कृषि/प्रर्यटन


सुरुङ (टनेल) खन्दै कोरियाली पर्यटक Sunday, February 8th, 2015

काठमाडौं माघ २५/नेपाल घुम्न झन्डै २० दिनअघि काठमाडौं आइपुगेका ५४ उत्तर कोरियाली सिन्धुपाल्चोकमा सुरुङ (टनेल) खन्दै गरेको अवस्थामा भेटिएका छन्। ती उत्तर कोरियालीले हाइड्रो पावर कम्पनीका लागि सुरुङ खन्ने जिम्मेवारी लिएका ठेकेदारका श्रमिक भएर काम गरिरहेका हुन्। यीमध्ये अधिकांश उत्तर कोरियाली अवकाशप्राप्त सैनिक रहेको स्रोतको दाबी छ। उत्तर कोरियामा रहेको 'नाम नाम कम्पनी'..

पुरा पढ्नुहोस् »

चिराईतो खेतीे लोकप्रिय Saturday, February 7th, 2015

रसुवा, माघ २४ गते । जडिवुटि चिराईतो बदेँल, रतुवा जस्ता वन्यजन्तुले नखाने तथा यसको खेतीले परम्परागत रुपमा खेती भईरहेका अन्नबालीको तुलनामा कम्तीमा ३ गुणासम्म आम्दानी दिने हुनाले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा चिराईतो खेतीे लोकप्रिय भएको छ । रसुवा जिल्लाका साथसाथै सिन्धुपाल्चोकको हेलम्वु क्षेत्रमा आयोजनाले किसानलाई नर्सरी व्यवस्थापन तालिम, चिराईतो खेती तालिम, बेर्ना..

पुरा पढ्नुहोस् »

४५ जिल्लाका कृषि उपज प्रदर्शनी हुने Tuesday, February 3rd, 2015

बुटवलमा छैठौं कृषि मेलाको तयारी पुरा कपिल ज्ञवाली बुटवल,२० माघ । बुटवलमा हुन लागेको कृषि मेला छैंठौं संस्करणको तयारी पुरा भएको भएको छ । बुटवल उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा माघ २२ देखि हुन लागेको छैठौं कृषि मेलाको तयारी पुरा भएको हो । कृषिको व्यवसायिकरण र आधुनिकरणमा टेवा पु¥याउने उद्देश्यसहित मेला आयोजना गरिएको हो । बुटवल उद्योग..

पुरा पढ्नुहोस् »

हेटौंडा मा ५ दिने बेमौसमी जैविक तरकारी खेति तालिम सुरु

जिबराज बख्रेल हेटौडा २० माघ - हेटौंडा मा ५ दिने बेमौसमी जैविक तरकारी खेति तालिम सुरु भएको छ ।।तालिममा ३० जना सहभागिता रहेको बताईएको छ ।। कार्यक्रममा माटोको उपचार देखि तरकारी भण्डारणसम्म जैविक तरीका सिकाईने आईपिएम कृषक समिति मकवानपुरका सचिव घमराज तिमल्सिनाले जानकारी दिनुभयो । उहाँ का अनुसार सहभागीहरुलाई तालिममा तरकारीमा लाग्ने रोग, बीउ र उपचारको बारेमा सिकाईनेछ । तालिम..

पुरा पढ्नुहोस् »

प्लटिङले पानीका मुहान संकटमा Sunday, February 1st, 2015

१८ माघ, काठमाडौं । कीर्तिपुरको सिम झवा: हिति खानेपानी मुहाननजिकै धनीले गरेको जग्गा प्लटिङका कारण मुहान सुक्दै गएको छ। जग्गाधनी विनोद तामाङले आफूखुसी करिब १० रोपनी जग्गामा प्लटिङ सुरु गरेका छन्। सिम झवा: हिति खानेपानी मुहान उपभोक्ता समितिका अध्यक्ष डा. चन्द्रमान बज्राचार्यका अनुसार तामाङले सम्बन्धित निकायको स्वीकृतिबिना सिम क्षेत्रको बोसन खोला सिमानामा पर्खाल लगाएर..

पुरा पढ्नुहोस् »

भारतीय मासको दाल हानिकारक Friday, January 30th, 2015

पथरी, माघ १६ /अखाद्य पदार्थ मिसावट गरेको पाइएपछि भारतबाट आयात हुने कालो मासको दाल नेपाल प्रवेशमा रोक लगाइएको छ । गुण नियन्त्रण तथा खाद्य प्रविधि पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले भारतबाट आयात भएको कालो मासको दालको नमुना परीक्षण गर्दा अखाद्य पदार्थ मिसावट गरेको पाइएपछि रोक लगाइएको कार्यालयले जनाएको छ । कार्यालयले विराटनगर भन्सार, काँकडभिट्टा भन्सार, सुनसरी..

पुरा पढ्नुहोस् »

काठमाडौं-हेटौंडा सुरुङमार्ग ढिलाइ किन ? Thursday, January 29th, 2015

काठमाडौं, माघ १५ /व्यवस्थापिका संसदको विकास समितिले राजधानीबाट तराई जोड्ने फास्ट ट्रयाक (द्रुतमार्ग), काठमाडौं-हेटौंडा सुरुङमार्ग सहित मुलुकका पूर्वाधार निर्माणमा भइरहेको ढिलाइप्रति रोष प्रकट गर्दै छिटो काम अघि बढाउन निर्देशन दिएको छ । समितिले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडसँगको छलफलपछि राष्ट्रिय गौरवका आयोजनाको..

पुरा पढ्नुहोस् »

वालिङ् महोत्सवको तयारी पुरा Wednesday, January 21st, 2015

प्रकाश डोटेल स्याङ्जा, ७ माघ जिल्लाको प्रमुख व्यापारिक केन्द्र वालिङ् स्थित खेलमैदानमा माघ ८ देखि १८ सम्म चल्ने गरि “हाम्रो गौरब, हाम्रो शान–वालिङ् महोत्सव हाम्रो पहिचान” भन्ने मुलनारा सहित आयोजना गरिएको महोत्सवको तयारी पुरा भएको छ । २०६३ देखि प्रत्येक २ वर्षमा आयोजना हुने महोत्सवलाई “पश्चिमाञ्चल क्षेत्रिय औद्योगिक, कृषि, पर्यटन, संस्कृति, सूचना प्रबिधि तथा व्यापार..

पुरा पढ्नुहोस् »

लोमान्थाङमा चौबीस प्रतिशत पर्यटक बढे

मुस्ताङ, ७ माघ– मुस्ताङको चर्चित पर्यटकीयस्थल लोमान्थाङ जाने पर्यटकको सङ्ख्या एक वर्षमा २४ प्रतिशतले बढेको छ । समुद्री सतहदेखि तीन हजार ८ सय मिटर उचाइमा अवस्थित मुस्ताङको लोमान्थाङमा सन् २०१४ मा चार हजार १ सय ४७ विदेशी पर्यटक पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ मुस्ताङले जनाएको छ । सन् २०१३ मा तीन हजार १ सय ५१ पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ । ‘सन् २०१४ मा..

पुरा पढ्नुहोस् »

एउटै बाख्राको मूल्य २ लाख बढी

काठमाडौ, माघ ७ गते । सुन्दा अचम्म लाग्न सक्छ, एउटै पाठारपाठीको मूल्य २ लाख १३ हजार रुपैयाँ अर्थात २ हजार एक सय ५० अमेरिकी डलर । सरकारले देशलाई मासुमा आत्मनिर्भर बनाउन अष्ट्रेलियाबाट भर्खर मात्र उक्त मूल्य तिरेर नयाँ जातका ४० वटा पाटी बाख्रा तथा ३९ पाठा (बोका) नेपाल भित्राएको छ । हाल नेपालमा एउटा भैंसीको मूल्य करिब एक लाख रुपैयाँसम्म पर्ने गर्दछ, यसरी हिसाब गर्दा दुई भैंसीबराबर..

पुरा पढ्नुहोस् »

नेपाल संसारकै दोस्रो सस्तो मुलुक Monday, January 19th, 2015

स्विट्जरल्यान्ड सबैभन्दा महंगो काठमाडौं माघ ५ /बन्द,हड्ताल र राजनीतिक अस्थिरताजस्ता कारणले अन्तर्राष्ट्रिय जगतमा नेपालको नकारात्मक प्रचार भइरहेको बेला पर्यटन क्षेत्रमा आशा जगाउने समाचार सार्वजनिक भएको छ। छिमेकी भारतसँगै नेपाल संसारकै सस्तो गन्तव्यका रुपमा दरिएको छ। विश्व पर्यटन जगतलाई नै आश्चर्यचकित बनाउने गरी भारत सबैभन्दा सस्तो मुलुक बनेको छ, नेपाल दोस्रोमा छ। ..

पुरा पढ्नुहोस् »