संखुवासभा समाचार


अधुरै रह्यो भूकम्पपीडितलाई उत्प्रेरणा दिने सपना, शव आउँदैछ गाउँमा Monday, January 15th, 2018

संखुवासभा ०१ माघ । भूकम्प पुननिर्माणसम्बन्धी तालिम थियो । त्यसैले काठमाडौँबाट पुनर्निर्माणका लागि उत्प्रेरित र उत्साहित बनाउने पुनर्ताजगी तालिम दिन गएका थिए इञ्जिनियर सुदीप ढकाल, समाजशास्त्री अर्जुन बस्नेत । उनीहरुलाई लिएर सदरमुकाम जाँदै थिए मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल । साथमा थिए जिल्ला समन्वय समितिका सूचना अधिकृत सुवासचन्द्र कुइँकेल पनि । एमाले स्थानीय..

पुरा पढ्नुहोस् »

सर्वाेच्चले माग्याे संखुवासभाकाे मतपेटिका Sunday, December 31st, 2017

संखुवासभा १६  पुस   । संखुवासभाकाे प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतपेटिका सर्वोच्च अदालतले मागेको छ । नेकपा एमालेका उम्मेदवार राजेन्द्र गौतमसँग १ सय ३० मत अन्तरले पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काले मतगणनामा गड्बढी भएको भन्दै पुन गणनाकाे लागि रिट दर्ता गरेपछि सर्वोच्चले मतपेटिका पठाउन आदेश दिएको हो । सर्वोच्चले मगाए पनि जिल्ला निर्वाचन कार्यालयले..

पुरा पढ्नुहोस् »

सङ्खुवासभामा एक गर्भवती किशोरीले गरिन आत्महत्या Tuesday, February 2nd, 2016

सङ्खुवासभा १९ माघ ।  सङ्खुवासभामा एक गर्भवती किशोरीले आत्महत्या गरेकी छिन् ।  मंगलबार बिहान डेरामै सलको पासो लगाई झुण्डिएर तीन महिनाकी गर्भवती मैयाँ श्रेष्ठ मगरले आत्महत्या गरेकी हुन् । भोजपुरको चौकीडाँडा घर भएका उनी खाँदबारी १, ढोलबाजेटोलमा श्रीमानसहित डेरा गरी बस्दै आएकी थिइन् ।   श्रीमान तीर्थबहादुर मगरले १६ वर्षीया उनको पेटमा तीन महिनाको गर्भ रहेको बताएका छन् ।..

पुरा पढ्नुहोस् »

संखुवासभा का नन्दकुमार भट्टराईको भीरबाट लडेर मृत्यु Friday, October 16th, 2015

संखुवासभा २९ असोज । संखुवासभाको धुपू ३ गैरीगाउँका नन्दकुमार भट्टराईको भीरबाट लडेर ज्यान गएको छ । धुपू १ स्थित डाँडा गाउँको अधेरी खोल्सीमा भीरबाट लडेर ५० बर्षीय भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ । अस्तिबाट बेपत्ता भएका भट्टराई आज मृत फेला परेको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

हावाहुरीका कारण रुखले थिचेर एकको मृत्यु Wednesday, April 29th, 2015

योगी योगेन्द्र,संखुवासभा, १६ बैशाख । संखुवासभाको चैनपुरमा मंगलबार दिउँसो आएको हावाहुरीका कारण रुखले थिचेर एक जनाको मृत्यु भएको छ । रुखले थिचेर चैनपुर १ मैदाने बस्ने ३४ वर्षिय भबिन्द्र लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई मंगलबार दिउँसो ३ बजे रूख काट्दै गरेको अवस्थामा अर्को रुखले थिचेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय चैनपुरले जनाएको छ।..

पुरा पढ्नुहोस् »

भुकम्पमा परी पूर्वमा मृत्यु हुनेको संख्या ५१ पुग्यो (अपडेट) Tuesday, April 28th, 2015

योगी योगेन्द्र,संखुवासभा, १५ बैशाख । शनिबार र आइतबार आएको बिनाशकारी भुकम्पमा परी पूर्वमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । भुकम्पमा परी हालसम्म २१२ जना घाइते भएका छन् । शनिबार आएको भुकम्पबाट सगरमाथा आधार शिविरमा हिमपहिरोबाट १८ जनाको ज्यान गएको छ। भुकम्पबाट पूर्वको भोजपुरमा २, ताप्लेजुङमा १, सोलुखुम्बुमा २२, ओखलढुङामा १७, सुनसरीमा ७ र मोरङमा २ जनाको मृत्यु भएको पुष्टी..

पुरा पढ्नुहोस् »

सरकारी गाडीको चरम दुरुपयोग गरेर पिकनिक Saturday, April 4th, 2015

संखुवासभा । सदरमुकामखादबारीमा रहेका सरकारी कार्यालयका लेखापाल(एकाउन्टेन्ट) हरु सरकारी गाडी लिएर पिकनीक खान शनिबार निस्केका छन् । शनिबार बिदाको मौका छोपेर सरकारी कार्यालयका लेखापालहरु सेतो नम्बर प्लेटका गाडी लिएर पिनीकगएकाहुन् । यो तस्बिरमा पनि तपाइहरु हेर्न सकिन्छ । सेतो नम्बर प्लेटका गाडी कति छन् भनेर । सरकारी डिजेल खर्चिएर चरम सरकारी पैसा दुरुपयोग गर्ने यी..

पुरा पढ्नुहोस् »

शेयर खुलेको थाहै छैन किमाथांकावासीलाई Thursday, March 5th, 2015

योगी योगेन्द्र/संखुवासभा,फागुन २१ गते। किमाथांका प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजकुमार थापालाई अपर तामाकोसीको शेयर खुलेको बारे आफूलाई पत्तो नभएको बताए । नागरिक लगानी कोषमा १५ दिनको म्याद राखेर शेयर निस्कासन गरेपनि दुर्गम र हिमाली गाविसमा सूचना पुग्न सकेको छैन । शेयर किन्ने इच्छा हुँदाहुँदै पनि किन्न नपाएको उनले टेलिफोनमा भने । फागुन २५ सम्म शेयर खरिद गर्ने..

पुरा पढ्नुहोस् »

हिमपातले जनजीवन प्रभावित Tuesday, March 3rd, 2015

योगी योगेन्द्र,संखुवासभा,फागुन १९ गते। निरन्तर वर्षा र उच्च क्षेत्रमा हिमपात सँगै भएको वर्षाका कारण संखुवासभाको जनजीवन प्रभावित भएको छ । उच्च हिमाली भागमा भारी हिमपात भएको छ। जिल्लाको सभापोखरी,गुफापोखरी,भोटखोला लगायतका क्षेत्रमा हिमपात भएपछि त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । वर्षासँगै हिमपात भएपछि सो क्षेत्रका वासिन्दाहरु घर बाहिर निस्कन सकेनन् । वर्षाको कारण..

पुरा पढ्नुहोस् »

बिद्युत अवरुद्ध भएपछि एफएम बन्द Monday, March 2nd, 2015

योगी योगेन्द्र,संखुवासभा,फागुन १८ गते। आईतबार बेलुकाबाट संखुवासभाको चैनपुर,खाँदबारी लगायतका ठाउँहरुमा बिजुली अवरुद्ध भएपछि ३ वटा एफएमका प्रशारण बन्द भएका छन् । सदरमुकाममा खाँदबारीमा संचालित खाँदबारी, गुरास र सुनाखरी एफएमको प्रशारण बन्द भएको हो । एफएममा जडान गरिएको व्याट्री सकिएपछि रेडियो बन्द गरिएको खाँदबारी एफएमले जनाएको छ । बिद्युत अवरुद्ध भएपछि संखुवासभा र भोजपुरका..

पुरा पढ्नुहोस् »

आगलागीबाट २० लाख बराबरको क्षती Thursday, February 26th, 2015

योगी योगेन्द्र,संखुवासभा,फागुन १४ - गतेजिल्लाको सितलपाटी ९ मा गएराती आगलागीबाट तिन घर जल्दा २० लाख बराबरको क्षती भएको छ। आगलागीबाट ठकुरी टोलका टोटा ठकुरी, बलराम ठकुरी र दिब्यराज ठकुरीको तिन वटा घर जलेर नस्ट भएको प्रहरीले जनाएको छ । के कारणले आगलागी भयो केही खुल्न सकेको छैन। रातको २:३० बजेबाट सुरुभएको आगलागी स्थानियवासी र प्रहरीको सहयोगमा १ घण्टापछी नियन्त्रणमा आएको थियो। आगो..

पुरा पढ्नुहोस् »