जिल्ला जिल्ला को समाचार


जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध :प्रधानमन्त्री Tuesday, June 12th, 2018

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानका साथ जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कथा नेपालले तयार गर्ने ‘हेलो प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रमको लोगो सार्वजनिक गर्ने कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताप्रतिको जिम्मेवारी पूरा गर्न यो सरकार प्रतिबद्ध छ ।” आफ्ना भनाइ ढुक्कसँग राख्न जनतालाई..

पुरा पढ्नुहोस् »

साढे ३३ केजी सुन प्रयोग गरेको आशंकामा आर.के ज्वेलर्समा छापा

काठमाडौं | चिव इश्वरराज पौडेलको नेतृत्वमा रहेको उच्चस्तरीय छानविन समितीले काठमाडौंका दुइ ज्वेलर्समा छापा मारेको छ । साढे ३३ केजी सुन प्रयोग गरेका आशंकामा न्यूरोडस्थित आर.के. ज्वेलर्स र दरबारमार्गस्थित आर.के. डाइमण्डमा सोमबार छापा मारेको हो । साथै समितिले दुवै ज्वेलर्सका गहना समेत बरामद गरेको छ । ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् ।नयँ..

पुरा पढ्नुहोस् »

अमेरिका जान लागेका म्याग्दीका १३ युवा नाइजेरियामा अलपत्र Monday, June 11th, 2018

म्याग्दी । अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् । दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारीअनुसार दलालले विभिन्न बहाना बनाएर नाइजेरियामा प्रवेश गरेपछि लागोसमा रहेको एक होटलमा म्याग्दीका १३ सहित २३ जना नेपाली युवालाई..

पुरा पढ्नुहोस् »

सिस्नेरीका बासिन्दाको पहलमा चौध किलोमिटर सडक निर्माण

सन्तोष गौतम दरवाङ । म्याग्दीको मालिका गाउँपालीका ४ सिस्नेरीका बासिन्दाको पहलमा चौध किलोमिटर सडक निर्माण भएको छ । करिब साढे ४५ लाख रुपैयाको लागतमा मालिका गाउँपालीका ५ देविस्थानको पन्थोक देखि सिस्नेरी हुदै खवाङ सोटे जोड्ने सडक निर्माण भएको हो । स्थानीयबासी र सरकारी निकायको संयुक्त लगानीमा सडक निर्माण भएपछि ६० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर..

पुरा पढ्नुहोस् »

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को आठौँ जिल्ला अधिवेशन सम्पन्न

घोराही । जेष्ठ २६ गते शनिबारका दिन नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को दाङ जिल्लाको आठौँ अधिवेशन सम्पन्न भएको छ । घोराही उपमहानगर–३, वेलुवा स्थित सहिदपार्कको सभाभवनमा सम्पन्न भएको आठौँ अधिवेशनको पार्टीका पोलिट व्युरो सदस्य तथा ५ नं. प्रदेशका का.वा. सेक्रेटरी समेत रहेका के.वि.गुरुङले आठ वटा मैनबत्ती बालेर उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा गुरुङले..

पुरा पढ्नुहोस् »

सहकारीलाई डिजिटल प्रणालीमा लैजानुपर्ने

कैलाली । प्रदेश नम्बर ७ मा दुई हजारभन्दा बढी सहकारी सञ्चालनमा छन् । त्यसमध्ये अधिकांश सहकारीहरु अझै परम्परागत तरिकाले हातले लेखेरै लेखा गर्न वाध्य छन् । तर प्रविधिको विकास र विस्तारसँगै अब भने छिटो छरितो सरल र पारदर्शी मानिएको डिजिटल प्रविधिमा जानुपर्ने आवाजहरु उठ्न थालेका छन् । नेपालमा सुरक्षित, सरल र भरपर्दो वित्तीय कारोबार र पारदर्शीका लागि डिजिटल प्रविधिहरु आवश्यक..

पुरा पढ्नुहोस् »

चौतारी र सेन्टरबीच एकता प्रक्रिया शुरु

काठमाडौँ- प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकताको प्रक्रिया शुरु भएको छ । एकताका लागि गठित कार्यदलको बैठक बसी पार्टीको निर्देशनअनुसार एकताको शुरुआत गरिएको प्रेस चौतारीका महासचिव राजेश राईले आज जानकारी दिनुभयो । बैठकले एकीकृत संगठनको अन्तरिम विधान मस्यौदा तयार गर्न चौतारीका महासचिव राई र सेन्टरका महासचिव विष्णु सापकोटा रहेकोे समिति गठन गर्ने निर्णय गरेको छ..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम गण्डकी राख्न माग

पोखरा। प्रदेश ४ को नाम ‘गण्डकी’ राख्न विश्व हिन्दू महासंघ लगायतका ६ संघ संस्थाले सोमबार प्रदेश ४ का सभामुखसमक्ष ज्ञापनपत्र बुझाएका छन् । महासंघसहित क्षेत्री समाज, ब्राह्मण समाज, ठकुरी संगम परिवार, नेपाल दशनामी समाज र रानाभाट समाजले संयुक्त ज्ञापनपत्र बुझाएका हुन् । प्रदेशको नाम जाति या समुदाय विशेष नराखी साझा नाम राख्न उनीहरुले आग्रह गरे । विभिन्न राजनीतिक दल तथा..

पुरा पढ्नुहोस् »

‘दुर्घटना टार्न’ संसदमा मार्सल

अमृत सुवेदी पोखरा । असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता भएपछि प्रदेश सरकारले मार्सल लगाएर संसदमा २ विधेयक पेस गरेको छ । बजेटअघि नै प्रदेश नामकरण माग गर्दै  कांग्रेसले आइतबार पटक–पटक सदन अवरुद्ध  गरेको थियो । आजको समाधाद राष्ट्रिय दैनिकमा यो समाचार छ । बजेट १ असारमा नल्याए संविधान पालना नहुने खतरा टार्न दुईतिहाई बहुमतको सरकारले प्रमुख प्रतिपक्षको अवरोधमा..

पुरा पढ्नुहोस् »

अधिकारी बन्धु प्रतिष्ठानको केन्द्रिय सदस्यमा गोबिन्द अधिकारी Sunday, June 10th, 2018

पर्वत । कश्यप गोत्रिय अधिकारी बंश प्रतिष्ठानको छैठौँ अधिबेशनबाट पर्वतका गोबिन्द अधिकारी केन्द्रिय सदस्य चयन भएका छन् । धौलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका प्रतिनिधीहरुले सामुहिक समर्थन गरेर अधिकारीलाई केन्द्रिय सदस्यमा प्रस्ताव गरेका थिए । झापामा सम्पन्न भएको केन्द्रिय अधिबेशनले अधिकारी केन्द्रिय सदस्य बनेका हुन् । झापामा शनिबार अधिबेशन सम्पन्न भएको छ ।..

पुरा पढ्नुहोस् »

पर्वत:बिष्णुधाम मन्दिर संरक्षणमा स्थानीय अग्रसर

पर्वत । पर्वतको शालिजा स्थित बिष्णुधाम मन्दिर संरक्षणमा स्थानीय जागरुक भएका छन् । मन्दिरको संरक्षण गर्न तीन रोपनी सार्वजनिक जग्गा तारबारमा स्थानिय लागिपरेका हुन् । गत जेठ १५ गतेबाट सुरु भएको सो कार्यमा स्थानीय युवा सहित गाउँलेहरु जुटेका छन् । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय बाग्लुङले विनियोजन गरेको ८ लाखको आर्थिक सहयोगमा संरक्षण हुन लागेको हो । कम्पाउण्डको डिल..

पुरा पढ्नुहोस् »