राजनीति


प्रधानमन्त्री कोइराला भेटघाटमा व्यस्त Wednesday, April 2nd, 2014

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री सुशील कोइरालाले सरकारमा छिटो सहभागिताका लागि  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापालाई आग्रह गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच भएको भेटमा प्रधानमन्त्री कोइरालाले संविधानसभामा सहभागी र बाहिर रहेका दलहरू बीचको सहमति, सहकार्य र एकतामा सरकार अगाडि बढ्ने बताउनुभयो । प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

शाखा अधिकृत परीक्षा तयारी अभिमुखिकरण तालिम सुरु

 ५० जना प्रशिक्षार्थीहरु तालिममा सहभागि प्रज्वल पौडेल , रेडियो रामेछाप चैत्र १९ समावेशि निजामति सेवाको लागि लोकसेवा आयोगद्धारा लिईने शाखा अधिकृत परिक्षा तयारी अभिमुखिकरण तालिम मन्थलीमा आजबाट सुरु भएको छ । सो तालिमको आज एक कार्यक्रका विच उद्घाटन समेत गरिएको छ । मन्थली सहिद स्मृति बहुमुखि क्याम्पस मन्थलीका क्याम्पस संचालक समितिका अध्यक्ष ध्रुव प्रसाद सुवेदिको..

पुरा पढ्नुहोस् »

अझै बुझाएनन् उम्मेदवारहरूले खर्च विवरण Tuesday, April 1st, 2014

बेलौरी (कञ्चनपुर), १८ चैत । मतगणना सम्पन्न भएको ३५ दिनभित्र निर्वाचन खर्च बुझाउने प्रावधानअनुसार संविधानसभा निर्वाचन भएको पाँच महिना भइसक्दा पनि कञ्चनपुरका केही उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छ्रैनन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरबाट भाग लिएका २९ उम्मेदवारमध्ये ६ जना उम्मेदवारले अझैसम्म पनि खर्च विवरण नबुझाएका..

पुरा पढ्नुहोस् »

संविधान निर्माणपूर्व स्थानीय निकायको निर्वाचन गरिने ठोकुवा Monday, March 31st, 2014

फलेवास (पर्वत), १७ चैत । उपप्रधानमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारको पहिलो प्राथमिकता भनेको नयाँ संविधान तथा स्थानीय चुनाव भएको बताउनुभएको छ ।कुस्मामा आज भएको कार्यकर्ता भेटघाट कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री सिंहले स्थानीय चुनाव नहुँदा स्थानीय निकायमा भ्रष्टाचार बढेकाले तत्काल सहमति गरी स्थानीय चुनाव गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय..

पुरा पढ्नुहोस् »

समाजवादी क्रान्तितर्फ पार्टी अघि बढ्ने– नेता भट्टराई

चितवन, १७ चैत । एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईले द्वन्द्वकालीन घटनाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजी आयोगले मात्र गर्न सक्ने बताउनुभएको छ । फुजेल घटनापीडित परिवार सङ्घर्ष समितिले आज भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न चितवन आउनुभएका डा भट्टराईले कृष्ण अधिकारीलगायतका सबै द्वन्द्वकालीन घटना पटके गिरफ्तारीबाट..

पुरा पढ्नुहोस् »

सबैको सहमतिमा स्थानीय निर्वाचन : नेता देउवा

बेलौरी (कञ्चनपुर), १७ चैत । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सबै राजनीतिक दलको सहमतिमा नै स्थानीय निकायको निर्वाचन हुने बताउनुभएको छ ।नेपाल प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता देउवाले दलहरुबीच सहमति हुन नसकेका कारण निर्वाचनको मिति नतोकिएको हो भन्नुभयो । नेता देउवाले काँग्रेसले..

पुरा पढ्नुहोस् »

राप्रपा नेपालको अधिवेशन सम्पन्न

विराटनगर, १७ चैत । राप्रपा नेपाल मोरङ क्षेत्र नं ९ को क्षेत्रीय अधिवेशन आइतबार सम्पन्न भएको छ ।उक्त भेलाले होम गौतमको अध्यक्षतामा ११ सदस्य राप्रपा नेपाल मोरङ क्षेत्र नं ९ क्षेत्रीय कार्यसमिति गठन गरेको छ । समितिको सदस्यहरुमा डिल्ली विमली, हरिमाया खनाल, लोकबहादुर कटुवाल, प्रेम डाँगी , कोषराज सिटौला, सावित्रा कार्की, सीता खड्का, प्रेम नेपाल, इन्द्रबहादुर सुन्चेउरी र होमा..

पुरा पढ्नुहोस् »

माथिल्लो कर्णाली आयोजना राष्ट्रहितमा हुनुपर्ने आवाज Friday, March 28th, 2014

काठमाडौँ, १४ चैत । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले माथिल्लो कर्णाली विद्युत् आयोजना निर्माणको विषयमा राष्ट्रिय स्वाधीनताको प्रश्न उठेकाले त्यसलाई रोक्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । कर्णाली जलाधार संरक्षण समितिले आज यहाँ आयोजना गरेको नेपालको जलाधार संरक्षण र जलको उपयोग विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले माथिल्लो कर्णालीलाई अघि बढाउने सन्दर्भमा..

पुरा पढ्नुहोस् »

मन्त्री डा खड्का र भारतीय राजदूत रेबीच भेटवार्ता

काठमाडौँ, १४ चैत । सहरी विकास मन्त्री डा नारायण खड्का र नेपालका लागि भारतीय राजदूत रञ्जित रेबीच आज भेटवार्ता भएको छ । सहरी विकास मन्त्रालयमा भएको भेटवार्तामा नेपालको विकास निर्माणमा भारतीय सहयोग तथा नेपाल र भारतबीचको सम्बन्ध विस्तारमा छलफल भएको सहरी विकास मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री डा खड्काले नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको द्विपक्षीय सम्बन्धका बारेमा..

पुरा पढ्नुहोस् »

अभिलेख सर्वसम्मत स्वीकृत

काठमाडौँ, १४ चैत । संविधानसभाको आज बसेको १३ औँ बैठकले अघिल्लो संविधानसभा र त्यसका समितिको निर्णय तथा कारबाहीको सुरक्षित अभिलेखालय सर्वसम्मतिले स्वीकृत गरेको छ । संविधानसभा नियमावली २०७० को नियम १६२ बमोजिम संविधानसभाका महासचिव मनोहरप्रसाद भट्टराईले ती अभिलेख संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसमक्ष पेस गर्नुभएको थियो । यसैगरी आजको बैठकमा सोही नियमावलीको नियम ६४..

पुरा पढ्नुहोस् »

पाँच विषयमा उच्चस्तरीय सहमति Thursday, March 27th, 2014

 संसदीय समितिका लागि शुक्रबारसम्म नाम दिइने काठमाडौँ, १३ चैत । नेपाली काँग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)का प्रमुख नेताहरुको आजको बैठकले उच्चस्तरीय राजनीतिक समिति बनाउनेलगायत प्रमुख पाँच विषयमा सहमति गरेको छ । तीन दिनको लामो छलफलपछि शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न र संविधानसभालाई सहयोग गर्न प्रमुख तीन दलका शीर्ष नेता रहने गरी उच्चस्तरीय राजनीतिक समिति..

पुरा पढ्नुहोस् »