म्याग्दी समाचार


देशैभर बाढीको त्रास : नदीले विद्यालय बगायो Wednesday, August 15th, 2018

म्याग्दी- म्याग्दीको कालीगण्डकी नदीले विद्यालय बगाएको छ । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय आज कालीगण्डकीले बगाएको हो । कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिनुभयो । कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत छन् । केही दिनदेखि त्यहाँ..

पुरा पढ्नुहोस् »

मालढुंगा–बेनी सडक दर्जन ठाउँमा पहिरो Sunday, August 5th, 2018

काठमाडौँ — मध्यपहाडी लोकमार्गको मालढुंगाबाट म्याग्दी सदरमुकाम बेनी १३ किलोमिटरको दूरीमा छ । ट्रयाक खुलेको २३ वर्षसम्म पनि यो सडकमा वर्षाको सिजन पहिरो खस्ने क्रम रोकिएको छैन । यस वर्ष पनि साउन महिना सुरु भएपछि यो सडकको दर्जन ठाउँमा पहिरो खसेको छ । साउनको पहिलो सातादेखि झरी नरोकिएपछि सडकमा पहिरो झर्ने क्रम पनि रोकिएको छैन । विगतका वर्षमा झरी पर्नासाथ दिनभर सवारी..

पुरा पढ्नुहोस् »

म्याग्दी बेनीमा १ सय ५० जनाको निशुल्क आयुर्वेद स्वास्थय शिविर Saturday, August 4th, 2018

पर्वत । नेपाल आयुर्वेद स्वास्थय समाज  धौलागिरी अञ्चल कमिटिले म्यादी बेनी ग्लेश्वरमा निशुल्क आयुर्वेद स्वास्थ शिविर समपन्न गरेको छ । बेनी नगरपालिका ग्लेश्वर घतान्को शिवालय मन्दिर आश्राम,शालिग्राम गण्डकी वेद्का विद्यार्थीहरु सहित आसपासका करिब १ सय ५० जनालाई निशुल्क स्वास्थय जाँच गरेको हो । शिवरमा वाथ,पेट,मुट,नशा सम्बन्धि समस्यावाट ग्रसित भएकाहरुले स्वास्थय लाभ..

पुरा पढ्नुहोस् »

ट्याक्सी चलाउने सपनाःसिकदै गर्दा आमा छोरा म्यादीखोलामा खसी बेपत्ता Friday, August 3rd, 2018

राकेश शर्मा म्याग्दी । म्याग्दीको बेनीबजार नजिक म्याग्दीखोलामा ट्याक्सी खस्दा आमा सहित ९ बर्षको छोरा बेपत्ता भएका छन् । खुल्लामञ्चस्थित बहुउद्देश्यीय मैदानमा सिक्दै गरेको ट्याक्सी म्याग्दीखोलमा खस्दा आमा–छोरा बेपत्ता भएका हुन । न्यू बेनी यू बेनी ड्राईभिङ इस्टिच्यूट मार्फत सिक्दै गरेको ध १ ज २५१ नम्बरको ट्याक्सी म्याग्दीखोलामा खसेको हो । ट्क्यासी खस्दा जलजला..

पुरा पढ्नुहोस् »

धौलागिरि आधार शिविर पुग्ने पदमार्ग निर्माण Monday, July 30th, 2018

म्याग्दी- संसारको साताँै अग्लो (आठ हजार १६७ मिटर) धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको छ । पर्यटन विभागको सहयोगमा रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले धौलागिरि आइसफल पदमार्गको कालीबराह खोलाको दोभानदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण गरेका हुन् । विभागको रु १० लाख सहयोगमा पहाडमा ढुंगाको सिँढीसहितको एक हजार ५०० मिटर पदमार्ग निर्माण गरिएको..

पुरा पढ्नुहोस् »

कालीगण्डकीमा मोटरेबल पुल निर्माण शुरु |Merojilla.Com| Sunday, July 29th, 2018

म्याग्दी । अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ र ७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण शुरु भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टरले पक्की मोटरेबल पुल निर्माण शुरु गरेको हो । महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका..

पुरा पढ्नुहोस् »

कालीगण्डकीमा बेपत्ता भनिएका चालक एक सातापछि सम्पर्कमा Thursday, July 5th, 2018

सन्तोष गौतम,म्याग्दी – जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा असार १४ गते दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–७ घराम्दीदेखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करीब ३० फिट तल कालीगण्डकीमा खस्दा चालक बेनी नगरपालिका–९ का ३१ वर्षीय रवि..

पुरा पढ्नुहोस् »

कालीगण्डकीमा जिप खस्दा दुई जना वेपत्ता खोजी कार्य जारी Thursday, June 28th, 2018

म्याग्दी   । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा विहिबार दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् ।अन्नपूर्ण गाउँपालीका ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट तल कालीगण्डकीमा खसेको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगरले जानकारी दिए । अन्नपूर्ण गाउँपालीका ७ का वडा..

पुरा पढ्नुहोस् »

‘नागरिकले सर्वसुलभ स्वास्थ्य सेवा पाउनुपर्छ’  :मन्त्री थापा Sunday, June 24th, 2018

म्याग्दी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सर्वसुलभरुपमा स्वास्थ्य सेवा पाउनुपर्ने नागरिकको नैसर्गिक हकलाई सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । समाज कल्याण परिषद्अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषले आज म्याग्दीको बेनीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श सेवालाई सम्बोधन गर्दै उहाँले सर्वसाधारणले सरल र सहज..

पुरा पढ्नुहोस् »

कालीगण्डकी गर्ज चिनियाँ लगानीमा निर्माण हुने Saturday, June 23rd, 2018

म्याग्दी- म्याग्दीस्थित १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवावाटर कन्जरभेसन एण्ड हाइड्रो पावर प्रालिका प्रतिनिधिबीच लगानी सम्बन्धी..

पुरा पढ्नुहोस् »

धौलागिरिको फेदमा होटल व्यवसाय Thursday, June 21st, 2018

म्याग्दी । वरिपरि हिमालले घेरिएको छ । बीचमा रहेको टापु जस्तै डाँडोमा सानो घर बनाइको छ । पहाडको पाखो सम्याएर हेलिप्याड बनाइएको छ । राति यही मैदानमा पर्यटक टेण्ट टाँगेर बास बस्छन् । धौलागिरि गाउँपालिका–४ बगराका हरिप्रसाद तिलिजाले विगत २५ वर्षदेखि मुदीस्थित धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गमा होटल सञ्चालन गर्दै आउनुभएको छ । तिलिजाले आफ्नो जीवनको महत्वपूर्ण समय..

पुरा पढ्नुहोस् »