लमजुङ समाचार


चितुवाको छालासहित लमजुङबाट तीनजना पक्राउ Sunday, January 14th, 2018

लमजुङ,३०  पुस  । लमजुङमा चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीको विशेष टोलीले बेंसीशहरको एक होटलबाट चितुवाको छालासहित तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका–५ बस्ने विनोद तामाङ, राजेश अधिकारी र सोही नगरपालिका–६ का कमल तामाङ छन् । उनीहरुलाई थप..

पुरा पढ्नुहोस् »

लमजुङमा अलैंचीको उत्पादन २० प्रतिशतले घट्यो, मूल्यमा पनि भारी गिरावट Tuesday, December 5th, 2017

लमजुङ, मंसिर १९ । लमजुङमा यस वर्ष अलैंची उत्पादन गत वर्षको तुलनामा २० प्रतिशतले घटेको अलैंची ब्यवसायी महासंघले जनाएको छ । गत वर्ष ८ सय २१ क्वीन्टल अलैंंची उत्पादन भएकोमा यसवर्ष ६ सय क्वीन्टल मात्र उत्पादन भएको अलैंची ब्यवसायी महासंघका अध्यक्ष अजय तामाङले जानकारी दिए । बोट पुरानो हुनु, सिंचाई अभाव हुनु, मल तथा स्याहार नपुग्नु जस्ता कारणले उत्पादनमा ह्रास आएको हो । गतवर्ष..

पुरा पढ्नुहोस् »

लमजुङका ग्रामीण क्षेत्रका बासिन्दा जंगली च्याउ खोज्न व्यस्त Tuesday, September 26th, 2017

लमजुङ, १० असोज । जिल्लाका उच्च ग्रामीण क्षेत्रका बासिन्दा अहिले जंगली च्याउ खोज्न व्यस्त भएका छन् । दशैँ खर्च जुटाउन र मासु नखानेका लागि राम्रो तरकारी हुने भन्दै च्याउ खोज्न उनीहरू जंगल पसेका हुन् । च्याउ टिप्न स्थानीय बासिन्दा भेडीगोठ, धर्मशाला तथा ओडारमा बास बस्ने गर्छन् । दुईदिनसम्म जंगलमै बास बसेर च्याउ खोज्नुपर्ने सिउरुङकी मिश्रीमाया घलेले बताउनुभयो । जंगलमा..

पुरा पढ्नुहोस् »

लमजुङको राइनस नगरपालिकामा बम पड्कियो Sunday, May 14th, 2017

लमजुङ ३१ बैशाख ।  लमजुङको राइनस नगरपालिकाको बगुवा डाँडा नजिकै बम पड्किएको छ ।   शनिबार राति ९ बजेर ८ मिनेट जाँदा राइनस-९ बगुवा डाँडा स्थित देविथान मन्दिर नजिकैको खरबारीमा बम पड्काइएको हो ।   एक्कासी बम पड्किएपछि मतदानका लागि तयार स्थानीयबासीमा त्रास फैलिएको छ । लमजुङका प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेलले बम पड्किएपछि अनुसन्धान भइरहेको जानकारी दिए ।..

पुरा पढ्नुहोस् »

स्वाभिमान अभियान: लमजुङ्ग र तनहँुमा जागरण सभा सम्पन्न Thursday, June 9th, 2016

मानब अधिकार तथा शान्ति समाजले शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमान, एकता, सद्भाब र आत्मसम्मान भन्ने मुल बिषय सहित देशब्यापी रुपमा संचालन गरिरहेको स्वाभिमान अभियान अन्तर्गत जष्ेठ २६ गते अपराह्न लमजुङ्ग सदरमुकाम स्थित बेशीशहर बजारमा जागरण सभा सम्पन्न भएको छ । जागरण सभामा प्रमुख बक्ताको रुपमा बोल्दै मानब अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले दुर्घटना..

पुरा पढ्नुहोस् »

नेपालकै पहिलाे दलित हाेमस्टे लमजुङमा Saturday, May 7th, 2016

लमजुङ, २५ वैशाख    । विसं २००६ मा ब्राह्मणका हलो क्रान्ति भएको लमजुङमा फेरि अर्काे सामाजिक क्रान्ति भएको छ । जातीय छुवाछूत अन्त्यका लागि कैयौँपटक सहभोज गर्दासमेत जातीय छुवाछूतको भावना हट्न नसकेको भन्दै छुवाछूत अन्त्य भएको सन्देश दिन दलित बस्तीमा होमस्टे संचालन सुरु गरिएको छ । सार्क भिलेजका रुपमा परिचय बनाएको सार्क राष्ट्रकै नमुना गाउँ घलेगाउँको दलित बस्तीमा होमस्टे..

पुरा पढ्नुहोस् »

लमजुङ राईनासकोटको अध्ययन भ्रमण सम्पन्न Saturday, October 24th, 2015

माधब पनेरु पोखरा , कार्तिक ७ -   लमजुङ जिल्ल्लाको पुर्बी क्षेत्रमा पर्ने ऐतिहासीक महत्व बोकेको राईनासकोटको अध्ययन अबलोकन भ्रमण सम्पन्न भएको छ । साहिलीटारमा रहेको ज्ञानोदय उच्च माबिका भुपु बिद्यार्थिहरुको एक टोलीले उक्त क्षेत्रको अध्ययन अबलोकन गरेको हो । दशैको अबसरमा देशका बिभिन्न स्थानमा रहेका सो क्षेत्रका युवाहरुले ईतिहास बोकेको तर आझेलमा परेको राइनासकोटको ऐतिहासिक..

पुरा पढ्नुहोस् »

महाभूकम्पले देशभरका अधिकांश नागरिक आईतबारपनि सडक मा जाग्राम Sunday, April 26th, 2015

काठमाडौं १३ बैशाख । शनिवार आएको महाभूकम्पले देशभरका अधिकांश नागरिक भय र त्रासका बिच सडक, खुला चौर तथा ग्रामिण भेगमा बारी र खेतका गरामा जाग्राम बसेर विताएका छन् । यता राष्ट्रपति रामवरण यादव भने शितल निवासमै पाल टांगेर बसेका छन् । भूकम्पको मुख्य केन्द्र बिन्दु गोरखा जिल्लाका ८० प्रतिशत घरहरु काम नलाग्नेगरि भत्किएका छन् भने नुवाकोट, रसुवा, धादिंग, काठमाडौं उपत्यका सबैभन्दा..

पुरा पढ्नुहोस् »

इशानेश्वरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु Friday, February 13th, 2015

प्रल्हाद चन्द्र घिमिरे, लम्जुङ, करापुटार, ०१ फागुन । पश्चिमी लम्जुङको करापुटारमा रहेको इशानेश्वर महादेव मन्दीर परिसरमा आज (शुक्रबार) बाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुदै छ । महायज्ञको नेपाल सरकारको अर्थमन्त्रालयका सह–सचिव मुकुन्द प्रकाश घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । “जाउँ है, करापुटार शिवरात्रिको मेलामा, पुण्य कमाउँ बेलैमा” भन्ने नारा सहित..

पुरा पढ्नुहोस् »

नेष्डो नेपालको ५१ दिवसीय शान्ति र संविधानका लागि जनदवाव अभियानको १९औं दिनवेंशीशहरमा सम्पन्न Friday, December 19th, 2014

४,पौष,२०७१ लमजुङ्ग,बेशीशहर। राष्ट्रिय शैक्षिकतथा सामाजिकविकास संस्था,नेष्डो नेपालको १४औँ लघुवित्तदिवसएवम् ५१ दिवसीयशान्ति र संविधानकालागिजनदवावअभियान—२०७१अन्र्तगतअभियानको उन्नाइसौँदिनशुक्रबार लमजुङ्ग सदरमुकामबेशीशहरमाएक दिने कार्यक्रम सम्पन्नभएको छ । तोकिएको तिथिभित्रजनचाहना अनुरुपको संविधाननिर्माण, नयाँ संविधानमामहिलातथाविपन्नवर्गको..

पुरा पढ्नुहोस् »

१४ औं लघुवित्त दिवस तथा ५१ दिवसीय शान्ति र संविधान अभियान अन्र्तगत लमजुङ्गको दुईपिप्लेमा कार्यक्रम सम्पन्न Sunday, December 14th, 2014

२८ मंसिर, २०७१ लमजुङ्ग,दुईपिप्ले । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालको १४औँ लघुवित्त दिवस एवम् ५१ दिवसीय शान्ति र संविधानका लागि जनदवाव अभियान—२०७१ अन्र्तगत अभियानको चौधौँ दिन आइतबार लमजुङ्गको दुईपिप्लेमा शान्ति र संविधानको लागि एक दिने जनदवाव अभियानका साथै वार्षिक कार्यक्रम समिक्षा गोष्ठी समपन्न भएको छ । तोकिएको तिथिभित्र जनचाहना अनुरुपको..

पुरा पढ्नुहोस् »