अन्तराष्ट्रिय समाचार


कंगोमा इबोला भाइरसका कारण १७ जनाको मृत्यु Wednesday, May 9th, 2018

काठमाडौं । इबोला भाइरसका कारण अफ्रिकन मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा १७ जनाको मृत्यु भएको छ । संक्रमित दुई जनाको भने उपचार भइरहेको छ । कंगोको बिकोरो शहरमा मात्रै चार जनाको मृत्यु भएको हो । सन् २०१४ मा इबोला भाइरसका कारण गिनिया, सियरालियोन र लाइबेरियामा मात्र ११ हजार मानिसको मृत्यु भएको थियो । आशंकित पाँच जनाको रगत परीक्षणबाट दुई जनामा उक्त रोग फेला परेपछि इबोला..

पुरा पढ्नुहोस् »

शक्ति आर्जन गर्न म धनी बन्न चाहन्छु Tuesday, May 8th, 2018

जेसिका नल न्यूयोर्क, अमेरिका – सफलता भनेको नियन्त्रणको शक्ति प्राप्त गर्ने र आफ्नो मूल्य बढाउने माध्यम बन्यो । सफलतालाई व्यक्त गर्ने अर्को शब्द छ, त्यो हो, पैसा । – म यति पैसा कमाउन चाहन्छु, जसले मलाई मंगलबारको दिन जेट उडाएर मेक्सिको जान र दुष्ट राजनीतिज्ञहरुलाई सहयोग गर्न पुगोस् । म त्यति पैसा कमाउन चाहन्छु, जसले फेरि कुनै पुरुषले मलाई छोयो भने ऊ विरुद्ध लड्ने आक्रमक..

पुरा पढ्नुहोस् »

रुसमा राष्ट्रपति पुटिनविरुद्ध प्रदर्शन, विपक्षी दलका नेता पक्राउ Sunday, May 6th, 2018

काठमाडौं  । राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध भएको प्रदर्शनका क्रममा रुसका विपक्षी दलका नेता एलेक्सी नावाल्नी पक्राउ परेका छन् । राजधानी मस्कोमा आयोजना गरिएको पुटिन विरुद्धको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् । पुटिनले चौथो कार्यकालका लागि राष्ट्रपतिको सपथ लिने दिन नजिकिएसँगै विपक्षीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनीको नेतृत्व नावाल्नीले गरेका..

पुरा पढ्नुहोस् »

अमेरिकामा भूकम्पको लगातार २५० झट्कापछि ज्वालामुखी विष्फोट, घरमाथि बर्सियो लाभा Saturday, May 5th, 2018

वासिङ्टन डिसी (एजेन्सी)। अमेरिकाको हवाइ द्वीपमा संसारकै सबैभन्दा सक्रिय किलाउ ज्वालामुखी विष्फोट भएको छ । शुक्रबार भूकम्पका लगातार झट्कापछि ज्वालामुखी विष्फोट भएको समाचार एजेन्सीहरुले जनाएका छन् । यहाँ लगातार भूकम्पका साना ठूला झट्का आइरहेको बताइएको छ । यीमध्ये सबैभन्दा ठूलो धक्का ६.९ म्याग्निच्युडको भएको समाचार संस्था सिएनएनले जनाएको छ । ज्वालामुखी विष्फोटपछि..

पुरा पढ्नुहोस् »

चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने Monday, April 30th, 2018

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने भएका छन् । उनी यही मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिएका हुन् । उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको आमन्त्रणमा उनी उत्तर कोरियाको भ्रमणमा जान लागेको जनाइएको छ । पछिल्लो समयमा उत्तर कोरिया विश्व राजनीतिको चासोको एक केन्द्र बनिरहेको..

पुरा पढ्नुहोस् »

साउदी अरबमा मृत्युदण्डको सजाय सुनाइएका यादवले पाए क्षमा, ३० लाख ब्लडमनी दिनुपर्ने Sunday, April 29th, 2018

काठमाडौं  । साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवले क्षमादान पाएका छन् । तर यसका लागि उनले ब्लडमनी तिनुपर्ने छ । उनले हत्या गरेको अभियोग लागेका मृतकका परिवारले माफी दिन सहमति जनाएपछि यादवको ज्यान जोगिने पक्का भएको हो । पाकिस्तानी नागरिकको हत्या अभियोगमा यादव सन् २००७ देखि साउदीको जुवेल जेलमा छन् । यादवले पाकिस्तानी परिवारलाई पाकिस्तानी ३० लाख ब्लडमनी..

पुरा पढ्नुहोस् »

अमेरिकालाई पुटिनको यस्तो चेतावनीः ‘सिरियामा फेरि आक्रमण गरे बवाल हुन्छ’ Monday, April 16th, 2018

काठमाडौं– सिरियालाई लिएर अमेरिका र रुसबीच जुहारी रोकिने संकेत देखिएको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई चेतावनी दिएका छन्, ‘फेरि सिरियामा सैन्य कारबाही गरे विश्वमा अराजकता मच्चिनेछ ।’ डूमामा भएको भनिएको रासायनिक हमलाको जवाफमा अमेरिका, फ्रान्स र बेलायतले संयुक्त सैन्य कारबाही गर्दै सिरिया सरकारको तीन अखडामा बमबारी गरेका थिए । रुसले यसको विरोध गर्दै..

पुरा पढ्नुहोस् »

सिरिया: छानबिनका लागि पश्चिमा शक्तिको प्रयास Sunday, April 15th, 2018

एजेन्सी । सिरियामा भएको रासायनिक हमलाको स्वतन्त्र रुपमा अनुसन्धान गर्न अमेरिका, फ्रान्स र ब्रिटेनले माग गरेका छन् । उनीहरुले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई मनाउन नयाँ प्रयासहरू थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकाको संयोजनमा फ्रान्स र ब्रिटेनले सिरियाको रासायनिक अस्त्र निर्माण गर्ने ठानिएका क्षेत्रहरूमा क्षेप्यास्त्र हमला गरेका..

पुरा पढ्नुहोस् »

सलमान धराैटीमा रिहा Saturday, April 7th, 2018

काठमाडौँ । कालो हरिण सिकार गरेको आरोपमा ५ वर्ष कैद सजाय पाएका बलिउड अभिनेता सलमान खानलाई जोधपुर अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । जोधपुर अदालतले शनिबार खानलाई भारतीय रुपैयाँ ५० हजार धरौटी रकम बुझाउन लगाएर रिहा गरेकाे हो। दुई वटा कालो हरिण मारेको हुनाले अदालतले खानलाई २५/२५ हजारको दरले धरौटी रकम भर्न लगाएको छ। जेलबाट छुटे लगत्तै उनलाई प्रहरीले स्कर्ट गरेर जाेधपुर..

पुरा पढ्नुहोस् »

कोरियाली पूर्वराष्ट्रपतिलाई २४ वर्ष जेल Friday, April 6th, 2018

सोल। दक्षिण कोरियाको एक अदालतले त्यहाँका पूर्व राष्ट्रपति पार्क ग्युन हेईलाई २४ वर्ष जेल सजाय तोकेको छ । उनलाई भ्रष्टाचारको आरोपमा अदालतले उक्त सजाय तोकेको हो । ‘जनताले दिएको अधिकारलाई राष्ट्रपतिका रुपमा उहाँले दुरुपयोग गर्नुभयो,’ शुक्रबार न्यायाधीशले फैसला सुनाउँदै भने । अदालतका अनुसार उनीमाथि लगाइएका १८ मध्ये १६ आरोपमा उनलाई कसुरदार ठहर्‍याइएको छ । उनलाई १७ मिलियन..

पुरा पढ्नुहोस् »

उपचारका लागि भर्ना भएका अमेरिकी नागरिकद्वारा ट्रमा सेन्टरबाट हाम्फालेर आत्महत्या Sunday, April 1st, 2018

आइतबार साँझ ५ः४० बजे अस्पतालको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिक ५२ वर्षीय जोनले आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले उपचारका लागि भर्ना भएका जोनले एक्कासि छैटौँ तलाबाट हाम्फालेर आत्महत्या गरेको जानकारी दिए । उनको पूरा नाम भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।..

पुरा पढ्नुहोस् »