तो घटना हुदाँ एक घन्टा आन्तरिक उडान प्रभावित भए । विमानलाई तानेर एप्रोनमा ल्याइएपछिमात्रै आन्तरिक उडान सुचारु भएको विमानस्थलले जनाएको छ । विमान शुक्रबार परीक्षणका लागि काठमाडौंभित्रै..

पुरा पढ्नुहोस् »

विमानस्थल खुल्ने अनिश्‍चित

काठमाडौं फागुन २३ /दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको जहाज हटाउन बिहीबार बेलुकादेखि निरन्तर प्रयास गरिरहेको भारतीय सेना र प्राविधिक जनशक्तिसहितको जहाज रिकभरी टोलीले शुक्रबार बेलुका काम रोकेको छ। भारतीय टोलीले ल्याएको उपकरणले काम गर्न नसकेपछि शुक्रबार साढे सात बजेदेखि काम रोकेको विमानस्थल स्रोतले जानकारी दियो। स्रोतका अनुसार जमिनमा धस्सिएको जहाजको अगाडिको नोज..

पुरा पढ्नुहोस् »

३० हजार यात्रु विमानस्थलमा अलपत्र Friday, March 6th, 2015

काठमाडौं फागुन २२/ त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा धस्सिन पुगेको टर्किस एयरको विमान निकाल्न नसक्दा उडानहरु दोस्रो दिन पनि ठप्प हुन पुगेका छन् । दुई दिनमा आवतजावत गरी करिव १ सय ६० अन्तर्राष्ट्रिय उडान हुन सकेनन् भने ३० हजारभन्दा बढी यात्रु अलपत्र परेका छन्, कान्तिपुर दैनिकमा समाचार छ । टर्कीको राजधानी इस्तानबुलबाट ७ घन्टा लामो..

पुरा पढ्नुहोस् »

बिहान १० बजेबाट विमानस्थल सुचारु हुने

काठमाडौं,फागुन २२ / बुधबार बिहान टर्किस एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएपछि अवरुद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार बिहान १० बजेपछि खुल्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले विमानस्थलमा धस्सिएको टिके–७२६ को विमान हटाउन बिहीबार दिनभर प्रयास गरेको छ । विमान हटाउन भारतीय वायुसेवाको सी १३० हर्कुलस जहाजबाट जनशक्तिसहित रिमुभल किट..

पुरा पढ्नुहोस् »