काभ्रेपलाञ्चोक समाचार


शल्यक्रियापछि गाईको एक पाथी दूध Wednesday, May 16th, 2018

काभ्रेपलाञ्चोक। राम्रो जातको गाईको बाच्छोलाई छोराछोरीजस्तै हुर्काएका पनौती–१ का रेवती सापकोटा औधी खुसी थिए। राम्रै पालनपोषण गरेर हुर्काएको उनको रातो माली बाच्छो ब्याउँदै थियो। मंगलबार एक्कासि गाई छटपटिन थाल्यो। उनले माली गाईलाई व्यथाले च्यापेको बुझेर तातो खोले खुवाए । पहिलो बेत ठानेर सुरुमा सामान्य नै ठानेका उनले माली गाई तीन घण्टासम्म छटपटिएपछि गाउँनजिकैका पशु..

पुरा पढ्नुहोस् »

काभ्रेको धुलिखेलमा गुडिरहेको बसमा आगलागी Wednesday, February 7th, 2018

काभ्रे । काभ्रेको धुलिखेलमा गुडिरहेको बसमा आगलागी भएको छ । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको बा ३ ख ३२७० नम्बरको बसमा एक्कासी आगो लागेको हो । सडकमा गुडिरहेको बसमा आगो लागेपछि सबै यात्रुहरु आत्तिएर बाहिर निस्किएका छन् । बसमा सवार सबै यात्रुहरु बाहिर निस्किएको हुनाले मानविय क्षति नभएको प्रहरीले जनाएको छ । बसमा लागेको आगो केहीबेरमै निभाएपनि बस गुडाउन नमिल्ने भएको छ..

पुरा पढ्नुहोस् »

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु मितेरी सम्बन्धमा  , नयाँ सन्देश Monday, October 30th, 2017

काभ्रे, कात्तिक १३ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले एक आपसमा मितेरी सम्बन्ध कायम गरेर नयाँ सन्देश दिएका छन् । मितेरी कार्यक्रमको सुरुवात बाणिज्य मन्त्री एवम् नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले कांग्रेस काभ्रेका प्रशिक्षण शाखाका प्रमुख महेश पौडेलसँग टिका आदानप्रदान गरेर गर्नुभएको छ । नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले दलित नेता..

पुरा पढ्नुहोस् »

जिल्ला अदालत काभ्रेका नासु खत्री घुससहित पक्राउ ,घटना मिलाउने आश्वासन अपुरो Monday, October 9th, 2017

काभ्रे,२३ असोज । जिल्ला अदालत काभ्रेका नायब सुब्बा राजेन्द्र खत्री सोमबार घुससहित पक्राउ परेका छन् । खत्रीलाई १ लाख २५ हजार घुससहित अख्तियारको टोलीले सदरमुकाम धुलिखेलस्थित बसपार्क चोकबाट पक्राउ गरिएको हो । भुम्लु गाउँपालिकाको बन्देउ नजिक गत भदौ १७ बा ३ ख ८४०४ नम्बरको टिपर र बोलेरो ठोकिदा भएको घट्नालाई लिएर टिपर चालक सिन्धुपाल्चोकका सुदिप दुलाललाई पक्राउ गरी मुद्धा..

पुरा पढ्नुहोस् »

काभ्रेको निगालेमा बोलेरो दुर्घटना, ६ जनाको मृत्यु, ११ घाइते Tuesday, September 26th, 2017

धुलिखेल,  १० असोज । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । आज बिहान बनेपाबाट डाँडापारि जाने क्रममा निगाले पुग्दा बिहान पौने ११ बजेतिर बा १४ च ९५५६ नंको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ । उनका अनुसार..

पुरा पढ्नुहोस् »

बोलेरो दुर्घटनामा एक जनाको मृत्यु, ११ जना घाइते Tuesday, September 12th, 2017

धुलिखेल,  २७ भदौ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ खोपासी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै बोलेरो दुर्घटना हुँदा एकजनाको मुत्यु भएको छ । घटनामा परी ११ जना घाइते भएको प्रहरीले जनाएको छ । बल्थलीबाट पनौतीतर्फ आइरहेको बा ९ च ७२७७ नम्बरको बोलेरो सोमबार साँझ दुर्घटना भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीका..

पुरा पढ्नुहोस् »

श्रीमतीको आत्मा हत्या पछि श्रीमानको प्रयास Friday, September 1st, 2017

काभ्रेपलाञ्चोक, १६ भदौ  । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुब्बागाउँमा श्रीमतीले मध्यरातमा आत्महत्या गरेपछि उनका श्रीमान्ले आत्महत्याको प्रयास गरेका छन् । बुधबार मध्यराति रक्सी खान बसेका दम्पतीबीच घरायसी विवादले उग्ररुप लिँदा दीपक केसीकी २९ वर्षीया पत्नी सलिनाले आत्महत्या गरेकी थिइन् । विवादपछि राति १ बजे सलिना घरबाट निस्किएपछि उनलाई मृतावस्थामा फेला पारेको..

पुरा पढ्नुहोस् »

काभ्रेको बेथानचोक गाउँपालिकामा नेपाली कांग्रेसको उम्मेदवारको जित Wednesday, May 17th, 2017

काठमाडौं  ३ जेठ । स्थानीय तहको अन्तिम मतपरिणाम आउने क्रममा काभ्रेको बेथानचोक गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् ।     बेथानचोक गाउँपालिका अध्यक्षमा कांग्रेसका प्रेमबहादुर तिमल्सिनाले ३८६८ मत ल्याएर जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी प्रेम लामाले २७४१ र माओवादी केन्द्रका मर्दनसिंह तामाङले १७४९ मत ल्याए..

पुरा पढ्नुहोस् »

काभ्रेको चौरी देउरालीको दुई वडामा माओवादी केन्द्र विजयी Tuesday, May 16th, 2017

                                         धुलिखेल २ जेठ  । काभ्रेपलाञ्चोक जिल्लाको कोसीपारि चौरी देउरालीमा नेकपा (माओवादी केन्द्र) दुवै वडामा विजयी भएको छ । सो गाउँपालिकाको वडा नं १ मा राजु आले तामाङ र वडा नं २ मा दिनेश लामा विजयी हुनुभएको छ । तामाङले ३१० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रताव लामाले २७७ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै वडा नं २ मा..

पुरा पढ्नुहोस् »

काभ्रेमा माओवादी कार्यकर्ताको गोली हानि हत्या, स्थिति तनावग्रस्त Sunday, May 14th, 2017

काभ्रे ३१ बैशाख  । 'काभ्रेको नमोबुद्धमा प्रहरीले गोली हानि माओवादी केन्द्रका एक जिल्ला नेताको हत्या गरेको खबर प्राप्त भएको छ । शनिबार राति भएको उक्त घटनामा माओबादी केन्द्रका स्थानीय कार्यकर्ता नबराज पाठकको हत्या गरेको स्थानियबाशी अर्जुन मोक्तानले जानकारी दिए । थप जानाकारी आउदै छ..

पुरा पढ्नुहोस् »

‘कर्मले बालबालिकाप्रतिको बुझाईलाई बदल्छ’ Monday, January 16th, 2017

काभ्रे ३ माघ ।  हाम्रो समाजमा बालालिकालाई हेर्ने दृष्टिकोण राम्रो छैन । बालबालिकालाई हेप्ने प्रवृत्ति छ । उनीहरुको आवाज सुनिंदैन । उनीहरुले के चाहेका छन् भनेर बुझिंदैन । भोलिको असल नागरिक उत्पादन गर्न बालबालिकालाई हेर्ने हाम्रो आजको यस्तो दृष्टिकोण बदल्नु पर्छ । यो दृष्टिकोण बदल्न कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेको दोस्रो कृति कर्म ः सिकाइमा गहिरिएको खाडल..

पुरा पढ्नुहोस् »