रौतहट समाचार


वडा अध्यक्षसहित आधा दर्जन हतियारधारी समूहद्वारा लुुटिएपछि… Wednesday, February 28th, 2018

काठमाडौं– हतियारधारी समूहले मंगलबार राती रौतहटका एक जना वडा अध्यक्षसहित आधादर्जन मानिसलाई कुटपिट गरी नगद तथा सामान लुुटपाट गरेको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर–४ लालबकैया नदी किनार रहेको उखुुघारी छेउमा ६–७ जनाको संख्यामा रहेका हतियारधारीहरुले राती ८ बजे यादव सहितका स्थानीयलाई लुुटपाट गरेको हो । कटहरिया बजारबाट घरतर्फ मोटरसाईकलमा गइरहेका मौलापुर..

पुरा पढ्नुहोस् »

अत्याधुनिक पेस्तोलसहित पक्राउ तीन भारतीय नागरिक Sunday, February 18th, 2018

काठमाडौं-रौटहटको गौर नगरपालिका ७ स्थित मुन्ना होटलबाट अटोमेटिक पेस्तोल सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षिय मदनकुमार कुसाहा,२७ वर्षिय दिनेश कुसाहा र २७ वर्षिय अजयप्रसाद कुसाह छन् । प्रहरीले उनीहरुको साथबाट एक थान अटोमेटिक पेस्तोल, एक थान कटुवा पेस्तोल र ३ राउण्ड एसएलआरको गोली बरामद गरेको..

पुरा पढ्नुहोस् »

हिन्दु परिषद नेपाल रौतहट संयोजकमा ओमप्रकाश र केन्द्रिय सदस्यमा रामपुकार मनोनित Wednesday, February 7th, 2018

                              बीरगंज  ।   हिन्दु परिषद् नेपाल केन्द्रिय कार्यालय बीरगंजमा आज एक कार्यक्रमका बीच परिषदको रौतहट जिल्ला संयोजकमा ओमप्रकाश साह मधेसीया र केन्द्रिय सदस्यमा पत्रकार रामपुकार राउतलाई मनोनित गरेको छ । परिषद्का संस्थापक एवं संरक्षक पंडित पुरुषोत्तम दुवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा रौतहट जिल्लाबाट निर्वाचित विधायक बाबुलाल साह र राजपा नेपाल रौतहट..

पुरा पढ्नुहोस् »

यस्तो बन्यो ‘धुर्मुस-सुन्तली’को अगुवाइ चौथो नमुना बस्ती Saturday, December 30th, 2017

रौतहट, १५ पुस  । धुर्मुस सुन्तली फाउण्डेसले निर्माण थालेको रौतहटको चन्द्रपुर–८ सन्तपुरको एकीकृत नमुना बस्तीको कार्य अन्तिम चरणमा पुगेको छ । माघ २४ गते उद्घाटन गर्ने लक्ष्यका साथ थालिएको उक्त बस्तीको निर्माण कार्य ७६ दिनमा नै अन्तिम चरणमा पुगेको हो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ सन्तपुरमा धुर्मुस सुन्तली फाउण्डेसले एकीकृत नमुना बस्ती निर्माण गरिरहेको हो..

पुरा पढ्नुहोस् »

चुनाबपछि रौतहटमा हत्याको श्रृङ्खला, १२ दिनमा राजनीतिक झगडामा चार जनाको हत्या Monday, October 2nd, 2017

रौतहट १६ असोज ।   स्थानीय निर्वाचन पछि रौतहटमा श्रृंखलावद्धरुपमा हत्या सुरु भएको छ । पछिल्लो १२ दिनमा चारजनाको हत्या भइसकेको प्रहरीले जनाएको छ । शनिवार राति वृन्दाबन नगरपालिका–५ स्थित नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा एकजना तीन वर्षीया बालिकाको हत्या भएको छ । खानेपानीको निहुमा हुलास राय यादव र छिमेकी कृष्ण चौधरीबीच राति १० बजे भनाभन भएकोले यादव पक्ष..

पुरा पढ्नुहोस् »

रौतहट प्रहरी कार्यालयभित्रै अनैतिक काम गर्ने प्रहरी जवान र एक स्थानीय महिला पक्राउ Sunday, October 1st, 2017

रौतहट १५ असोज । रौतहटको डुमरिया ईलाका प्रहरी कार्यालय भित्रै यौनजन्य गतिविधिको प्रयास गरेको भन्दै प्रहरी जवान र एक स्थानीय महिला पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जवान मनोज महतो र ति महिलालाई प्रहरी कार्यालयभित्रैबाट हिरासतमा लिईएको हो । घटना सार्वजनिक भएपछि स्थानीय प्रहरीको विरोधमा उत्रिएका थिए । शुक्रबार राती महिलालाई कार्यालयमा बोलाए पछि..

पुरा पढ्नुहोस् »

रौतहटको सेफ्टीट्यांकीमा पस्दा तीनजनाको मृत्यु Wednesday, September 27th, 2017

रौतहट,११ असोज  । रौतहटको यमुनामाई गाउँपालिका–१ सुकदेवचोकमा बुधबार तीनजनाको मृत्यु भएको छ । निर्माणाधीन घरको सेफ्टीट्यांकीभित्र प्रवेश गरेका देबाही–गोनाही नगरपालिका–२ का ३० वर्षीय नागेश्वर माझी, परोहा नगरपालिका–१ का ३१ वर्षीय विजय बैठा र सोही नगरपालिका–२ का ३५ वर्षीय मुन्ना बैठाको मृत्यु भएको हो । तीनैजनाको अक्सिजनको कमीले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले..

पुरा पढ्नुहोस् »

चुनावमा हार बेहोरेपछि एमाले रौतहटका नेताद्धारा राजिनामा Monday, September 25th, 2017

रौतहट ०९ असोज । जिल्ला कमिटिकै कारण रौतहटमा एमालेका उम्मेदवारले हार व्याहोरेको भन्दै नेकपा एमाले रौतहट जिल्ला कमिटि सदस्य तथा चन्द्रपुर नगर सह ईन्चार्ज अच्युत हुमागाईले पदबाट राजिनामा दिएका छन् ।जिल्लाको चन्द्रपुर नगरपालिकामा पार्टीका उम्मेदवारलाई हराउन जिल्ला कमिटिका पदाधिकारी नै सक्रिय रहेको आरोप लगाउदै उनले पार्टीको जिल्ला सदस्य र नगर सह इन्चार्जबाट राजिनामा..

पुरा पढ्नुहोस् »

रौतहटमा घरमै सुतिरहेका व्यक्तिको गोली प्रहार गरी हत्या

रौतहट, ९ असोज । रौतहटमा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । परोहा नगरपालिका–२ जिगडियाका २५ वर्षीय अकबर भनिने अब्बु सहिदको गोली प्रहार गरी हत्या भएको छ । ४÷५ जनाको समूहमा आएका व्यक्तिले घरमै सुतिरहेका सहिदमाथि बिहान पौने ४ बजे गोली प्रहार गरेको प्रहरीले जनाएको छ । छातीमा गोली लागेका उनको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गोली प्रहार गर्ने..

पुरा पढ्नुहोस् »

कांग्रेस कार्यकर्तालाई एमाले उम्मेदवारसहितले कुटे, चारजना घाइते, ३३ हजार लुटियो Saturday, September 23rd, 2017

रौतहट, असोज ७ । रौतहटको वृन्दावन नगरपालिका–५ स्थित हर्षाहामा शनिबार दिउँसो नेपाली कांग्रेसका कार्यकर्ता कुटिएका छन् । विजयजुलुसमा सहभागी हुन वृन्दावनको विश्रामपुर जाँदै गरेका कांग्रेस कार्यकर्तालाई नेकपा एमाले वृन्दावन नगरपालिका प्रमुखका उम्मेदवार विनोद कुर्मीसहितको टोलीले कुटपिट गर्दा चारजना घाइते भएका छन् । निर्वाचनको विषयलाई लिएर गरिएको कुटपिटबाट शेष..

पुरा पढ्नुहोस् »

माधव नेपालले मतदान गरेको वडामा एमाले पराजीत,राजपा विजय Wednesday, September 20th, 2017

रौतहट असोज,०४ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालकै वडामा एमाले पराजीत भएको छ । नेता नेपालले मतदान गरेको रौतहटको सदरमुकाम गौर नगरपालिकाको वडा नं। २ बाट राजपा नेपालका उम्मेदवार भारी मतले विजयी भएको छ । एमालेका बरिष्ठ नेता माधव कुमार नेपालको गृह जिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिकाको वडा नं। २ बाट राष्ट्रिय जनता पार्टी नेपालका..

पुरा पढ्नुहोस् »