राजनीति


माथिल्लो कर्णाली आयोजना राष्ट्रहितमा हुनुपर्ने आवाज Friday, March 28th, 2014

काठमाडौँ, १४ चैत । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले माथिल्लो कर्णाली विद्युत् आयोजना निर्माणको विषयमा राष्ट्रिय स्वाधीनताको प्रश्न उठेकाले त्यसलाई रोक्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । कर्णाली जलाधार संरक्षण समितिले आज यहाँ आयोजना गरेको नेपालको जलाधार संरक्षण र जलको उपयोग विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले माथिल्लो कर्णालीलाई अघि बढाउने सन्दर्भमा..

पुरा पढ्नुहोस् »

मन्त्री डा खड्का र भारतीय राजदूत रेबीच भेटवार्ता

काठमाडौँ, १४ चैत । सहरी विकास मन्त्री डा नारायण खड्का र नेपालका लागि भारतीय राजदूत रञ्जित रेबीच आज भेटवार्ता भएको छ । सहरी विकास मन्त्रालयमा भएको भेटवार्तामा नेपालको विकास निर्माणमा भारतीय सहयोग तथा नेपाल र भारतबीचको सम्बन्ध विस्तारमा छलफल भएको सहरी विकास मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री डा खड्काले नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको द्विपक्षीय सम्बन्धका बारेमा..

पुरा पढ्नुहोस् »

अभिलेख सर्वसम्मत स्वीकृत

काठमाडौँ, १४ चैत । संविधानसभाको आज बसेको १३ औँ बैठकले अघिल्लो संविधानसभा र त्यसका समितिको निर्णय तथा कारबाहीको सुरक्षित अभिलेखालय सर्वसम्मतिले स्वीकृत गरेको छ । संविधानसभा नियमावली २०७० को नियम १६२ बमोजिम संविधानसभाका महासचिव मनोहरप्रसाद भट्टराईले ती अभिलेख संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसमक्ष पेस गर्नुभएको थियो । यसैगरी आजको बैठकमा सोही नियमावलीको नियम ६४..

पुरा पढ्नुहोस् »

पाँच विषयमा उच्चस्तरीय सहमति Thursday, March 27th, 2014

 संसदीय समितिका लागि शुक्रबारसम्म नाम दिइने काठमाडौँ, १३ चैत । नेपाली काँग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)का प्रमुख नेताहरुको आजको बैठकले उच्चस्तरीय राजनीतिक समिति बनाउनेलगायत प्रमुख पाँच विषयमा सहमति गरेको छ । तीन दिनको लामो छलफलपछि शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न र संविधानसभालाई सहयोग गर्न प्रमुख तीन दलका शीर्ष नेता रहने गरी उच्चस्तरीय राजनीतिक समिति..

पुरा पढ्नुहोस् »

समाजमा अराजक गतिविधि गर्नेलाई नेकपा–माओवादीले कारबाही गर्ने Wednesday, March 26th, 2014

राजेन्द्र राई खोटाङ चैत १३ गते । नेकपा–माओवादी खोटाङले समाजमा हुने गुण्डागर्दी, जालसाँजी, सामन्ती तथा दलाललाई मास कारबाही गर्ने निर्णय गरेको छ । पछिल्लो समय जिल्लामा गुण्डागर्दी, जालीफटाहा, सामन्ती तथा दलालको विकास हुँदै गएको भन्दै उनीहरुलाई तह लगाउन मास कारबाही गर्ने निर्णय गरेको हो । पार्टीको प्रथम जिल्ला सम्मेलन सकिएलगत्तै बसेको पार्टीको पहिलो बैठकले यस्तो निर्णय..

पुरा पढ्नुहोस् »

गृहमन्त्रीद्वारा सशस्त्र प्रहरीलाई सीमा र जनताको सुरक्षामा सम्झौता नगर्न सुझाव

काठमाडौँ, १२ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले सशस्त्र प्रहरीबलप्रति जनताको आशा भरोसा बढ्दै गएकाले त्यसलाई उचित सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।सशस्त्र प्रहरी बल प्रधान कार्यालयको आज निरीक्षणपछि आयोजित कार्यक्रममा उहाँले राष्ट्र र जनताप्रतिको इमान्दारिता र प्रभावकारिता सशस्त्र प्रहरीबलको महत्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।सुरक्षा बलले..

पुरा पढ्नुहोस् »

प्रमुख तीन दलको बैठक सकारात्मक : निर्णय भोलि

काठमाडौँ, १३ चैत । विगतका सहमतिको कार्यान्वयनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तीन राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी) को बैठकले सहमतिका निर्णयमा भोलि मात्रै टुङ्गो लगाउने भएको छ ।प्रमुख तीन दलबीच विगतमा भएको चारबुँदे सहमति र सरकार गठनका बेला नेपाली काँग्रेस र नेकपा (एमाले)बीच भएको सातबुँदे सहमतिको कार्यान्वयनका लागि..

पुरा पढ्नुहोस् »

सहमति गरेर संबिधान बनाउनु पर्नेप्रवत्ता– शर्मा

कोपिला कडेल, बागलुङ, १२  चैत्र ,एकिकृत नेकपा माओबादीका प्रवत्ता एबं पुर्व शिक्षा मन्त्रि दिननाथ शर्माले सरकार भित्र र बाहिरका राजनितिक शक्तिहरु मिलेर संबिधान निर्माण गर्नुपर्ने बताउनु भयो ।उहांले एकले अर्कोलाई निषेध गरेर अगाडी बढे संबिधान जारी हुन नसक्ने जिकीर गर्नुभयो । क्रान्तिकारी पत्रकार सघं बागलुङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले ठुला..

पुरा पढ्नुहोस् »

भ्रष्टाचारको छानबिन गर्ने सहमतिपछि ताला खुल्यो

राजविराज, १२ चैत । सप्तरी जिल्ला खेलकुद विकास समितिको कार्यालयमा लागेको तालाबन्दी मङ्गलबार साँझदेखि खुलेको छ । कर्मचारीहरूको मागलाई पूरा गर्न छानबिन समिति गठन गर्ने सहमति भएपछि आन्दोलन स्थगित भएको सप्तरी जिल्ला खेलकुद कर्मचारी सङ्घका अध्यक्ष विजयमान थापाले बताउनुभयो । खेलमैदान, कार्यालयको भवन निर्माण र आर्थिक वर्ष २०६३÷६४ देखिका प्रतियोगिताको हरहिसाब बुझ्न छानबिन..

पुरा पढ्नुहोस् »

लैङ्गिक अनुगमन प्रतिवेदन’ प्रमुख निर्वाचन आयुक्तलाई Tuesday, March 25th, 2014

काठमाडौँ, ११ चैत । राष्ट्रिय महिला आयोगको नेतृत्वमा विभिन्न संस्थाले ‘संविधानसभा निर्वाचन, २०७० लैङ्गिक अनुगमन प्रतिवेदन’ प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई बुझाएका छन् । आयोगका अध्यक्ष शेष चाँदताराको नेतृत्वमा विभिन्न ३१  सङ्घसंस्थाको सहयोगमा निर्माण गरिएको सो प्रतिवेदन बुझ्दै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले नेपालको इतिहासमा पहिलो पटक निर्वाचनमा लैङ्गिक..

पुरा पढ्नुहोस् »

पूर्वान्चल अख्तियारमा साढे छ सय मुद्धा

युधिष्ठिरराज आमगाई पाँचथर  ११  चैत ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय धनकुटामा साढे छ सय मुद्धा परेको छन् । आइतबार सदरमुकाम फिदिम स्थित जिल्ला प्रशासन कार्यालय भएको पत्रकार भेटघाट कार्यक्रममा क्षेत्रिय प्रमुख हरीराज पन्तले छ सय भन्दा बढि मुद्धा परेको बताएका हुन ।अख्तियारले सवै विकास क्षेत्रमा क्षेत्रिय कार्यालय खोल्ने नीति अनुसार २०७० असोज १ मा..

पुरा पढ्नुहोस् »