अन्तराष्ट्रिय समाचार


ट्रम्पको दाबी नयाँ अमेरिकी युग सुरु भएको Wednesday, January 31st, 2018

काठमाडौं , १७ माघ  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नयाँ अमेरिकी युग’ सुरु भएको दाबी गरेका छन् । राष्ट्रपतिका रुपमा दुबै सदनको संयुक्त बैठकलाई पहिलो सम्बोधन गर्दै ट्रम्पले डेमोक्रेटसँग मिलेर काम गर्न तयार रहेको बताए । ‘स्टेट अफ द युनियन’ भनिने सम्बोधनमा उनले अमेरिकालाई फेरि महान बनाउन अग्रसर रहेको बताए । साथै बन्दीगृह ‘ग्वान्टानामो बे’लाई कायमै राखिने समेत उनले..

पुरा पढ्नुहोस् »

साउदी र ओमनमा वैदेशिक रोजगारको क्षेत्र कटौती, नेपाली पनि प्रभावित हुने

काठमाडौं, १७ माघ  । आफ्ना नागरिकलाई रोजगारको व्यवस्था गर्न साउदी अरब र ओमनले विभिन्न क्षेत्र र पेसामा विदेशी कामदार राख्न नपाउने नीति ल्याएको छ । साउदी र ओमनले सामान्य काममा पनि आफ्ना नागरिकलाई प्रोत्साहन गर्ने नीति ल्याएपछि विदेशीले अवसर नपाउने भएका हुन् । साउदीले १२ वटा क्षेत्र र ओमनले ८७ वटा पेसामा विदेशी कामदार राख्न नपाउने नीति लागू गरेको हो । साउदीको श्रम तथा सामाजिक..

पुरा पढ्नुहोस् »

११ देशका शरणार्थीमाथिको प्रतिबन्ध हटायो अमेरिकाले Tuesday, January 30th, 2018

वासिङ्टन , १६ माघ । अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ । अमेरिकी अधिकारीहरुले सोमबार सो प्रतिबन्ध हटाइएको जानकारी गराएका छन् । उनीहरुकाअनुसार अमेरिका प्रवेश गर्न चाहनेहरूले अब नयाँ सुरक्षा व्यवस्थाको सामना भने गर्नुपर्ने छ । त्यो सुरक्षा व्यवस्था कस्तो हो भन्ने..

पुरा पढ्नुहोस् »

३० हजारमा बेचियो,पाँच हजारमा किनेर दुई वर्षसम्म बलात्कारपछि

माघ १६, एजेन्सी: भारतको हरियाणा राज्यस्थित फरिदाबादबाट मानव सभ्यतालाई नै स्तब्ध बनाउने एउटा घटना बाहिर आएको छ । चाइल्ड लाइनको सूचनामा पुलिसले फरिदाबादको धिरज नगरस्थित टी-२ कोलोनीमा १५ दिनदेखि बन्धक एक बालिकालाई आइतवार उद्दार गर्न सफल भएको छ। झारखण्ड निवासी ती पीडित बालिकालाई उद्दारपछि प्रहरीले गरेको अनुसन्धानमा उनलाई २ वर्षअघि उनकै हजुरआमाले ५ हजार रुपैयाँमा बेचेको..

पुरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्रि सुष्मा स्वराजको नेपाल भ्रमण…किन हुदैछ एक्कासी

  काठमाडौं, १६माघ राजनीतिक भेटघाटका लागि भारतीय विदेश मन्त्री सुष्मा स्वराज बिहीबार नेपाल आउने भएकी छन्।भारतीय विदेश मन्त्रालय सोमबार साँझ विज्ञप्ति जारी गर्दै स्वराजले फेब्रुअरी १ र २ (माघ १८ र १९) मा नेपालको भ्रमण गर्ने जनाएको छ। |मन्त्रालयले स्वराजको भ्रमण दुई देशबीच भइरहने उच्च तहको राजनीतिक भेटघाटको निरन्तरता भएको बताएको छ।स्वराजको भेटघाटमा राजनीति भेटघाट र दुई..

पुरा पढ्नुहोस् »

यस्तो छ कारण नेपाली वैज्ञानिक स्वदेश नर्फकनुको

काठमाडौं, १६ माघ । विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउने सरकारी महत्वाकांक्षी अभियान असफलप्रायः भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विदेशमा कार्यरत नेपाली वैज्ञानिकको सीप, दक्षता र अनुभव स्वदेशमा उपयोग गर्न भन्दै अघिल्लो वर्ष सुरु गरेको अभियानअन्तर्गत दुई जना मात्र वैज्ञानिक स्वदेश फर्केर काम गरिरहेका छन् । नास्टले पहिलोपटक..

पुरा पढ्नुहोस् »

एम्बुलेन्स बम विस्फोटअफगानस्तानको कावुलमा , कम्तीमा ९५ को मृत्यु Sunday, January 28th, 2018

काबुल,  १४ माघ । अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ । काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थान लक्ष्य गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट गराइँदा कम्तीमा ९५ जनाको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

ब्राजिलको नाइट क्लबमा अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको मृत्यु

काठमाडौं, १४ माघ  । ब्राजिलको एक नाइट क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तर–पूर्वी क्षेत्र फोरटाजेलास्थित फोर्रो डो गागा क्लबमा तीन वटा कारमा आएका बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् । मारिनेमा दुई जना बालबालिका समेत रहेको बताइएको छ । हमलामा केही व्यक्ति घाइते भएका छन् । उनीहरुलाई..

पुरा पढ्नुहोस् »

अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने Saturday, January 27th, 2018

काठमाडौं, १३ माघ। अमेरिकी राष्ट्रपति कार्यालयले मेक्सिकोको सीमाक्षेत्रमा पर्खाल निर्माणका लागि खर्च जुटाउन १८ लाख आप्रवासीलाई नागरिकता दिने योजनाको खाका तयार पारेको छ । उक्त खाका अमेरिकी राष्ट्रपतिका प्रमुख सहयोगीको सुझावमा तयार पारिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । आप्रवासीसम्बन्धी योजनाबारे डेमोक्रयाटिक सिनेटरसँग वार्ताको तयारी भइरहेका बेला नयाँ योजना..

पुरा पढ्नुहोस् »

टर्कीमा एक सयभन्दा बढी नेपाली अलपत्र

स्याङ्जा  १३ माघ  ।  स्याङ्जा पुतलीबजार नगरपालिकाका लक्ष्मण गुरुङ गत भदौमा भारतको बाटो हुँदै टर्की पुगे ।   युरोपियन मुलुकमा आकर्षक तलब पाइने, युरोपभर निर्वाध आवतजावत गर्न पाइने तथा स्थायी बसोबास अनुमति (पिआर) पनि पाइने आशमा उनी पोखराको पिएनपी कन्सल्टेन्सीलाई ८ लाख ८० हजार रुपैयाँ बुझाएर पर्यटक भिसामा टर्की पुगेका थिए । सुखद भविष्यको कल्पना गर्दै टर्की पुगेका गुरुङ..

पुरा पढ्नुहोस् »

अस्पतालमा आगलागी हुँदा ३५ जनाको मृत्यु Friday, January 26th, 2018

सोल ,  १२ माघ  । दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।  दक्षिण कोरियाको दक्षिण–पुर्वी शहरमा रहेको  मिर्याङ अस्पतालको पहिलो तल्लामा आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् । आगलागीमा  कम्तीमा ७० जना घाइते भएको समाचारमा उल्लेख छ । घाइतेमध्ये ११ कोे अवस्था चिन्ताजनक रहेको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान साढे दश बजे आगलागी भएको..

पुरा पढ्नुहोस् »