भक्तपुर समाचार


काभ्रेपलाञ्चोक:बग्यो हनुमन्ते पुल Thursday, May 31st, 2018

भक्तपुर| मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका जोड्ने निर्माणाधीन हनुमन्ते पुलको संरचना बाढीले भत्काएको छ । काभ्रेपलाञ्चोकको नाला तथा भक्तपुरका र ताथली, सुडाल र बागेश्वरीमा बुधबार राति परेको भीषण वर्षापछि आएको बाढीले मध्यपुरथिमी–४ तथा सूर्यविनायक–३ र ४ जोड्ने पुलको निर्माण र पिलर हाल्ने काम सकिएर यही जेठ १९ गते पुलको माथिल्लो भागको ढलान गर्न डण्डी बाँधेर ठीक पारिएको..

पुरा पढ्नुहोस् »

आमा छोरासहित सडक दुर्घटनामा तीनको ज्यान Thursday, May 24th, 2018

भक्तपुर । नरुनुस् न आमा, नरुनुस् न दादा ।” स्कुल पोशाकमै रहेकी बालिकाले भक्तपुर अस्पतालको चौरमा आफू रुँदै आफ्ना आफन्तको आँसु पुछिदिँदै गरेको देख्दा अस्पताल परिसरमा झुम्मिएकाको आँखा रसाएका थिए । दुर्घटनामा आमा र भाइ गुमाएकी लोकन्थलीकै ओम ज्ञान मन्दिरमा कक्षा १० मा पढ्ने १५ वर्षकी अनुजा घिमिरे स्कुलबाटै अस्पताल आएर रुँदै अरुलाई नरुन आग्रह गरेको देख्दा त्यहाँ नरुने कोही..

पुरा पढ्नुहोस् »

बसाइँसराइ रोक्ने व्यवस्था आवश्यक : नेता विजुक्छे Tuesday, May 22nd, 2018

भक्तपुर- नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँ सराइलाई रोक्ने व्यवस्था अत्यावश्यक रहेको बताउनुभएको छ । सोमबार भक्तपुर नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधिहरुको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै विजुक्छेले जथाभावी हुने बसाइँ सराइले समस्यानै समस्या निम्त्याएको बताउनुभयो । विजुक्छेले..

पुरा पढ्नुहोस् »

एसइई परीक्षामा चार लाख ८५ हजार सहभागी Thursday, March 22nd, 2018

भक्तपुर। माध्यमिक शिक्षा परीक्षा (एसइई) आज शान्तिपूर्ण रुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको छ। बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्ण रुपमा सञ्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए। पहिलो दिन बिहीबार अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ। यसवर्ष परीक्षामा अनिवार्य विषयतर्फ गणित..

पुरा पढ्नुहोस् »

निर्धारण भयो कक्षा ११ र १२ को परीक्षा केन्द्र,प्रश्नपत्र छापीदैं Thursday, March 15th, 2018

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ। परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले जानकारी दिए। बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थप गरेको छ। आगामी वैशाख १४ गतेदेखि शुरु हुने कक्षा १२ को..

पुरा पढ्नुहोस् »

सवारी लाइसेन्स अब सातै प्रदेशबाट Tuesday, January 9th, 2018

काठमाडौं, २५ पुस  । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने गरी आवश्यक प्रशासनिक संरचनाको खाका तयार पारेको छ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीले प्रदेश सरकार मातहत रहने यातायात कार्यालयबाट लाइसेन्स वितरण थालिने जानकारी दिए । काठमाडौं र देशका केही सीमित सहरबाट वितरण हुँदै आएका कारण सवारी चालक अनुमतिपत्रका लागि..

पुरा पढ्नुहोस् »

कक्षा ११ को परीक्षाफल पुस तेस्रो साता सार्वजनिक हुने Thursday, December 21st, 2017

भक्तपुर, ६ पुस  । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै ढिलाइ गरेको छ । बोर्डका परीक्षा नियन्त्रक डम्बरकुमार बतासले आज..

पुरा पढ्नुहोस् »

भक्तपुरमा कुहिएको अवस्थामा पुरुषको शव फेला Friday, December 1st, 2017

भक्तपुर, मंसिर १५ । हराएको एक सातापछि कुहिएको अवस्थामा भक्तपुरमा शुक्रबार एक पुरुषको शव भेटिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– १० साँगा मुसी गणेश मन्दिर नजिकै खोल्सामा कुहिएको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । झापा धौलाढुवा नगरपालिका– ९ लकडी गड्डी टोल घर भई हाल सूर्यविनायक– ८ सिपाडोल बस्ने ३२ वर्षीय सतार..

पुरा पढ्नुहोस् »

आयोग भन्छ आज ६५ प्रतिशत भन्दा बढी मत खसयो Sunday, November 26th, 2017

काठमाण्डौ,१० मंसिर । निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान समग्रमा शान्तिपूर्ण रहेको बताएको छ । निर्वाचन आयोगमा आयोजित बिशेष पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्नु भयो । निर्वाचन आयोगले ६५ प्रतिशत भन्दा बढी मत खसेको अनुमान गरेको छ..

पुरा पढ्नुहोस् »

प्रदेश ३ को राजधानी भक्तपुर ! Saturday, November 25th, 2017

भक्तपुर, ९ मंसिर  । भक्तपुर २ प्रदेशसभा (क) सदस्यका सबैजसो उम्मेदवारले प्रदेश ३ को मुख्यालय भक्तपुरलाई बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राजधानी दैनिकमा समाचार छ । प्रदेश ३ मा रहेका १३ वटा जिल्लाको केन्द्र भक्तपुरमा पर्ने भएकाले यस्तो माग गरिएको दाबी गरिएको छ । ‘सबैको यो साझा कार्यसूची हो’ उम्मेदवारहरुको समान प्रतिबद्धता थियो । उम्मेदवारहरुले..

पुरा पढ्नुहोस् »

तीब्बत-नेपाल प्रसारणलाइन सम्भव, चीनलाई प्रस्ताव पठाउँदै सरकार ! Thursday, November 23rd, 2017

काठमाडाैं,०७ मंसिर । तीब्बतको केरुङ हुँदै नेपालको रसुवागढी जोड्ने अन्तरदेशीय प्रसारण लाइन गर्न प्राविधिकरुपमा उपयुक्त देखिएको छ। नेपाल विद्युत प्राधिकरणले गरेको स्थलगत अध्ययनबाट प्राविधिकरुपमा सम्भव देखिएको हो । प्राधिकरणको उक्त अध्ययनपछि पराराष्ट्रमार्फत चीन सरकारलाई पठाउने तयारी उर्जा मन्त्रालयले गरेको छ । बिजुलीको आयात तथा निर्यात भारततर्फमात्र हुने गरेकोमा..

पुरा पढ्नुहोस् »