बागलुङ समाचार


बागलुङमा शालिग्राम संग्रालय बन्दै, अब दश हजार शालिग्राम एकै ठाँउमा Saturday, August 18th, 2018

माधब पराजुली, पोखरा । बाग्लुङको कुँडुले फेदीमा कालिगण्डकी नदिमा मात्र पाईने शालिग्राम संग्रालय निर्माण हुने भएको छ । हजारौँ बर्ष देखि पुजित रुपमामा रहेको सर्वमान्य देवरुपी शालिग्राम बिभिन्न प्राकृतिक र अतिक्रमणका कारण लोपन्मुख अवस्थामा पुगेपछी यसको संरक्षणको लागी संग्रालय बनाउन लागिएको हो । ४ करोडको लागतमा दश हजार शिला शालिग्राम राखिने गरि स्वामी श्रीधराचार्य..

पुरा पढ्नुहोस् »

बागलुङ शिसाखानी मेडिकलमा मासिक रुपमा विशेषज्ञ सेवा सुरु Sunday, August 5th, 2018

कमल पौडेल बागलुङ । शिसाखानी मेडिकल हल बडिगाड गाउँपालिका वडा नं. २ हाँडिखोलाले विशेषज्ञ डाक्टर सहितको सेवा सुरु गरेको छ। मेडिकलले विरामीहरुको लागि निशुल्क सुगर परीक्षण गर्दै सो सेवाको सुरु गरेको हो। प्रत्येक महिना कम्तिमा एक विशेषज्ञ डाक्टरको सेवा दिने जनाएको मेडिकलमा शनिवार मेट्रोसिटि हस्पिटल पोखराका जनरल फिजिसियन डा. सचिन ढकाल, ल्याव टेक्नोलोजिष्ट सुमन वुढा लगाएतको..

पुरा पढ्नुहोस् »

बाख्रापालनबाट एक करोड आम्दानी Monday, July 30th, 2018

बागलुङ- काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले बाख्रापालनबाट वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गरेका छन् । व्यावसायिक रुपमा बाख्रापालन गर्दैआएका किसानले गत आवमा मात्र ९२५ खसीबोका बिक्री गरी रु ८६ लाख आम्दानी गरेका छन् । उनीहरुले सप्तरंगी सामाजिक उद्यमी महिला विकास सहकारी संस्थामार्फत ती खसीबोका बिक्री गरेका हुन् । यस्तै वसन्त सामाजिक उद्यमी महिला विकास सहकारी..

पुरा पढ्नुहोस् »

पर्वतःखाजा पकाउने क्रममा आगलागी हुँदा बालकको मृत्यु |Merojilla.Com| Sunday, July 29th, 2018

फलेवास, पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारस्थित डिमुवाका एक बालकको खाजा पकाउने क्रममा आगालागी हुँदा ज्यान गएको छ । स्थानीयवासी लोकेन्द्रजंग लामिछानेका ११ वर्षीय छोरा एन्जलजंग लामिछानेको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको हो । चाउचाउ पकाउने क्रममा एक्कासि सल्किएको आगोले पोलिएर घाइते भएका लामिछानेको उपचारका क्रममा काठमाडाँैको कीर्तिपुर हस्पिटलमा..

पुरा पढ्नुहोस् »

पानीले बागलुङ राक्सेका १२ घर जोखिममा, २ घर विस्थापित Saturday, July 21st, 2018

कमल पौडेल बागलुङ ०५ साउन  ।  गय राति परेको अविरल वर्षा र माथि वाट आएको खोल्साको भल तथा त्यसले कटान गरेको क्षेत्रले बडिगाड गाउँपालिका वडा नं. २ राक्से तथा काँडेरुखका १२ घर जोखिममा परेका छन् भने २ घर परिवार विस्थापित भएको छ। काँडेरुख कि सिता वन र राक्सेका अम्मर वहादुर वि.क.को परिवार विस्थापित भएको हो। त्यस्तै ढालेन्द्र वन, गोविन्द अधिकारी, दुर्गा अर्याल, प्रेम थापा, जुना विक, विर..

पुरा पढ्नुहोस् »

पहिरो पिडितको पिडामा मलम लगाउँदै सांसद गिरी Thursday, July 19th, 2018

पर्वत । पहिरोले घर बगाउँदा घाइते भएका जिल्लाको जलजला गाउँपालिका वडा न ७ धाइरिङका घाइतेहरुलाई प्रतिनिधि सभा सदस्य पदम गिरीले भेटघाट गरेका छन । पहिरोमा परी घाइते भएका नारायणी आचार्य, भिमलाल आचार्य र तुलसीदेवी आचार्यलाई गिरीले भेटेर सरकारको तर्फबाट घाइतेहरुको उपचारमा कुनै कमी नराख्ने प्रतिबद्धता ब्यक्त गरेका हुन । अविरल बर्षातका कारण रातको समयमा आएको पहिरोका कारण उनीहरु..

पुरा पढ्नुहोस् »

बागलुङ:युवा उद्यमीलाई अनुदान

बागलुङ- उद्यममा लागेका दश युवाले बडीगाड गाउँपालिकाबाट जनही रु एक लाख ४० हजारका दरले अनुदान पाएका छन् । युवा लक्षित कार्यक्रमअन्तर्गत ती युवाहरुलाई अनुदान दिइएको हो । अनुदान पाएका युवाले रु ७० हजार थप गरी कूल रु दुई लाख १० हजार बराबरको लगानी गरेका छन् । वडा कार्यालयको सिफारिश र गाउँपालिकामा आएको प्रस्तावका आधारमा ती युवा छनोटमा परेका थिए । अनुदान पाउनेमा वडा नं १ का टीका..

पुरा पढ्नुहोस् »

मध्यपहाडि लोकमार्गको गल्कोट अर्लेखोलामा जिप दुर्घटना पत्रकार उजिर मगर सहित ४ जनाको अवस्था गम्भिर 

कमल पौडेल बागलुङ (खर्वाङ) - मध्यपहाडि लोकमार्ग अन्तरर्गत गल्कोट नगरपालिका वडा नं. ११ अर्ले खोलामा वुधवार साँझ यात्रुवाहक जिप दुर्घटना हुँदा पत्रकार उजिर मगर सहित १४ जना घाइते भएका छन्। बागलुङ बाट वुर्तिवाङ तर्फ जाँदै गरेको ध १ ज १४९ नं. को जिप मा सवार १४ जना नै घाइते भएको र ४ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ। प्रहरीका अनुसार ढोरपाटन..

पुरा पढ्नुहोस् »

जापानवाट सुमन र संगिताले ए–प्लाष्टिक एनिमिया रोगबाट ग्रसित पत्रकार राना बचाउँन आर्थिक सहयोग गरे । Wednesday, July 18th, 2018

पर्वत । पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय राना ए–प्लाष्टिक एनिमिया रोगबाट ग्रसित भई काठमाडौ स्थित सिभिल अस्पतालमा उपचाररत छन् । उपचारमा सहयोग गर्ने धेयले पर्वतमा पछिल्लो केहि बर्ष पत्रकारीतामा त्रियाशिल रहेर कामगरेका पत्रकारद्धय संगिता के.सी र सुमन थापाले आर्थिक सहयोग गरेका छन् । दुवैले रानाको सुवास्थ्य लाभको कामना गर्दै १० हजार १ रुपयाँ कार्यरत्त क्षेत्र..

पुरा पढ्नुहोस् »

धौलागिरी अन्चल अस्पतालको कमजोरीका कारण एक बिरामीको मृत्यु

पर्वत । धौलागिरी अन्चल अस्पतालको कमजोरीका कारण एक बिरामीको ज्यान गएको छ । सामान्य वान्ता हुने र छाती दुख्ने समस्या लिएर अस्पताल पुगेकी बागलुङ नगरपालिका–३ की ५२ बर्षिय लक्ष्मी सापकोटाको अस्पताल व्यवस्थापनको कमजोरीका कारण ज्यान गएको हो । आईतवार विहान अस्पताल पुगेर आकस्मिक कक्षमा भर्ना भएकी सापकोटालाई अस्पतालको मेडिकल टिमले समय दिन नसकेका कारण ज्यान गएको मृतकका देवर हरि..

पुरा पढ्नुहोस् »

बाग्लुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु Tuesday, June 26th, 2018

बाग्लुङ – सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोटको लुरुङमा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ । वर्षासँगै घरमाथिको पहाडबाट खसेको पहिरोले राति १२ बजे स्थानीय विष्णुबहादुर क्षेत्रीको घर पुरिएको हो । घर पहिरोले पुरिँदा ४० वर्षीय विष्णुबहादर क्षेत्री, उनकी ३५ वर्षीय श्रीमती विष्णु क्षेत्री र ३ महिनाकी छोरी सोनिया क्षेत्रीको..

पुरा पढ्नुहोस् »