झापा समाचार


पुरुषको शव फेला, घाँस काट्दा हात छिनियो Tuesday, May 8th, 2018

झापा । झापाको बिर्तामोडमा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड–७ स्थित बुधबारे हटियाको गोस लाइनमा नाम थर नखुलेको अन्दाजी ५५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार उक्त पुरुष सोही स्थानमा मागेर गुजारा गर्दै आएका थिए । शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको र घटनाको थप..

पुरा पढ्नुहोस् »

शारीरिक समस्याका कारण बिहेको भोलिपल्टै भागे बेहुला, ३५ लाख रुपैयाँ जरिवाना Tuesday, March 20th, 2018

झापा । कसका बुबा आमाले सोचेको हुन्छ, छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर ! तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै रु ३५ लाख जरिवाना तिरेका छन् । बुद्धशान्ति..

पुरा पढ्नुहोस् »

झापाका अधिकांश ठूला होटलमा अखाद्य वस्तु फेला, जनप्रतिनिधि भन्छन्ः पशुले पनि खान अयोग्य Friday, March 16th, 2018

   झापा-  बिर्तामोडमा सञ्चालित केही ठूला होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र होटल व्यवसायी संघ, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले बुधबार र बिहीबार दुई दिन गरेको संयुक्त अनुगमनका क्रममा यस्तो पाइएको हो । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय..

पुरा पढ्नुहोस् »

यौनधन्दा गराउने होटल सञ्चालक यसरी परे प्रहरीको फन्दामा Wednesday, January 10th, 2018

झापा ,२६ पुस  । वेटर र कुकको काम भन्दै युवतीलाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट एक होटल सञ्चालकलाई पक्राउ गरेको छ। अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोडको नयाँ बसपार्कमा रहेको एवान होटल एण्ड लजका सञ्चालक ३८ वर्षीय राजकुमार सिटौला पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। पक्राउ परेका सिटौलालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी..

पुरा पढ्नुहोस् »

ट्राफिकै अगाडि बसले किच्यो जेब्राक्रसबाट सडक पार गरेकी महिलालार्इ Wednesday, January 3rd, 2018

झापा,१९ पौष । ड्युटीमा खटिएका ट्राफिक प्रहरीकै अगाडि यात्रुबाहक बसले किचेर झापाको बिर्तामोडमा एक महिलाले ज्यान गुमाएकी छन् । मुक्तिचौकस्थित ट्राफिक कार्यालयकै अगाडि यात्रुबाहक बसले किचेर हल्दिबारी गाउँपालिका–४ की ३३ वर्षीया लक्ष्मीमाया कन्दङ्वाले मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयकै अगाडि रहेको पूर्वपश्चिम राजमार्गमा कन्दङ्वालाई बसले किचेको हो ।..

पुरा पढ्नुहोस् »

विश्व कीर्तिमानी युवा अर्पणलाई ज्यान मार्ने धम्की Wednesday, December 27th, 2017

झापा,१२ पौष । तेज स्मरण शक्तिमा विश्व कीर्तिमान कायम गरेका झापाका अर्पण शर्माले तीन महिनायता केही व्यक्तिले आफूलाई लगाता ज्यान मार्ने धम्की दिइरहेको गुनासो गरेका छन् । एक मिनेटमा ४२ वटा वस्तु सम्झेर गिनिज बुकमा नाम लेखाएका शर्माले फेसबुकमा लामो स्टाटस लेखेर आफूलाई लगातार धम्की आएको जनाएका हुन् । झापा भद्रपुर घर भएका अर्पण हाल काठमाडौंमा बस्दै आएका छन् । ‘मेरो भाइलाई..

पुरा पढ्नुहोस् »

झापामा काँग्रेस हार्दा सिटौलामाथि अपजसको भारी Sunday, December 17th, 2017

झापा,२ पौष । झापाबाट उदाएर कांग्रेसभित्र प्रभावशाली छवि र स्थान बनाएका नेता कृष्णप्रसाद सिटौलाका लागि  यसपटकको निर्वाचन बिर्सनलायक रह्यो। उनी आफै त हारे नै, गृहजिल्लाका अन्य उम्मेदवारको हारको अपजस पनि उनकै थाप्लोमा आइलागेको छ । त्यसैले अन्य उम्मेदवार पार्टीको हारपछि निराश भएका कार्यकर्तालाई भेट्दै, मतदातालाई आभार प्रकट गर्दै हिँडिरहँदा सिटौला भने काठमाडौं गइसकेका छन्..

पुरा पढ्नुहोस् »

चुनाव जितेपछि झापा पुगेका ओलीले भने, ‘प्रतिपक्षलाई सम्मान गर्दै देश बनाउन अघि बढ्छौँ’ Monday, December 11th, 2017

झापा ,२५ मंसिर  । नयाँ निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेर सरकारको नेतृत्व गर्ने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षको विश्वास जितेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएको प्रमाणपत्र बुझ्न र बिजय र्‍यालीलाई सम्बोधन गर्न झापा पुगेका ओलीले कांग्रेसको नाम नलिई प्रतिपक्षसँग सम्मानपूर्ण व्यवहार हुने बताए..

पुरा पढ्नुहोस् »

कांग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट Tuesday, November 28th, 2017

झापा ,१२ मंसिर। झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली कांग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घर पछाडि सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबारराति करिब १२.४५ को समयमा भएको सो विस्फोटबाट कुनै पनि क्षति नभएको र शंकास्पद एकजनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जितेन्द्रकुमार..

पुरा पढ्नुहोस् »

चितुवाको आक्रमणले प्रहरीसहित चार घाइते, एकको अवस्था गम्भीर Thursday, November 23rd, 2017

झापा ,७ मंसिर । झापामा चितुवाको आक्रमणका कारण एक प्रहरीसहित ४ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । शिवसताक्षी नगरपालिका–५ भेलामुनीस्थित धानबारीमा लुकेर बसेको चितुवाले बुधबार अपरान्ह ४ बजेतिर धानकाट्ना गएका स्थानीयमाथि आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट प्रहरी जवान युवराज थापासहित स्थानीय ४५ वर्षीया गीता खरेल शिवाकोटी, शिवसताक्षी–५ का..

पुरा पढ्नुहोस् »

केपी ओलीको भन्दा एक भोट बढि मेरो – डां खगेन्द्र पाण्डव अधिकारी Friday, November 10th, 2017

भूमिराज पराजुली दमक २४   कार्तिक  । आसन्न प्रदेश र प्रतिनिधी सभाको चुनावमा नेपाली कांग्रेसका तर्फवाट झापा क्षेत्र नं ५ वाट प्रतिनिधी सभाको उम्मेद्वारी दिनु भएका पूर्व प्रध्यापाक समेत रहनु भएका डां खगेन्द्र पाण्डव अधिकारीले प्रतिस्पध्री केपी शर्मा ओलीको भन्दा आफ्नो मत बढि भएको दावि गर्नु भएको छ । यस क्षेत्रको स्थानिय नागरिक र अहिले पनि आफ्नो घर तथा बसोवास यहि..

पुरा पढ्नुहोस् »