बाँके समाचार


‘दलगत स्वार्थका ट्रेड यूनियन खारेज गर्नुपर्छ’ Tuesday, March 27th, 2018

बाँके । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही हुने बताइरहेको बेला नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पनि त्यसमा साथ दिनुभएको छ । ‘खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्नुपर्छ’ डा भट्टराईले मंगलबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै भन्नुभयो, दलगत स्वार्थका ट्रेड यूनियन खारेज..

पुरा पढ्नुहोस् »

रेलमार्गको अनुगमन गर्न भारतीय टोली आएन Tuesday, March 13th, 2018

बाँके । रुपैडियादेखि कोहलपुरसम्मको रेलमार्ग निर्माण अध्ययनका लागि आउने भनिएको भारतीय रेल विभागका कर्मचारी सोमबार साँझसम्म नेपालगन्ज आएका छैनन् । नयाँ पत्रिकामा समाचार छ । भारतीय रेल विभागका कर्मचारीले जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्र पठाएर १२ मार्चका दिन रेलमार्ग अध्ययनका लागि नेपालगन्ज आउने जानकारी गराएका थिए । तर, सोमबार अपराह्न ५ बजेसम्म पनि भारतीय टोली..

पुरा पढ्नुहोस् »

वाम गठबन्धनका कारण कांग्रेस अतालियोः महरा Tuesday, November 7th, 2017

बाँके ,२१ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता एवं मन्त्री कृष्णबहादुर महराले वाम गठबन्धनका कारण नेपाली कांग्रेस अतालिएको बताउनु भएको छ । उहाँले एमाले तथा माओवदी केन्द्रका नेता कार्यकर्तालाई निर्वाचनमा कटिबद्ध भएर लाग्न निर्देशन दिँदै निर्वाचन भाँड्नका लागि आन्तरीक तथा बाह्य शक्ति केन्द्रहरु लागिपरेको बताउनु भयो । नेपालगन्जमा संयुक्त वाम गठबन्धन भेलालाई सम्बोधन..

पुरा पढ्नुहोस् »

भन्सार छली गरी नेपालगन्ज भित्राइएका ३० लाखको सामान बरामद Sunday, October 29th, 2017

बाँके ,१२ कार्तिक । संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले भन्सार छलि गरी नेपालगन्ज भित्राइएको ३० लाख रुपैयाँ बराबरको मेसिनरी सामान बरामद गरेको छ । युपी ३६ टी ७३०७ नम्बरको भारतीय ट्रकमा भन्सार छली गरी नेपालगञ्ज ल्याइँदै गरेको सुचनाको आधारमा प्रहरीले करिब ३० लाख रुपैयाँ पर्ने मेसिन र त्यसमा प्रयोग हुने सामग्री बरामद गरेको हो । संघीय प्रहरी इकाई कार्यालय नेपालगञ्जका..

पुरा पढ्नुहोस् »

अस्थायी छाप्रोमा बसिरहेका बाढीपीडितलाई छाकको भन्दा जाडोको चिन्ता Friday, October 27th, 2017

बाँके, १० कार्तिक । अस्थायी छाप्रोमा बसिरहेका राप्ती–सोनारी गाउँपालिका टिकुलीपुरका बाढीपीडितलाई चिसो बढेसँगै रात गुजार्न मुस्किल परेको छ । अस्थायी रुपमा बनाएको छाप्रो र सरकारले दिएको त्रिपालले शीत छेक्न छाडेपछि चिसोमा रात गुजार्न मुस्किल परेको बाढीपीडितको गुनासो छ । नयाँ पत्रिकामा समाचार छ। त्रिपालबाट शीत चुहिन र स्याउलाले बनाएको छाप्रोले हावा र शीत छेक्न नसक्दा..

पुरा पढ्नुहोस् »

नेपालगंजमा ‘नेपाल फोटो प्रर्दशनी’ सुरु Wednesday, April 26th, 2017

                           नेपालगंज, १३ बैशाख  । नेपाली फोटोपत्रकारिता दिवसको अबसरमा ‘ नेपाल फोटो प्रदर्शनी यात्रा ’ नेपालगंज आईपुगेको छ ।  बैशाख १३ गतेलाई नेपाली फोटो पत्रकारहरुले फोटोपत्रकारीता दिवस मनाउदै आएका छन् । यसै अबसरमा फोटो पत्रकार क्लब (पिजे क्लब)ले अन्तराल मिडीयाको सहकार्यमा आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ठ तस्बिरहरुको प्रदर्शनी..

पुरा पढ्नुहोस् »

स्थानीय निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई सभापति देउवाको निर्देशन Tuesday, January 24th, 2017

कोहलपुर (बाँके), ११ माघ - नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचनका लागि तयारी गर्न नेपाली काँग्रेस बाँकेलाई निर्देशन दिनुभएको छ ।   नेपाली काँग्रेसका सर्वमान्य नेता तथा लौहपुरुष स्वर्गीय गणेशमान सिंहको पूर्ण कदको सालिक अनावरण गर्न बाँके आउनुभएका काँग्रेस सभापति देउवाले नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाँकेले..

पुरा पढ्नुहोस् »

नेपालगन्जमा खुलेन सुपथ पसल Tuesday, September 20th, 2016

  काशी पोख्रेल बाँके, ०४ असोज । सरकारले शनिवारदेखि देशका मुख्य सहर तथा जिल्ला सदरमुकाम हरुमा सुपथ मूल्यको पसल सञ्चालन गर्ने निर्णय गरे पनि नेपालगन्जमा भने सञ्चालन हुन सकेन । दसैं तथा तिहारका समयमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सुपथ मूल्यका पसल सञ्चालन गर्ने निर्णय गरेको हो । साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानको समन्वयमा सस्तो उपभोग्य..

पुरा पढ्नुहोस् »

दशैंका लागि बोका किन्दै हो ? पख्नुस् !

काशी पोख्रेल बाँके, ०४ असोज । दशैंलाई लक्षित गरेर पशु क्वारेन्टाइन चेकपोष्ट नेपालगन्जले खसीबोकाको स्वास्थ्य परिक्षणलाई तीब्र पारेको छ । नेपालगन्ज पशु क्वारेन्टाईन चेकपोष्ट प्रमुख डा. शंकर पाण्डेका अनुसार अस्वस्थ रोगी खसीबोकाबाट अरु खसी बाख्रामा थुप्रेै रोग सर्न सक्ने भएकाले स्वास्थ्य परिक्षणलाई तीब्र पारिएको हो । रोगी पशुबाट मानिसमा समेत कैयौं जुनोटिक रोगहरु सर्न..

पुरा पढ्नुहोस् »

बाँकेमा डरलाग्दो र भयावह बन्दै आत्महत्या Wednesday, August 24th, 2016

काशी पोख्रेल बाँके,  ८ भदौ ।  नेपालगन्ज उपमहानगरपालिका–१६ वेलासपुरमा बस्दै आएका ५५ वर्षीय सोमबहादुर कार्कीले आफैले आफ्नो देह त्याग गरे । चितवन स्थायी घर भएका कार्की केहीवर्ष अघिदेखि नेपालगन्जमा डेरा लिएर बस्दै आएका थिए । साउन १ गते विहान करिव पाँच बजे उनले वाटरपार्कमा निर्माणाधिन मुल गुटमा झुन्डिएर देह त्यागे । लागुऔषध प्रयोगकर्ता कार्की पैसा अभावमा चोरीडकैतीमा पनि..

पुरा पढ्नुहोस् »

नेपालगन्जमा बस्दै आएकी एक बालिका आफ्नै डेराभित्र बलात्कृत

काशी पोख्रेल बाँके, ८ भदौ ।  अध्ययनका लागि नेपालगन्जमा बस्दै आएकी एक बालिका आफ्नै डेराभित्र बलात्कृत हुनु परेको छ । बाँकेको ग्रामिण क्षेत्रमा स्थायी घर भई सदरमुकामस्थित नेपालगन्ज–५ गणेशपुरमा अस्थायी रुपमा बस्दै आएकी १४ बर्षिया बालिका आइतबार राती बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक भिमकिरण बोगटीका अनुससार जाजरकोट, भेरीमालिका..

पुरा पढ्नुहोस् »