महोत्तरी समाचार


टीका लगाउन राजविराज मामाघर गएका किशोरको पोखरीमा डुबेर मृत्यु Thursday, October 5th, 2017

राजविराज, १९ असोज । सप्तरीको सुरुङ्गा नगरपालिका–२ हर्दियास्थित दशैँको टीका लगाउन मामाघर गएका एकजना किशोरको बुधबार साँझ पोखरीमा डुबेर ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका–१२ घर भएका १५ वर्षीय अविनाश चौधरी रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । दशैँको टीका लगाउन अविनास मामाघर आएको बेला सोही गाउँमै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको..

पुरा पढ्नुहोस् »

महोत्तरीमा गणना सकियोः माधव नेपालकाे क्षेत्रमा एमाले निल,माओवादी र काँग्रेस विजयी Sunday, September 24th, 2017

महोत्तरी ८ असोज ।   जिल्लाको सबै स्थानीय तहको मत गणना सकिएको छ । तम गणना शुरु गरेको ६ दिनपछि १५ वटा सबै स्थानीय तहको गणना सकिएको हो । यहाँ सबै भन्दा बढी राजपा नेपालले ७ वटा तहमा जित हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले ४ वटा स्थानीय तहमा विजयी भएको छ । त्यस्तै नेपाली कांग्रेस ३ तह, संघीय समाजवादी फोरम नेपाल १ स्थानमा विजयी भएको छ । नेकपा एमालेले भने महोत्तरीमा मेयर,..

पुरा पढ्नुहोस् »

७७ हजारमा भैंसी बेचेर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्ररुपमा उम्मेदवारी Saturday, September 9th, 2017

महोत्तरी २४ भदौ  । महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि एकजनाले भैंसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् । जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि भैंसी बेचेर उम्मेदवारी दिएका हुन् । चारैतिर चुनावी चहल–पहल सुरु हुँदा आफूलाई कसैले कुनै पार्टीबाट उम्मेदवारी दिन सोधपुछ नगरेको र..

पुरा पढ्नुहोस् »

बर्दिबासमा बम विष्फोट Wednesday, September 6th, 2017

गौशाला, २१ भदौ । महोत्तरी जिल्लाको बर्दिबासमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति ८ बजेतिर बर्दिबास नगरपालिका कार्यालय अगाडि एउटा बम विष्फोट भएको हो । नगरपालिका कार्यालय अगाडि रहेको बालुवाको ढेरमाथि स्टीलको खाजा खाने बक्सामा बारुद भरेर बनाइएको बम विष्फोट गराएको प्रहरी उपरीक्षक..

पुरा पढ्नुहोस् »

महोत्तरी सहितका पूर्वी तराईमा घाम देखिएपछि स्थानीय खुसी Tuesday, December 13th, 2016

बर्दिबास  २८ मसिर । महोत्तरी सहितका पूर्वी तराईमा  नवौँ दिनमा झलमल्ल घाम देखिएपछि स्थानीय जनतामा खुसी छाएको छ । गएको १९ गते आइतबार बिहानदेखि बाक्लो हुस्सुसँगै लगातार चिसो सिरेटो चलेर मुटु कमाउने जाडो बढिरहेकैबीच  दिउँसो झलमल्ल घाम लागेपछि यस क्षेत्रमा खुसी छाएको हो । मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेको महोत्तरी जिल्लाका सबै भेगमा दिउँसो झलमल्ल पारिलो घाम लागेको छ..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा परी एक युवकको घटनास्थलमै मृत्यु Thursday, November 17th, 2016

महोत्तरी   ०२ मङ्सिर । सङ्ग्रामपुरमा मोटरसाइकल दुर्घटनामा परी आज एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मेघनाथ गोरहन्नाबाट जलेश्वरतर्फ जाँदै गरेको ज ४ प २०१८ नं को मोटरसाइकल दुर्घटना हुँदा सोही मोटरसाइकलका चालक मेघनाथ गोरहन्ना–१ का ३४ वर्षीय सिकिन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।   तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको बताइएको छ ।..

पुरा पढ्नुहोस् »

पोखरामा एक अर्ब अठचालीस करोड राजस्व सङ्कलन Wednesday, August 24th, 2016

पोखरा ८ भदौ । वन  पैदावार विकास समितिले आर्थिक वर्ष २०७२÷७३ मा काठ बिक्रीबाट रु १८ करोड ५१ लाख आम्दानी गरेको छ ।   समितिले सागरनाथ वन विकास परियोजना र रतुवामाई वृक्षरोपण आयोजनाभित्र रहेका वनमा वृक्षरोपण गरी त्यसबाट उत्पादित काठ बिक्रीबाट उक्त रकम आम्दानी गरेको हो । समितिका कार्यकारी अध्यक्ष डा विनयकुमार कुसियैतले पछिल्लो समय अतिक्रमण बढेपछि सशस्त्र प्रहरीको सहयोगमा..

पुरा पढ्नुहोस् »

महोत्तरीमा अत्यधिक स्थानीय मदिरा सेवनबाट एक युवकको मृत्यु Wednesday, June 1st, 2016

गौशाला  १९ जेठ । महोत्तरीको सदरमुकाम जलेश्वरमा अत्यधिक स्थानीय मदिरा सेवनबाट गएराति एक युवकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा जलेश्वर नगरपालिका–५ बस्ने मोस्तकिम दफालीका छोरा ३३ वर्षीय मुतिबुल दफाली रहेको निजको परिवारजनले जनाएका छन् । सधैँ लोकल मदिरा खाने गरेका युवक दफाली गएराति अत्यधिक मदिरा खाएर सुतेकामा आज बिहान उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेको उनका भाइ..

पुरा पढ्नुहोस् »

महोत्तरीमा सवारी दुर्घटनामा पाँचजना गम्भीर घाइते Thursday, April 7th, 2016

गौशाला २५ चैत, । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा एसएलसी परीक्षा दिलाउन गइरहेको दुईवटा मोटरसाइकल आज बिहान ७ः३० बजे एकआपसमा ठोक्ँिकदा दुई विद्यार्थीसहित पाँचजना गम्भीर घाईते भएका छन् । जलेश्वर नगरपालिका–१ स्थित रा.वि.म. क्याम्पसअगाडि विद्यार्थी बोकेको ज ७ प ५४५१ र बा ४८ प ३६३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई विद्यार्थीसहित पाँचजना गंभिर घाइते भएको जिल्ला..

पुरा पढ्नुहोस् »

बर्दिबासमा ग्याँसमा कालाबजारी , ग्याँस बिक्रेताले अनुगन टोलीलाई ललकारदै पठाए Wednesday, February 17th, 2016

मनोहर ढुंगेल बर्दिवास महोत्तरी फाल्गुण ५ गते । महोत्तरीको बर्दिबासमा ग्याँस बिक्रेताहरुले कालोबजारी गरि ग्याँस बिक्री गरिहेको हाँका हाकि भनिरहदाँ पनि प्रहरी प्रशासनले कारवाही गर्न नसकेको स्थानीय ग्याँस उपभोक्तहरुले बताएका छन् । नाका बन्दीले ग्याँस आपूर्ति समस्या नभएको भन्दै तत्कालका लागि आधा भरिएको ग्याँस सिलीन्डर सात सयमा उपभोक्तालाई बिक्री वितरण गर्न नेपाल..

पुरा पढ्नुहोस् »

महोत्तरीमा विद्यालयको छतबाट लड्दा एक विद्यार्थीको मृत्यु Sunday, February 7th, 2016

गौशाला २४ माघ, । महोत्तरी जिल्लाको रामगोपालपुरमा विद्यालयको छतबाट लड्दा आज एक विद्यार्थीको मृत्यु भएको छ ।   मृत्यु हुनेमा रामगोपालपुर बजारमा अवस्थित महोत्तरी ग्लोरी बोडिङ स्कुलको कक्षा १ मा अध्ययनरत १० वर्षीय समीक्षा चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   जिल्लाको हतिसर्वा गाविसका शम्भु चौधरीकी छोरी समीक्षा दुई वर्षदेखि सो विद्यालयको छात्रावासमा रही..

पुरा पढ्नुहोस् »