कृषि/प्रर्यटन


सगरमाथा चढ्ने रुट फेरिदैँ Thursday, February 19th, 2015

काठमाडौं फागुन ७ /सरकारले सर्वोच्च शिखर सगरमाथा आरोहणको रुट परिवर्तन गर्ने भएको छ। गत वर्षको वैशाख ५ गते सगरमाथा आधारशिविरमा गएको भीषण हिउँपहिरोमा १६ जनाले ज्यान गुमाएपछि यो वर्षदेखि रुट परिवर्तन गर्न लागिएको हो। सगरमाथा आरोही संघका अध्यक्ष वाङ्छु शेर्पाले सरकार र व्यवसायीबीच सहमति भई रुट परिवर्तनका लागि काम सुरु गरिएको जानकारी दिए। गत वर्ष हिउँपहिरोमा परेर ज्यान गएको..

पुरा पढ्नुहोस् »

हिमपहिरोमा पुरिएर ६ जना विदेशी पर्यटक घाइते

पोखरा फागुन ७ /अन्नपूर्ण आधारशिविरको पदमार्गमा आएको हिमपहिरोमा पुरिएर ६ जना विदेशी पर्यटक घाइते भएका छन्। पदमार्गमा पर्ने घान्द्रुक–९, बगरमा बुधबार दिउँसो आएको हिमपहिरोमा परेर १ जना क्यानेडियन र ५ जना चिनियाँ पर्यटक (दुई युवक र तीन युवती) घाइते भएका हुन्। स्थानीय होटल व्यवसायीले उनीहरुलाई हिमपहिरोबाट सकुशल उद्धार गरेका छन्। उनीहरुलाई अहिले पदमार्गमा पर्ने देउरालीको..

पुरा पढ्नुहोस् »

निकुञ्जमा घोरलको संख्या बढ्यो Monday, February 16th, 2015

धुन्चे, रसुवा फाल्गुण ४ गते । हिउँचितुवाको बासस्थान क्षेत्र लाङटाङ हिमालमा दुई साता समय लगाएर गरिएको अध्ययन तथा अनुगमनबाट हिउँ चितुवाको आरारा मानिने घोरलको संख्या प्रशस्त आहारा रहेको देखिएको छ । हिउँचितुवाको मुख्य आहार भनेको हिमाली क्षेत्रमा पाइने घोरल र थार हो । गत वैशाखको दोस्रो सातादेखि गरिएको अध्ययन– अनुगमन अनुसार लाङटाङ हिमाल हिउँचितुवाका लागि प्रशस्त आहारा रहेको..

पुरा पढ्नुहोस् »

चिराइतो उत्पादनका प्रशिक्षक साधुराम पौडेल

धुन्चे, रसुवा फाल्गुण ४ गते । साधुराम पौडेल जिल्लाकै चिराइतो प्रशिक्षकका साथै गाई पालक कृषक हुन् । २०५७ सालमा डिप्रोक्स भन्ने सस्थाले चिराइतो खेतीमा स्थानीय कृषकहरूको सहभागिता कार्यक्रमलाई जोड दिएपछि डिप्रोक्सबाट साधुरामले लोकिलको लागि २० हजार विरूवा ल्याए, सँगसँगै ठूलो स्याफ्रु, भोर्ले र राम्चेले २० हजार विरूवा लगे । त्यो विरूवा सप्रियो । सवै मिलेर चिराइतोको ६ किलो विउ..

पुरा पढ्नुहोस् »

निकुञ्जले सिचाई आयोजना निर्माण गर्न नदिदा अलपत्र

सम्राट सिंह बझाङ ४ फागुन /खप्तड राष्ट्रिय निकुञ्जले निर्माण कार्य संञ्चालन गर्न नदिएपछि माझी गाविसमा ५ करोड लागतमा बन्न लागेको बामेली सिचाई आयोजनाका अलपत्र परेको छ । मुहान निकुञ्ज भित्र भएकाले जंगलको क्षती हुने भन्दै निर्माण अघि बढ्न नदिदा आयोजना अलपत्र परेको हो । ६ किलोमिटर लम्बाई रहेको बामेली सिचाई आयोजनाको करिब २५ सय मिटर खप्तड राष्ट्रिय निकुञ्ज भित्र पर्दछ भने अन्य..

पुरा पढ्नुहोस् »

साझा बसको स्टेयरिङ रेविकाले समाएपछि…. Sunday, February 15th, 2015

अरुणा रायमाझी ललितपुर, फागुन ३ गते । महिलाहरुले केही ग सक्दैनन् भन्ने मानसिकता बोक्नेहरुका लागि एउटा गतिलो उदाहरण बनेकी छन् साझा बसकी रेविका । उनको कामप्रतिको इमान्दारिताका कारण धेरै यात्रुहरु उको प्रशंसा नगरिरह सक्दैनन् । उसो त उनी रुपमा पनि तारिफ गर्न लायन महिला हुन् । साझा बसको ‘स्टेयरिङ्ग’ समाए पछि रेबिका थापाले नानाथरी प्रतिक्रिया सुन्दै आएकी छन् । ‘ए साझा बस..

पुरा पढ्नुहोस् »

असिनाले अन्नबाली नष्ट

सम्राट सिंह/बझाङ ,फागुन ३ गते । शनिबार राती आएको अविरल बर्षा सँगै परेको असिनाले अन्नबाली नष्ट पारेको छ । जिल्लाको स्याडी,बित्थड एवं बुङगल क्षेत्रका गाविसहरु र बैतडी जिल्लाको चुवागड, पुर्चुडी लगायतका ठाउँमा असिनाले अन्नबाली नष्ट पारेको हो । असिनाले अन्नबाली तथा हिँउदे तरकारी र फलफुल नष्ट पारेपछि यसबर्ष भोकभरी फैलिने सम्भावना बढेको स्थानिय मुरलीधर अवस्थीले बताए ।..

पुरा पढ्नुहोस् »

अनुदानको २१ करोड भ्रमणमै सकियो

काठमाडौं ३ फागुन । सरकार र दातृ निकायबाट आधुनिक कृषिका लागि उपलब्ध गराइएको बजेटमध्ये २१ करोड रुपैयाँ कर्मचारीको भ्रमण, अवलोकन र मूल्यांकन शीर्षकमै सकिने गरेको छ । कृषि विकास मन्त्रालयले विभिन्न १० आयोजनामार्फत आधुनिक कृषिका लागि किसानलाई अनुदान दिने र प्रोत्साहनमूलक कार्यक्रम अघि सारी बजेट विनियोजन गर्दै आएको छ । विनियोजित रकममा वैदेशिक सहायता पनि थपिने गरेको नयाँ..

पुरा पढ्नुहोस् »

फागुन १ गतेदेखि ७ गतेसम्म ‘जंगल फेस्टिभल’ Friday, February 13th, 2015

तारा पौडेल काठमाडौं फागुन १ । परिचय नेपालको आयोजनामा हुने ‘जंगल फेस्टिभल’को सम्पूर्ण तयारी पुरा भएको छ । उद्घाटनको अघिल्लो दिन विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले तयारी पुरा भएको जानकारी दिएको हो । ‘जंगल फेस्टिभल’ फागुन १ गतेदेखि ७ गतेसम्म नयाँबजारस्थित शान्ति वन वाटिकामा हुँदैछ । ‘सम्पूर्ण तयारी पुरा भैसकेको छ ।’ परिचय नेपालका अध्यक्ष सोभित बस्यालले..

पुरा पढ्नुहोस् »

सिद्धबाबामा ‘रामापिथेकस बोटानिकल गार्डेन’ निर्माण आरम्भ Thursday, February 12th, 2015

कपिल ज्ञवाली बुटवल,माघ २९/रुपन्देही र पाल्पाको सिमानामा ‘रामापिथेकस बोटानिकल गार्डेन’ निर्माण आरम्भ भएको छ । बुटवल उपमहानगरपालिका वडा न ५ र पाल्पाको दोभान गाविसमा रहेको सिद्धवावा धार्मिक वन क्षेत्रलाई रामापिथेकश वोटानिकल गार्डेनका रुपमा विकास गर्न गुरुयोजना बनाउने काम शुरु भएको हो । बुटवलको सिरानमा रहेको सिद्धबाबा क्षेत्रमा मानव पूर्खाको रुपमा मानिदै आएको..

पुरा पढ्नुहोस् »

गुल्मी महोत्सवको कृषिमेला प्रर्दशनीमा उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरिने Monday, February 9th, 2015

अनिल खत्री गुल्मी माघ २६ / आगामी २२ फागुनदेखि ३० सम्म सम्पन्न हुन लागेको दोस्रो गुल्मी महोत्सवको घरेलु तथा कृषि प्रर्दशनी समितीको बैठक सम्पन्न भएको छ । सोमवार गुल्मी उद्योगवाणिज्य संघमा सम्पन्न बैठकमा समितीका सदस्यहरुकोे सहभागिता रहेको थियो । घरेलु तथा कृषि प्रर्दशनी समितीका संयोजक मनिराम अर्यालयको संयोजकत्वमा सम्पन्न बैठकले समितीहरुले हाल सम्म गरेका प्रगती तथा आगामी..

पुरा पढ्नुहोस् »