धादिङ समाचार


ग्याँस बुलेट त्रिशुली नदीमा खस्यो, चालकको मृत्यु Friday, April 27th, 2018

धादिङ । गधादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै त्रिशुली नदीमा शुक्रबार बिहान ग्याँस बुलेट पल्टिदाँ चालकको मृत्यु भएको छ । काठमाडौं जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण..

पुरा पढ्नुहोस् »

खानेपानीको मुहानमै विषादी हालियो दुई पक्षीय विवादपछि Wednesday, March 21st, 2018

धादिङ– धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, कात्राकमा रहेको खानेपानीको मुहानमा विषादी भेटिएको छ । कात्राकका स्थानीयवासीले प्रयोग गर्दै आइरहेको मुहानमा मंगलबार बेलुकी विषादी मिसिएको हल्ला चलेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष तथा प्रहरीको टोली घटनास्थलमा पुगेका थिए । पैंतालीस घरधुरीले प्रयोग गर्दै आइरहेको खानेपानीको मुहानमा..

पुरा पढ्नुहोस् »

त्रिशूलीमा ट्रक खस्यो, एकजनाको मृत्यु Wednesday, December 6th, 2017

धादिङ,  २० मंसिर। पृथ्वी राजमार्गअन्तर्गत् मलेखुनजिकैबाट ट्रक त्रिशूली नदीमा खस्दा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अरु दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा मकवानपुर, मनहरिका सुरेश थोकर रहेका छन् । घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना६क ९०८७ नम्बरको ट्रक बुधबार बिहान त्रिशूली नदीमा खसेको जनाइएको छ..

पुरा पढ्नुहोस् »

काठमाडौँमा पड्काउने बम भारतबाट भित्रिँदै, पक्राउ परे दुर्इ भारतीय Friday, December 1st, 2017

धादिङ १५  । भारतबाट नेपालको राजधानी काठमाडौँसम्म विस्फोटक पदार्थ भित्र्याउने गरेको रहस्य खुलेको छ । काकडिभट्टा नाकाबाट यात्रु बसमा हालेर काठमाडौँ लाँदै गरेको अवस्थामा प्रेसर कुकर बम, सकेट बम र अन्य विस्फोटक पदार्थसहित दुर्इजना भारतीय धादिङमा पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो । काकडभिट्टाबाट काठमाडौं तर्फ आउँदै गरेको ना ७ ख ४९७६ नम्बरको यात्रुबाहक बसमा चेक जाँच..

पुरा पढ्नुहोस् »

कांग्रेसले कब्जा गरेको बुथमा सेना पुगेपछि मतदान सुचारु Sunday, November 26th, 2017

धादिङ १० मंसिर। धादिङको खनियाबास गाउँपालिकामा पर्ने झार्लाङको बेन्दिदेवी निर्वाचन बुथ कांग्रेसको कब्जाबाट सेनाले सहज बनाएको छ । बिहानै मतदान केन्द्रलाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले कब्जामा लिएपछि मतदान सुरु भएको थिएन । नेपाली सेनाको टोली बुथमा पुगेर स्थिति नियन्त्रणमा लिएपछि मतदान सुरु भएको स्थानीय प्रशासनले जनाएको छ । । बिहान मतदान..

पुरा पढ्नुहोस् »

एकाबिहानै वडाध्यक्षबाटै कुटिए कांग्रेसका स्थानीय नेता Friday, November 24th, 2017

धादिङ , ८ मंसिर । धादिङको नीलकण्ठ नगरपालिक–१४ धुवाँकोटमा नेपाली कांग्रेसका स्थानीय नेतामाथि आक्रमण भएको छ । नेपाली कांग्रेस धुवाँकोट गाउँसमितिका सभापति २६ वर्षीय सन्तोष बस्ताकोटीलाई वडा प्रमुख रोशन तामाङ्सहित ९ जनाको समूहले आक्रमण गरेको पीडितका परिवारले आरोप लगाएका छन् । बस्ताकोटीलाई शुक्रबार बिहान करिब पौने ६ बजे घरमै सुतेको बेला वडा प्रमुखसहितको टोलीले..

पुरा पढ्नुहोस् »

मदिराले मातेका स्वास्थ्यकर्मीले सहकर्मी महीलाको संम्देनशील अंगमा मुरासेपछि बबाल Tuesday, September 19th, 2017

काठमाडौं आश्विन ०३ ।    धादिङको निलकन्ठ नगरपालिकाका लेखा अधिकृत बलराम मरासीनीले जिल्ला अस्पताल धादिङकी एक स्वास्थ्यकर्मीलाई यौनजन्य हिंसा गरेका छन् । असोज १ गते राती करिब १० बजेतिर मदिरा सेवनगरी अस्पताल पुगेका मरासीनीले डीयुटीमा रहेकी महिला स्वास्थ्यकर्मीलाई यौनजन्य हिंशा गरेका हुन् । मदिराले मातेका उनले स्वास्थ्यकर्मीको संम्देनशील अंगमा हातपात गरेका थिए । ती..

पुरा पढ्नुहोस् »

दुईओटा माइक्रोबस ठोक्किँदा ९ जना घाइते, दुई गम्भीर Thursday, September 14th, 2017

धादिङ, भदौ २९ । पृथ्वी राजमार्गअन्तर्गत् धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ आठकिलामा बिहीबार दुईओटा माइक्रोबस एकापसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।   काठमाडौंबाट भैरहवा जाँदै गरेको लु१ज ३१५० नम्बरको माइक्रोबस र भैरहवाबाट काठमाडौंका लागि छुटेको लु१ज २७६१ नम्बरको माइक्रो आपसमा ठोक्किँदा दुर्घटना भएको हो । लु१ज २७६१ नम्बरको..

पुरा पढ्नुहोस् »

धादिङ्ग दुर्घटना, ३ जनाको मृत्यु, ३० जना घाइते, १६ जना काठमाडौँ रिफर (नाम लिस्ट सहित) Monday, May 29th, 2017

काठमाडौं  १५ जेठ  । धादिङको निलकन्ठ नगरपालिकास्थित वडा नम्बर १० गोलाभञ्याङ भन्ने ठाउँमा स्कुल बस दुर्घटनाहुँदा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ । दुर्घटनामा २९ जना घाइते भएको जिल्ला अस्पताल धादिङ्गले जनाएको छ ।   धादिङबेसीबाट त्रिपुरेस्वरको खहरे बजारतर्फ जाँदै गरेको ग १ ख ३४०५ नम्बरको बस दुर्घटनामा परेको हो ।   बस सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो ।..

पुरा पढ्नुहोस् »

कांग्रेसबाट चुनाब जितेका ज्वालामुखी गाउँपालिका अध्यक्ष माथि एमालेको आक्रमण Sunday, May 21st, 2017

धादिङबेसी ७  जेठ  । धादिङको ज्वालामुखी गाउँपालिका अध्यक्ष विनोद तिमिल्सिनामाथि सांघातिक आक्रमण भएको छ । आक्रमणबाट तिमल्सिनासहित सात जना घाइते भएका छन् । विजय जुलुसबाट फर्किरहेका बेला एमाले कार्यकर्ताहरुले घेरा हालेर आक्रमण गरेको घाइतेहरुले बताएका छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम धादिङबेसी ल्याइदै छ । कांग्रेस धादिङका सचिवसमेत रहेका तिमिल्सिना एमाले..

पुरा पढ्नुहोस् »

बिदेश पुगेका गैरनेपालीहरुको सहयोगमा विद्यालय भवन निर्माण Tuesday, December 13th, 2016

प्रकाश डोटेल स्याङ्जा, २८ मसिर ।   नेपालबाट रोजगारी तथा विभिन्न कामको सिलसिलामा बिदेश पुगेका गैरनेपालीहरुको आर्थिक सहयोगमा ६ कोठाको विद्यालय भवन निर्माण गरिएको छ । धादिङ् जिल्लाको सल्लानकोट गाविस–९ स्थित छापथोकमा विद्यालय भवन निर्माण गरिएको हो । २०७२ बैशाखमा गएको भुकम्पबाट पूर्ण रुपमा क्षती भएको नेत्रावती प्राथमिक विद्यालयको करिब ३ रोपनी जग्गामा भवन निर्माण गरिएको छ ।..

पुरा पढ्नुहोस् »