राजनीति


रोजगारमूलक कार्यक्रमका लागि सहयोग गर्न प्रमको आग्रह Tuesday, April 8th, 2014

काठमाडौँ, २५ चैत । प्रधानमन्त्री सुशील कोइराला र नेपालका लागि जापानी राजदूत मसासी अगवा एवम् जापान अन्तर्राष्ट्रिय श्रम कोषका अध्यक्ष हिरोयुकी नागुमो नेतृत्वको प्रतिनिधिमण्डलबीच आज बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री कोइरालाले नेपालको पश्चिम क्षेत्र निकै पिछडिएका कारण सो क्षेत्रमा सीप तथा रोजगारमूलक कार्यक्रमका लागि सहयोग गर्न गरेको आग्रहलाई..

पुरा पढ्नुहोस् »

एमाले अध्यक्षमा बुढा

जुम्ला, २५ चैत । नेकपा (एमाले) जुम्लाको सातौँ जिल्ला अधिवेशनबाट तीर्थबहादुर बुढा अध्यक्षमा विजयी हुनुभएको छ । यही चैत २२ गते अधिवेशनको उद्घाटन भई बन्द सत्रमा परिणत भएको एमाले सभासद् बलबहादुर महतसहित जिल्लास्तरका नेताको बृहत् छलफल तथा बहसले सहमतिमा नयाँ नेतृत्व चयन गर्न नसकेपछि भएको निर्वाचनमा बुढा आफ्ना प्रतिद्वन्द्वी रतननाथ योगीलाई ११५ मत पछि पार्दै १४८ मत ल्याएर विजयी..

पुरा पढ्नुहोस् »

एमालेको नेतृत्वमा वरिष्ठ नेता माधव नेपालको दाबी Monday, April 7th, 2014

बनेपा, २४ चैत । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नेतृत्वमा आफ्नो दाबी रहेको घोषणा गर्नुभएको छ । एमालेको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनको विषयमा पार्टीभित्र नेतृत्वको विवाद भइरहेको बेला आज धुलिखेलमा नेपाल युवा सङ्घको तेस्रो बैठकमा नेता नेपालले म मैदानमा उत्रिन तयार छु भन्नुभयो । उहाँले भन्नुभयो, “म पदको आकाङ्क्षी होइन तर पार्टी बचाउन तयार छु..

पुरा पढ्नुहोस् »

भत्तालगायत सुविधा बढाउन माग गर्दै धर्ना

काठमाडौँ, २४ चैत । प्रधानमन्त्री सुशील कोइरालाले व्यवस्थापिका–संसद् सचिवालयका कर्मचारीले तेहोरो कामको जिम्मेवारी लिनुपरेको जनाउँदै भत्तालगायत सुविधा वृद्धि गर्नुपर्ने माग राखी गर्दै आएको आन्दोलन र धर्नाप्रति चासो राख्नुभएको छ । संविधानसभा मातहत रहेको सवैधानिक– राजनीतिक संवाद तथा सहमति समितिको पहिलो बैठकमा भाग लिन सिंहदरबारस्थित व्यवस्थापिका –संसद् सचिवालय..

पुरा पढ्नुहोस् »

संवैधानिक–राजनीतिक संवाद समितिको सभापति आइतबर चयन हुने

संविधानसभा मातहत रहेको सवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको चयन आइतबर हुने भएको छ ।समितिको आज बसेको बैठकले सभापतिको चयनबिना समितिका काम कारबाही, विधि र प्रक्रिया अधुरो अपुरो हुने देखिएको जनाउँदै सहमतिका आधारमा सभापति चयनका लागि चैत ३० गते बिहान ११ बजेको समय तोक्ने निर्णय गरेको हो । बैठकमा भाग लिने अधिकांश सदस्यले संविधानसभाले पारित गरेको कार्यतालिकाको..

पुरा पढ्नुहोस् »

मन्त्रि तथा राज्य मन्त्रीको सपथ हुदै

२४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा मालेलाई सरकारमा सहभागी गराउँदै  प्रधानमन्त्री सुशील कोइराला मन्त्रिपरिषद् विस्तार गरेका छन्।राप्रपाबाट अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल थापा वाणिज्य तथा आपूर्तिमन्त्री र गिरीबहादुर केसी राज्यमन्त्री नियुक्त भएका छन् । यस्तै माले महासचिव सीपी मैनालीका पत्नी निलम केसीलाई महिला बालबालिका तथा समाज कल्याण..

पुरा पढ्नुहोस् »

विधिसम्मत रुपमा विधेयक ल्याउनुपर्ने निष्कर्ष

काठमाडौँ, २४ चैत । नेपाली काँग्रेसको पदाधिकारी बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता पार्ने (कसुर र सजाय) विधेयकमाथि छलफल गरी हालसम्म भएका सहमति र विधिसम्मत रुपमा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।दुवै विधेयक विगतको बाह्रबुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ र विधेयक निर्माणका सम्बन्धमा सर्वोच्च अदालतले दिएको..

पुरा पढ्नुहोस् »

सबैको अपनत्व हुने गरी संबिधान निर्माण

कपिल ज्ञवाली बुटवल चैत्र २३ सिंचाई मन्त्री एन.पी. साउदले संबिधान सभामा सबैको अपनत्व हुने गरी संबिधान निर्माणको काममा रहेकाले २६ जना मनोनितको काममा ढिलाइ भएको बताउनुभएको छ । साउदले मनोनित गर्न बाकी २६ जना सदस्यहरु अव चाँडै नै मनोनित हुने पनि उल्लेख गर्नुभयो । मुलुकमा रहेका सबै राजनीतिक शक्तिहरुलाई संबिधान सभामा ल्याएर सबैको अपनत्व हुने गरी संबिधान निर्माणको काम भैरहेको..

पुरा पढ्नुहोस् »

संबिधान चाहने हो भने सभासद लाई जिल्ला छिर्न बाट रोकौ

काठमाडौँ  चैत्र २४ - एक वर्षभित्र संविधान बनाउने हो भने मुख्य दलका मुख्य नेताहरुलाई जिल्ला भ्रमण गर्न र अनावश्यक कार्यक्रममा जान प्रतिवन्धलगाइनुपर्ने धारणा सभासद् तथा नेपाल सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले राख्नुभएको छ । संविधानसभा नियमावली मस्यौदा समितिको सभापति रहनुभएका कर्णले भन्नुभयो, ‘मुख्य दलका नेताहरु नभए सहमति हुँदैन ।नियमावली बनाउँदा पनि सानो अड्चन..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रिको संविधान बन्न नदिन विरोधीले चलखेल गरेको गुनासो Sunday, April 6th, 2014

२३ चैत, सुनसरी । प्रधानमन्त्री सुशील कोइरालाले संविधान  विरोधीले चलखेल गरिरहेको बताएका छन् । विरोधीको चलखेल असफल पार्दै आफूले एक वर्षमा संविधान बनाउने भन्दै प्रधानमन्त्री कोइरालाले सबैलाई ढुक्क हुन समेत आग्रह गर्नुभयो इटहरीस्थित बुढीखोलामा घाट उदघाटन गर्न आएका प्रधानमन्त्री कोइरालाले इटहरी- ६ बज्रामा स्थानीय कांग्रेस कार्यकर्ता रञ्जन रिजालको घरमा खाना खानुअघि..

पुरा पढ्नुहोस् »

विधेयकमा सहमतिका लागि कार्यदल बनाइने

काठमाडौँ, २३ चैत । सरकारले व्यवस्थापिका–संसद्समक्ष पेस गर्न लागेको सत्य निरुपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता पार्ने (कसुर र सजाय) विधेयकमाथि सहमतिका लागि छलफल गर्न । प्रमुख तीन दल सम्मिलित एक कार्यदल बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइराला र एकिकृत नेकपा माओवादीका शीर्ष नेताहरुबीच आज विहान भएको छलफलमा कार्यदलमा रहने..

पुरा पढ्नुहोस् »