डोल्पा समाचार


‘मतदान केन्द्र कब्जा गरी जबरजस्ती भोट हाल्न लगाइयो’ Thursday, November 30th, 2017

डोल्पा  १४ मङ्सिर । नेपाली काँग्रेस डोल्पा जिल्ला कार्यसमितिले माथिल्लो डोल्पाका चार स्थानीय तहका मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन माग गरेको छ।   बुधबार सदरमुकाम दुनैमा आयोजित पत्रकार सम्मलेनमा काँग्रेसले माथिल्लो डोल्पामा पर्ने छार्काताङ्सोङ, डोल्पो बुद्ध, शे-फोक्सुन्डो गाउँपालिका र तल्लो डोल्पाको काइके गाँउपालिका तथा त्रिपुरा सुन्दरी..

पुरा पढ्नुहोस् »

यसरी भएको थियो हुम्लाकाे सिमकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटना Tuesday, November 28th, 2017

हुम्ला, १२ मंसिर ।  सिमकोट विमान स्थलवाट सुर्खेतका लागि निर्वाचनमा आएका १३ जना सुरक्षाकर्मीको उडान गर्ने क्रममा सिमकोट विमान स्थलमा तारा एयरको ट्वीनीटर जहाजर दुर्घटना ग्रस्त भएको छ । नाईन एन एभिएम कल साईनको भएको तारा एयरको जहाज उड्ने क्रममा बाँया साईटको टायर पन्चर भए पछि विमान स्थलको दक्षिणी भागमा दुर्घटना भएको हो । जहाज दुर्घटना भए पछि जहाजमा सवार चालक दलका सदस्य सहित..

पुरा पढ्नुहोस् »

झापाको कन्काई नगरपालिकामा अज्ञात रोगका कारण दुई जनाको मृत्यु,सात जना सिकिस्त Sunday, October 1st, 2017

झापा  १५ असोज । झापाको कन्काई ४ टेक्रामा अज्ञात रोगका कारण दुई जनाको मृत्यु भएको छ । अन्य सात जना सिकिस्त छन् । मृत्यु हुनेमा २३ वर्षीय नारायण ऋषिदेव र २४ वर्षीय वसन्ती ऋषिदेव छन् । बिरामी परेका अन्यलाई आइतबार दिउँसो कन्काई नगरका मेयर राजेन्द्र पोखरेलसहितको टोलीले भद्रपुरस्थित मेची अञ्चल अस्पताल पुर्‍याएको छ । मेयर पोखरेलका अनुसार अधिकांशमा टाउको दुख्ने, ज्वरो आउने र..

पुरा पढ्नुहोस् »

परिचय फेर्दै कर्णाली राजमार्ग, घट्दै सवारी दुर्घटना Wednesday, August 24th, 2016

काशी पोख्रेल बाँके ८ भदौ । मृत्यु मार्गले आफ्नो छवि बिगारेको कर्णाली राजमार्गमा पछिल्ला बर्ष सवारी दुर्घटनामा कमी आएको छ । यो सँगै कर्णाली राजमार्गले आफ्नो परिचय बदल्दै छ । हरेक वर्षझैं ठुला सवारी दुर्घटनामा थुप्रै नागरिकले अनाहकमा ज्यान गुमाउनु परेका समाचारले यो सडकमा यात्रा गर्ने यात्रु त्रसित बनेका थिए । पछिल्ला तीन वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने सवारी..

पुरा पढ्नुहोस् »

कर्णालीमा खडेरी, अनाज भन्दा बढी पानीको अभाव भयो Thursday, April 7th, 2016

कर्णाली २५ चैत   । पुस्तौदेखि प्रयोग गर्दै आएको पानीको मूल सुकेपछि मुगुको रारा गाविस मुर्मा गाउँका बासिन्दा चर्को समस्यामा छन् । करिब ७० घरधुरी रहेको यो गाउँका बासिन्दालाई खानेकुरा भन्दा घरलाई एक गाग्री पानी लिन रातभर जाग्राम बस्नुपर्छ । “कहिल्यै नसुकेको पानीको मुहान यसपटक सुकेपछि गाउँनै काकाकुल भएको छ,” स्थानयि धनसिंह रोकायाले भने । रुगा गाविसका डेढ सय दलित परिवारलाई..

पुरा पढ्नुहोस् »

डोल्पा जिल्लालाई विकासको धारमा ल्याउनु पर्दछ – के पी शर्मा ओली Wednesday, January 27th, 2016

 काठमाडौं माघ १३ । प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालमा पछाडी परेको डोल्पा जिल्लालाई विकासको मुल धारमा ल्याउने पर्ने बताउनु भएको छ । डोलपा जिल्लावाट दत्त बहादुर रोकायाको नेतृत्वमा आएको एमोले प्रतिनिधि मण्डलसंगको भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । यसैगरी प्रधानमन्त्री ओलीले यासागुम्बा लगायत विभिन्न मुल्यवान औषधीहरुको खानी कर्णाली अन्चलको..

पुरा पढ्नुहोस् »

डोल्पामा ६० पर्यटक सहित १०० बेपत्ता Friday, October 17th, 2014

डोल्पा, असोज ३१ गते । हिमपातमा परी माथिल्लो डोल्पा घुम्न गएका ६० जना विदेशीसहित झण्डै एक सय पर्यटक बिहीबार साँझसम्म सम्पर्कविहीन छन् । उपल्लो डोल्पा पुगेका १० वटा पर्यटक समूह मंगलवारदेखिको हिमपातमा परेका हुन् । उनीहरुमध्ये १७ सदस्यीय एक समूह बिहीबार दिउँसो सम्पर्कमा आएपछि अरु बेखबर रहेको खुलेको सीजी ट्रेकिङ स्टोरका हिम थापाले बताए ।हाम्रो सम्पर्कबाट गएका यी समूह..

पुरा पढ्नुहोस् »

डोल्पामा चिसोले एक जनाको मृत्यु Saturday, June 21st, 2014

मनिष खड्का रुकुम असार ७ गते । डोल्पामा यार्सागुम्बा संकलनका लागी गएका एक जना को चिसोका कारण मृत्यू भएको छ । यार्सा संकलन गर्न माथिल्लो डोल्पाको धो गाविसको कलाङग पाटनमा गएका रग्दा ४ जाजरकोटका २७ वर्षीय नर बहादुर रोकायाको मृत्यु भएको छ । चिसोले बिमारी भई उपचारको लागी जिल्ला अस्पताल दुनै लैजादै गर्दा उँहाको वाटोमै ज्यान गएको प्रहरीले वताएको छ । डोल्पा जिल्लाका बिभिन्न..

पुरा पढ्नुहोस् »

चार करोडको यार्सागुम्वा र नगद लुटपाट Friday, June 20th, 2014

डोल्पा असार ६ गते । डोल्पाको फोक्सुण्डो गाविसको नाउरे पाटनमा करोडौंको लुटपाट भएको छ । यार्सागुम्बा संकलन गर्न नाउरे पाटनमा गएका व्यापारी र सर्वसाधारण राति सुतिरहेको पालबाट १२ जना हतियारसहित आएका लुटेराको समूहले चार करोड बराबरको नगद र संकलन गरेको यार्सागुम्बा लुटेर लगेको प्रहरीले बताएको छ । राति सुतिरहेका बेलामा एक्कासी पालमा पसी ‘तिमीहरु सबै घोप्टो पर, नत्र गोली हान्छु’..

पुरा पढ्नुहोस् »