इलाम समाचार


वृद्धाको जिब्रो थुतेर निर्घात कुटपिट, एक जना पक्राउ Tuesday, May 1st, 2018

झापा  । इलामको रोङ गाउँपालिका–१ कटहरेकी एक वृद्धामाथि मरणासन्न हुनेगरी कुटपिट गरिएको छ । आइतबार राति करीब ११ बजे उनलाई आफ्नै घरमा केही युवाले दुव्र्यवहार गरी मरणासन्न हुनेगरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक गणेश बस्नेतले जानकारी दिए । उनका अनुसार पीडक युवाले ती वृद्धाको जिब्रोसमेत थुतिदिएका छन् । “बलात्कार भएको हो भन्ने कुरा पनि आइरहेको..

पुरा पढ्नुहोस् »

जति बढी बच्चा जन्मायो, उति बढी प्रोत्साहन रकम Thursday, March 15th, 2018

इलाम – जनसंख्या बढी भए गरिबी, भोकमरी, अशिक्षाजस्ता दर्जनौं कठिनाई हुने गरेको त हामी सबैले सुनेकै हौं । तर, जसले धेरै सन्तान जन्माउँछ, उसलाई बढी सुविधा दिने ‘अफर’ इलाम नगरपालिकाले ल्याएको छ । जनसंख्या वृद्धिदर कम भएर ‘चिन्ता’मा परेको नगरपालिकाले चैत १ (बिहीबार) देखि लागू हुनेगरी बढी सन्तान जन्माउने प्रसूतिलाई नै बढी सेवा–सुविधा दिने कार्यक्रम लागू गर्दैछ। केही दिनअघि बसेको..

पुरा पढ्नुहोस् »

इलाममा विशेषज्ञ डाक्टरको अभाव Saturday, December 30th, 2017

इलाम,१५ पुस  । जिल्ला अस्पताल इलाममा विशेषज्ञ डाक्टरको अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन । विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा सेवा लिन आएका बिरामी उपचारका लागि जिल्लाबाहिर जाने गरेका छन् । ९ जना विशेषज्ञसहित १६ जना डाक्टरले सेवा पु¥याउनुपर्ने ५० शैयाको अस्पतालमा १ जना मात्र विशेषज्ञ डाक्टर कार्यरत छन् । यस्तै १५ जना नर्सको दरबन्दी रहे पनि अस्पतालमा ८ जना नर्स, २..

पुरा पढ्नुहोस् »

यसरी गरिँदैछ मतपेटिका सुरक्षा Monday, November 27th, 2017

इलाम ११ मंसिर। पाँचथर र ताप्लेलुङमा आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि साँझदेखि नै मतपेटिका सदरमुकाम ल्याइँदैछ । ताप्लेजुङका केही मतदान केन्द्रको मतपेटिका भने सोमबार दिउँसोमात्रै हेलिकोप्टरमा सदरमुकाम ल्याउने तयारी छ । पाँचथरमा बढीमा १ सय ५ किलोमिटर टाढाबाट मतपेटिका ल्याउनुपर्दा सोमबार बिहानसम्म लाग्ने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ..

पुरा पढ्नुहोस् »

ईश्वर गुहार्दै उम्मेदवार

इलाम ११ मंसिर। इलामका उम्मेदवारलाई मतदातामात्रै दाहिना भएर पुग्दैन, ईश्वरले पनि हेर्नुपर्ने हुन्छ। टिकट पाउन होस् या चुनाव जित्न, उनीहरू शीर्ष नेताको दैलो चहार्नुअघि लारुम्बाको शक्तिपीठ अघिल्तिर लाम लागिहाल्छन्। किरात धर्मगुरु आत्मानन्द लिङ्देनको आध्यात्मिक आँगनमा उनीहरूको भाग्य फैसला हुन्छ। कांग्रेसका प्रदेशसभा उम्मेदवार खगेन्द्र देवान भन्छन्, ‘टिकट लिन..

पुरा पढ्नुहोस् »

वाम गठबन्धनपछि भारतको निन्द्रा हराएको छ: नेता खनाल Friday, November 10th, 2017

इलाम २४  कार्तिक । नेकपा (एमाले)का वरिष्ठ नेता तथा इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम गठबन्धनले देशलाई समृद्धितर्फ लैजाने बताएका छन्।   इलामको शान्तिपुरस्थित बदामटारमा आज आयोजित चुनावीसभामा नेता खनालले मुलुकमा कम्युनिष्ट शासनको पालामा धेरै विकास निर्माण भएको उल्लेख गर्दै वाम गठबन्धनले घोषणापत्रमा उल्लेख भएबमोजिम निर्वाचनपछि आर्थिक समृद्धि गरेरै..

पुरा पढ्नुहोस् »

इलाममा बुवाको हत्या गरी फरार छोरा ८ वर्षपछि दसैँ मान्न आउँदा पक्राउ Wednesday, September 27th, 2017

इलाम , ११ असोज  । बुवाको हत्या गरी फरारे देउमाई नगरपालिका-१ का चक्रबहादुर राईलाई आठ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । ५३ वर्षका राईले २०६६ साल साउन १ गते बुवा ७१ वर्षका यामबहादुर राईको हत्या गरेर फरार भएका थिए । दसैँ मनाउन घर आएका समयमा विशेष सुराकीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनले बावुको हत्या किन गरेका थिए भन्ने..

पुरा पढ्नुहोस् »

मादक पदार्थ सेवन गरी विद्यालय आएको आरोपमा प्रधानाध्यापक पक्राउ Thursday, September 14th, 2017

इलाम, भदौ २९ । मादक पदार्थ सेवन गरी विद्यालय आएको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । रोङ गाउँपालिका–६ सलकपुरस्थित मोतीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठलाई जिर्मले प्रहरी चौकीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बारम्बार मादकपदार्थ सेवन गर्ने श्रेष्ठलाई पटकपटक चेतावनी दिँदासमेत नसुध्रिएपछि विद्यालयमै उनलाई पक्राउ..

पुरा पढ्नुहोस् »

गुडिरहेको बसमाथि ढुंगा खसेर दुर्घटना हुँदा एकको मृत्यु Sunday, August 13th, 2017

दाङ साउन २९ । राप्ती राजमार्ग अन्र्तगत तुल्सीपुर–कपुरकोट सडक खण्डमा आइतबार गुडिरहेको बसमाथि ढुंगा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । कपुरकोट गाउँपालिका ३ गोठरी खोलामा सल्यान खलङगादेखि दाङको तुलसिपुर जाँदै गरेको सल्यान रुकुम यातायात व्यवसायी समितिको ना ३ ख ३२३० नम्बरको बसमा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । बसमा सवारी ११ घाइते भएको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

इलाममा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बिमा गरे Saturday, April 29th, 2017

इलाम १६ वैशाख   । इलाममा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बिमा गरेका छन् । गत असार १५ गतेबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्ममा रु ५६ लाख ८० हजार तीन सय १५ सङ्कलन भएको छ । यस कार्यक्रमअन्तर्गत उनीहरुले जिल्लाका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पताल, झापा र काठमाडौँका अस्पतालबाट सेवा लिएका छन् । सामाजिक स्वास्थ्य विकास समिति जिल्ला कार्यालय..

पुरा पढ्नुहोस् »

इलाममा चैत मसान्तभित्रमा ६२ हजार पर्यटक भित्रिए Thursday, April 27th, 2017

इलाम १४ वैशाख  । चालु आर्थिक वर्षको चैत मसान्तभित्रमा ६२ हजार पर्यटक जिल्ला भित्रिएका छन् । इलामको कोल्बुङस्थित पर्यटन सूचना केन्द्र जोरकलशका अनुसार २०७३÷७४ मा गत आवको भन्दा चार गुणा बढी पर्यटक भित्रिएका हुन् । सूचना केन्द्रका गगन घिमिरेका अनुसार गत आवमा देशमा भूकम्प, मधेस आन्दोलनजस्ता ठूला सङ्कट परेकाले जिल्लामा कम मात्र पर्यटक भित्रिएका थिए । जिल्ला भित्रिनेमध्ये..

पुरा पढ्नुहोस् »