नवलपरासी समाचार


नवलपरासी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो, चारजनाको सनाखत Sunday, October 21st, 2018

नवलपरासी – अरुणखोलामा गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुर्घटनामा गुल्मीको हस्ती चउरका ३५ वर्षका तिलक विष्ट, सुनसरीका ३४ वर्षका अबुल अन्सारी, मोरङको सुन्दर हरैचाका ११ वर्षका सोहम कार्की र भारत विहारका ५० वर्षका विद्यानन्द यादवको ज्यान गएको प्रहरीले जनाएको छ । दुईजनाको परिचय खुल्न बाँकी छ । दुर्घटनामा पाँचजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा..

पुरा पढ्नुहोस् »

हिन्दू रास्ट्रका निम्ती मधेसका शक्तिपीठहरुमा परिसदका केन्द्रीय अध्यक्ष पटेल पूजपाठ गर्दै Monday, August 20th, 2018

बिरगंज - हिन्दू परिसद नेपालको केन्द्रिय अध्यक्ष संतोष पटेल नेपाल लाई पुनःहिन्दू रास्ट्र घोषणा गराउनको लागी मधेसका शक्तिपीठहरुमा बिशेष पूजपाठ गरेका छन।५ दिने मधेस भर्मनको क्रममा झापा,मोरंग,सुनसरी,सप्तरी,सिरहा,रौतहट जिल्लामा रहेको काली मन्दिर, पंचमुखी हनुमान मन्दिर,सत्यनारायण मन्दिर,कंकालिनी मन्दिर,राजदेवी मन्दिर, नुनधर महादेव मन्दिरमा पूजपाठ गरेका थिए।साथै हरेक..

पुरा पढ्नुहोस् »

ज्यान मार्ने धम्की गाउँपालिकाका अध्यक्षलाई Tuesday, January 30th, 2018

नवलपरासी, १६ माघ नवलपरासी बर्दघाट सुस्ता पश्चिम पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ । एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उनले जानकारी दिए । बेलुकाको समयमा फोनमा धम्की दिने व्यक्तिको स्वर एउटै भएको समेत गुप्ताको भनाइ छ । पैसाका लागि धम्की दिएको हुन..

पुरा पढ्नुहोस् »

नेपाल—भारत सीमामा संयुक्त सुरक्षा गस्ती Thursday, December 21st, 2017

नवलपरासी,६ पुस  । । नवलपरासी पश्चिमस्थित नेपाल—भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ । नवलपरासीमा सीमा सुरक्षाको लागि नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका सुरक्षाकर्मीले बुधबार संयुक्त गस्ती गरेका हुन् । संयुक्त गस्ती टोलीले सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र..

पुरा पढ्नुहोस् »

एउटै क्षेत्रबाट तीन पूर्वराज्यमन्त्री चुनावी प्रतिस्पर्धामा Wednesday, November 29th, 2017

नवलपरासी,१३ मंसिर । नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन्। तीमध्ये निर्वाचन क्षेत्र नं २ बाट मात्र तीन पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन्। दोश्रो चरणअन्तर्गत मंसिर २१ गते हुने यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा रहेको देखिन्छ। दुईवटा..

पुरा पढ्नुहोस् »

नवलपरासीमा स्कुल बस दुर्घटना, ४ जना गम्भीर घाइते, ४७ जनाको उद्धार Friday, November 10th, 2017

नवलपरासी २४ कार्तिक । चितवनबाट नवलपरासी हुँदै लुम्बिनी भ्रमणमा हिंडेको स्कुल बस नवलपरासीको रामग्राम नगरपालिकास्थित सुक्रौलीमा दुर्घटना भएको छ । शुक्रबार बिहान साढे आठ बजेतिर भरतपुर महानगरपालिकास्थित देवज्योती निमाविका विद्यार्थी सवार ग १ ख ३१८९ नम्बरको बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । अन्य ४७ जना सामान्य घाइते भएका छन् । गम्भीर घाइते ४ जनाको चितवनस्थित..

पुरा पढ्नुहोस् »

कांग्रेस हार्दा मुलुक र लोकतन्त्रले हार्ने : महामन्त्री कोइराला Monday, November 6th, 2017

नवलपरासी,२० कार्तिक । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसको विजय सुनिश्चित रहेको दाबी गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता) पूर्व निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका डा.कोइरालाले आइतबार नवलपरासीकोे दलदलेमा पार्टीद्वारा आयोजित अगुवा कार्यकर्ताहरुको भेलालाई..

पुरा पढ्नुहोस् »

कांग्रेसले चुनाव जित्नै पर्छः महामन्त्री डा. कोइराला Saturday, November 4th, 2017

नवलपरासी, १८ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोइरालाले नेपाली कांग्रेसले जुनसुकै हालतमा पनि आसन्न प्रतिनिधि र प्रदेश सभाको चुनाव जित्नुपर्ने टिप्पणी गर्नुभएको छ । बर्दघाट सुस्ता पूर्वको नवलपुर को निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा उठेका महामन्त्री कोइरालाले आज गैँडाकोटमा आयोजीत चुनाव लक्षीत चियापान कार्यक्रममा बोल्दै जुनसुकै..

पुरा पढ्नुहोस् »

नारायणीमा डुबेर दुईजना बेपत्ता, खोल्सामा डुबेर एकको मृत्यु Thursday, October 5th, 2017

नवलपरासी, १९ असोज । नवलपरासीको कावासोतीमा नारायणी नदीले बगाउँदा दुईजना बालक बेपत्ता भएका छन् । कावासोती–११ लौगाई घाटमा पौडी खेल्ने क्रममा बुधबार दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा स्थानीयवासी १० वर्षीय सुमन महतो र ८ वर्षीय सुसन महतो रहेको प्रहरीले जनाएको छ । बेपत्ताको स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा खोजी जारी छ । पौडी खेल्न गएका उनीहरु एकाएक..

पुरा पढ्नुहोस् »

नवलपरासीमा कपडा तस्कर र सुरक्षाकर्मीबीच झडप, कर्मचारी र प्रहरी भागे Sunday, September 24th, 2017

नवलपरासी, ९ असोज । नवलपरासीको सीमावर्ती नाका महेशपुरमा कपडा तस्कर र सुरक्षाकर्मीबीच झडप भएको छ । भारतीय बजार ठूठीबारीबाट भन्सार छलेर ल्याउँदै गरेको कपडा राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलको टोलीले बरामद गर्नेक्रममा तस्कर र सुरक्षाकर्मीबीच झडप भएको हो । तस्करहरुले स्थानीयलाई प्रयोग गरेर टोलीमाथि जाई लागेका थिए । त्यसपछि कर्मचारी र सुरक्षाकर्मी..

पुरा पढ्नुहोस् »

बस्तीमा गोही आएपछि उद्धार Wednesday, September 13th, 2017

नवलपरासी , असोज २८ । नवलपरासीको कावासोती  नगरपालिका  –७,  साढमा बुधबार  गरिएको छ  । बस्ती नजिक फेला परेको गोहीलाई उद्धार गरेर नारायणी नदीमा छाडिएको हो । मुसहर समुदायले सामुहिक रुपमा माछा पालन गरेको पोखरीमा स्थानीयले  गोही  देखेपछि चितवन राष्ट्रिय निकुञ्ज लौखानी  रेञ्ज पोष्टका रेन्जर सुशील झालाई खबर गरेका थिए । रेन्जर झाको रोहबरमा गोहीलाई  समातेर ट्याक्टरमा राखेर नारायणी..

पुरा पढ्नुहोस् »