बैतडी समाचार


एकल पुरुषलाई पनि भत्ता ! Friday, August 24th, 2018

बैतडी - बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ । । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् । उनले भनिन, “६० बर्ष नाघेका बृद्धहरु समस्यामा परिरहेको गुनासो ब्यापक आउने गरेको छ, त्यसैले नगरकार्यपालिकाबाट ६०..

पुरा पढ्नुहोस् »

महाकाली नदी तर्न ट्युबकै भर Thursday, March 8th, 2018

बैतडी । महाकाली नदी किनारका बासिन्दा अझै पनि ट्युबकै भरमा नदी तर्न बाध्य छन् । झोलुंगे पुलसमेत नहुँदा दशरथचन्द नगरपालिकाको सेरा, तिरखडेनी, सिम्तडीलगायत क्षेत्रका बासिन्दा ट्युबबाटै जोखिमपूर्ण रूपमा नदी तनुर्परेको हो । अन्नपूर्ण पोस्ट्मा समाचार छ । ‘दैनिक उपभोग्य सामग्री र औषधिका लागि भारतीय बजारकै भर छ’, दशरथचन्द नगरपालिका–६ का दानसिंह कार्कीले भने, ‘महाकाली नदीमा..

पुरा पढ्नुहोस् »

बैतडीको कष्ट Wednesday, February 7th, 2018

बैतडीको सुर्नया गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिनका लागि स्ट्रेचरमा विरामी बोकेर ल्याइदै । जिल्लाका विकट गाउँहरूमा स्वास्थ्य सेवा लिन स्थानीयले कष्ट सहेर सदरमुकाम पुग्नु पर्छ । राससका यी तस्बिरमा हेर्नुस् स्वास्थ्य शिविरका अन्य झलकहरूः तस्वीरः विनोदसिंह विष्ट, बैतडी, रासस ..

पुरा पढ्नुहोस् »

शून्यबिन्दुबाट सडक निर्माण गर्नुपर्ने माग राख्दै नारा जूलुस सहित बजार बन्द Wednesday, December 27th, 2017

सम्राट सिंह बझाङ १२ पौष  । चैनपुर बजारका व्यापारीहरुले शून्य बिन्दुबाट सडक निर्माण गर्नुपर्ने माग राख्दै नारा जुलुस सहित बजार बन्द गरेका छन । जयपृथ्वी नगरपालिकाले शुन्य बिन्दुबाट सडक निर्माण नगरी जथाभाबी टिनका पसलमा डोजर लगाएपछि व्यापारीहरुले आन्दोलित भएर नारा जूलुस सहित चैनपुर बजार बन्द गरेका हुन । आज चैनपुरका व्यापारीहरुले शुन्यबिन्दुबाट सडक निर्माण गर्न तथा..

पुरा पढ्नुहोस् »

यो कस्तो समाज बैतडीमा बालविवाह रोके बोको बलि दिने धम्की Sunday, October 15th, 2017

बैतडी, २९ असोज  । बालविवाह न्यूनिकरणको अभियानमा लागेका किशोरीविरुद्ध बोकाको बलि दिने धम्की आउन थालेको छ । बालविवाह रोकेमा मन्दिरमा बोकाको बलि दिने स्थानीयको धम्की आउने गरेको सुर्नया गाउँपालिका–५ शैलेश्वर चम्किला तारा किशोरीबृत्तकी सचिब जानकी चन्दले बताइन् । गाउँमा बालविवाह रोक्दा जसको विवाह रोकियो उसका अभिभावकले मन्दिरमा बोकाको बलि चढाउने धम्की दिने गरेको उनले..

पुरा पढ्नुहोस् »

पुलको नहुदाँ महाकाली नदी जोखिम मोलदै वारपार हुन्छ डुंगामा Sunday, September 10th, 2017

बैतडी,  २५  भदौ । महाकाली नदीमाथि पुल नहुँदा बैतडीको तल्लोसोराड क्षेत्रका स्थानीय बासिन्दा जोखिम मोलेर डुंगामा महाकाली नदी वारपार गर्न बाध्य भएका छन् । भारतीय सीमासँग नजिक भएका यहाँका स्थानीय विभिन्न कामका लागि भारतीय सीमावर्ती बजारमा जाने गर्दछन् । जोखिम मोलेर उनीहरु डुंगामा महाकाली नदी वारपार गर्ने गरेको स्थानीय वीरेन्द्र महताले जानकारी दिए । बैतडीको मेलौली..

पुरा पढ्नुहोस् »

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढ्दो Friday, September 8th, 2017

बैतडी । २३ भदौ  । घरमै सुत्केरी हुने पुरानो परम्परालाई छोड्दै बैतडीको ग्रामीण भेगका महिला पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या बढ्दै गएको हो । विगत ३ बर्षको तथ्याङ्कलाई हेर्दा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने..

पुरा पढ्नुहोस् »

दैलेखमा बस दुर्घटना हुँदा १० को मृत्यु Wednesday, June 14th, 2017

दैलेख ३१ जेठ । दैलेखको आठबिस नगरपालिका–४ नैनाल सडक खण्डमा आज बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य १८ यात्रु घाइते भएका छन् । कालिकोटको जितेगडाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख २९९८ नं को बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको हो । मृत्यु हुनेमा एक बालिका, सात पुरुष र दुई महिला रहेका घटनास्थलमा खटिनुभएका प्रहरी नायब निरीक्षक..

पुरा पढ्नुहोस् »

हावाहुरीले १९ विद्यालय भवनका छाना उडाउँदा रु ३६ लाख बराबरको क्षति Saturday, May 20th, 2017

बैतडी ६ जेठ  । हावाहुरीले १९ विद्यालय भवनका छाना उडाउँदा रु ३६ लाख बराबरको क्षति भएको छ । जिल्ला शिक्षा कार्यालयमा प्राप्त पछिल्लो तथ्याङ्कानुसार केही दिनअघिदेखि साँझपख वर्षासँगै आइरहेको हावाहुरीले ती विद्यालयका छाना उडाउँदा पठनपाठन समेत प्रभावित बनेको छ । जिल्ला शिक्षा अधिकारी लालसिंह टेरका अनुसार जिल्लाको मेलौली नगरपालिकामा रहेको सुदर्शन मावि लिखोडा र..

पुरा पढ्नुहोस् »

नेपाली काँग्रेसबाट मेयर पदका आकांक्षी माथि कुटपिट Friday, April 21st, 2017

बैतडी  ८ वैशाख  । बैतडीको मेलौली नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका आकांक्षी ईश्वरदत्त भट्टमाथि साङ्घातिक कुटपिट भएको छ । गोठलापानीमा रहेको स्टार गेष्ट हाउसमा सुतिहेका बेला गएराति ११ बजेतिर भट्टमाथि कुटपिट भएको नेपाली काँग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए ।कुटपिटबाट भट्टको शरीरभरी घाउचोट लागेको छ भने देब्रे घुँडाको पाङ्ग्रा फुटेर टुक्राटुक्रा..

पुरा पढ्नुहोस् »

बैतडी को तल्लोस्वराडमा चितुवाको आक्रमण जारी स्थानिय बासी त्रसित Sunday, August 28th, 2016

महेश कलौनी बैतडी १२  भदौ  । बैतडी को तल्लोस्वराड मा नरभक्क्षी चितुवा ले शृङखला बद्ध रुपमा आक्रमण गर्न थालेपछी तल्लोस्वराड बासी त्रसित बनेका छन।   विगत चार वर्ष यता तल्लोस्वराड क्षेत्र का विशालपुर, पञ्चेश्वर, उदयदेव, कुलाउ, आमचौरा लगायत का गाविस का विभिन्न २३ जनाले नरभक्क्षी चितुवाको आक्रमण मा परि ज्यान गुमाई सकेका छन भने। 0८ जना घाइते भ्एका छन।गएको चार वर्ष को अवधिमा यो..

पुरा पढ्नुहोस् »