जाजरकोट समाचार


मुटु रोगी बालबालिकाको संख्या बढ्दै Sunday, June 3rd, 2018

जाजरकोट- सुगम ठाउँका बालबालिकाको तुलनामा जाजरकोटका बालबालिकामा मुटु रोगको समस्या सात गुणा बढी रहेकोे देखिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीको नेतृत्वमा जाजरकोट आएको चिकित्सकको टोलीले जिल्लाका करिब पाँच हजार बालबालिकाको मुटुको जाँच (स्क्रिनिङ) गरेको छ । ‘पाँचदेखि १५ वर्ष उमेर समूहका स्कुले विद्यार्थी र अन्य बालबालिकामा गरिएको परीक्षणको अवस्था हेर्दा..

पुरा पढ्नुहोस् »

जोत्न लैजाने क्रममा गोरुले हानेर विष्टको मृत्यु Friday, May 4th, 2018

जाजरकोट । गोरुले हान्दा आठबिसकोट नगरपालिका–९, रुकुम पश्चिमका ३४ वर्षीय वीरजङ विष्टको मृत्यु भएको छ । आज बिहान आफ्नै गोरुले हान्दा उनको मृत्यु भएको स्थानीय तेजेन्द्र बटालाले जानकारी दिए । मकै रोप्नका लागि जग्गा जोत्न लैजाँदै गर्दा उनलाई गोरुले हानेको बटालाले बताए ।..

पुरा पढ्नुहोस् »

जोडियो जाजरकोट केन्द्रीय प्रसारणमा Monday, February 5th, 2018

जाजरकोट २२ माघ । जाजरकोटको सदरमुकाम खलंगामा केन्द्रीय प्रसारणको विद्युत् लाइन जडान गरिएको छ । विगत लामो समयदेखि अँध्यारोमा बस्दै आएका यहाँका बासिन्दा घरमा विद्युत् लाइन पुगेपछि खुशी भएका छन् । गोरखापत्रमासमाचार छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले पहिलो चरणमा भेरी नगरपालिका–४ बोहरागाउँ, मूलपानीबाट विद्युत् जडानको काम शुरु गरेको हो । सदरमुकाम खलङ्गामा..

पुरा पढ्नुहोस् »

नियन्त्रणमा आएन भाइरल, मर्नेको संख्या १२ पुग्यो, दुईहजार बिरामी Wednesday, January 10th, 2018

जाजरकोट २६ पौष । झन्डै तीन साता अघिदेखि फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरे पनि गाउँबाट बिरामी शिविरमा आउन नसक्दा उपचार कार्य प्रभावकारी हुन नसकेको हो । बिरामी गाउँमा छ्याप्छ्याप्ती भए पनि शिविर ल्याउनका लागि मानिस नहुँदा उपचार प्रभावकारी हुन सकेको छैन । एकै घरमा चारभन्दा बढी बिरामी हुनुका साथै..

पुरा पढ्नुहोस् »

धामीको भर पर्दा भाइरल ज्वरोबाट चारको मृत्यु, तीनसय बढी विरामी Saturday, January 6th, 2018

जाजरकोट,२२ पुस । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु भएको छ । रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका– २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ वर्षीय सतरुप शाही र ६२ वर्षीया आइती तिरुवाको मृत्यु भएको स्वास्थ्यचौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए । नाथको बुधबार र शाहीको बिहीबार मृत्यु भएको हो । त्यस्तै वडा नं २ कै आठ वर्षीय..

पुरा पढ्नुहोस् »

ढुंगाले लागेर बालिकाको मृत्यु Sunday, November 12th, 2017

जाजरकोट २६ कार्तिक  । जाजरकोको त्रिवेणी नलगाड नगरपालिका– ७ मा ढुंगाले लागेर आइतबार बिहान १० वर्षीया प्रतीक्षा शर्माको मृत्यु भएको छ । घाँस लिन स्थानीय जंगलमा गएका बेला माथिबाट आएको ढुंगाले लागेर घाइते भएकी शर्माको दल्लीस्थित स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

 जाजरकोटमा वाम गठबन्धन उलंघन,प्राय बिरोध असफलताको संकेत Monday, October 9th, 2017

जाजरकोट २३ असोज । जाजरकोटमा वाम गठबन्धन उलंघन गरिएको छ । केन्द्रमा तीन राजनैतिक दलले चुनावी तालमेलदेखि पार्टी एकिकरण गर्ने घोषणा गरेपनि जाजरकोटमा यसको उलंघन गरिएको छ । जाजरकोट उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्दा उक्त दल निकट व्यापारिले यसको उलंघन गरेका हुन् । वाम गठबन्धनमा सामेल नेकपा एमाले र माओवादी केन्द्र निकट व्यापारिहरुले छुट्टा छुट्टै प्यानल बनाएर संघको..

पुरा पढ्नुहोस् »

मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु Wednesday, July 13th, 2016

बाँके २९ असार । चालु आर्थिक वर्ष २०७२÷७३मा मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको छ । बाढी, हावाहुरी, आगलागी, चट्याङ लगायतका दैवी प्रकोपबाट ७५ जनाको मृत्यु हुनुका साथै रु ७४ करोड २० लाख ८२ हजार बराबरको भौतिक सम्पत्ति क्षति भएको हो । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका अनुसार दैवी प्रकोपबाट दुई हजार ७२१ घर गोठ क्षति भएका छन् । यस्तै २७३..

पुरा पढ्नुहोस् »

जाजरकोट दैलेख र मुगुमा जागरण सभा सम्पन्न Tuesday, May 10th, 2016

प्रेस बिज्ञप्ति मानव अधिकार तथा शान्ति समाजले शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमान ः एकता, सद्भाव र आत्मसम्मान भन्ने मुल बिषय सहित देशब्यापी रुपमा संचालन गरिरहेको स्वाभिमान अभियानका क्रममा बैशाख २७ गते जाजरकोट सदरमुकाम स्थित खलगां बजारमा जागरण सभा सम्पन्न भएको छ । सभामा प्रमुख बक्ताका रुपमा बोल्दै मानब अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले कुनै पनि..

पुरा पढ्नुहोस् »

जाजरकोटको परीक्षा केन्द्रमै झाडा पखाला, शिक्षक र विद्यार्थी दर्जनौ बिरामी Tuesday, April 5th, 2016

जाजरकोट  २३ चैत । सदरुमुकामबाट दुई दिन टाढा पश्चिमी क्षेत्र दसेरास्थित एसएलसी परीक्षा केन्द्रमा तीन दिनयता झाडापखालाको संक्रमण फैलिँदा जाच दिइरहेका सात दर्जन परीक्षार्थी र आधा दर्जन शिक्षक विरामी परेको आजको कान्तिपुरले लेखेको छ ।              जनप्रिय उच्चमावि केन्द्रमा फैलिएको प्रकोपले परीक्षा अवधिभरमा एकै विद्यार्थीलाई ३÷४ पटक सम्म पखाला लाग्ने गरेको छ । पखालाबाट..

पुरा पढ्नुहोस् »

रकम हिनामिना भएको भन्दै जाजरकोटको विद्यालयमा तालाबन्दी Tuesday, December 22nd, 2015

जाजरकोट, ७ पुस - विद्यालयको रकम हिनामिना भएको भन्दै जाजरकोटको एक विद्यालयमा अनिश्चितकालका लागि तालबन्दी गरिएको छ।   जिल्लाको पुन्मास्थित विजय माध्यमिक विद्यालय काफलचौरमा अभिभावक र विद्यार्थीले सोमबार प्रधानाध्यापकले रकम हिनामिना गरेको भन्दै अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि विद्यालयको पठनपाठन ठप्प भएको छ ।   आन्दोलनमा उत्रिएका अभिभावक र..

पुरा पढ्नुहोस् »