सिन्धुपाल्चोक समाचार


कम्पम भागेका कैदीलाई थप कैद सजाय Sunday, February 25th, 2018

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका ९८ कैदीबन्दीलाई थप कैद सजायको फैसला सुनाएको छ । नागरिकमा समाचार छ । जिल्ला न्यायाधीश दीपक खनालको इजलासले भूकम्पका बेला भागेर अझै सम्पर्कमा नआउने ९फरार० कैदीबन्दीलाई भागे । भगाएको कसुरमा डेढी सजाय हुने फैसला सुनाएको हो । २०७२ बैशाख १२ को भूकम्पमा जिल्ला कारागारबाट २ सय १६ कैदीबन्दी भागेका..

पुरा पढ्नुहोस् »

११८ किलो सुन बरामत तातोपानी नाकाबाट Monday, February 12th, 2018

मेलम्ची, सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ । तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ । भूकम्पअघि तातोपानी नाका सञ्चालन हुँदा सुन तस्करको गिरोह जिल्लामा सक्रिय थियो । नेपाली र चिनियाँ नागरिकको..

पुरा पढ्नुहोस् »

तातोपानी नाकाको संयुक्त सुरक्षा योजना चीनले माग्यो Sunday, December 24th, 2017

सिन्धुपाल्चोक,९ पुस । चिनियाँ अधिकारीले नेपालसँग ३२ महिनादेखि बन्द तातोपानी नाकाको संयुक्त सुरक्षा योजना माग गरेका छन् । कान्तिपुरमा समाचार छ । दुवै मुलुकका सीमा अधिकारीबीच तिब्बतको खासामा शनिबार भएको बैठकमा चिनियाँ पक्षले सूचना आदानप्रदान र सुरक्षासम्बन्धी योजना मागेको हो । तातोपानी नाका खोल्ने विषय केन्द्रीय सरकारले निर्णय गर्ने जानकारी दिँदै उनीहरूले सीमा..

पुरा पढ्नुहोस् »

सिन्धुपाल्चोकका वडाध्यक्ष सामाजिक सुरक्षा भत्ता लिएर जुवा खेलिरहेको अवस्थामा पक्राउ Tuesday, October 17th, 2017

सिन्धुपाल्चोक, ३१ असोज  । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ का वडाध्यक्ष चित्रबहादुर तामाङलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खेलिरहेका तामाङलाई सोमबार राति अँधेरीमा रहेको जुवाखालबाट १ लाख १५ हजार ८ सय ८० रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष तामाङले पहिले आफ्नो..

पुरा पढ्नुहोस् »

मेल्मचिमा पुगेर प्रधानमन्त्री बोले काठमाडौँवासीको सपना छिटै पुरा हुन्छ Wednesday, August 9th, 2017

२५ साउन, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यप्रगतिको व्रिफिङ लिएका छन् । विभागीयमन्त्रीसहित बुधबार हेलिकोप्टर चढेर मेलम्ची पुगेका देउवाले आयोजनाको इन्टेक ड्याम र सुरुङको अवलोकन गरे । उनले सुरुङभित्रै पैदल हिँडेर पनि अवलोकन गरेका थिए । मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको २० वर्षदेखिको सपना भएको..

पुरा पढ्नुहोस् »

कांग्रेस नेता ८० वर्षीय कर्णबहादुर खड्का वडा अध्यक्षमा निर्वाचित Tuesday, May 16th, 2017

चौतारा  २ जेठ ।  यतिखेर युवा जोश जाँगरलाई राजनीतिमा प्राथमिकता दिनुपर्ने आवाज उठिरहेकै बेला ८० वर्षीय बृद्धले वडा अध्यक्षको पद जितेका छ ।     सिन्धुपाल्चोकका वयोवृद्ध कांग्रेस नेता ८० वर्षीय कर्णबहादुर खड्का वडा अध्यक्षमा निर्वाचित भएका हुन् । खड्का नम्बर १ बाट २ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् ।   उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र र एमालेका..

पुरा पढ्नुहोस् »

जबर्जस्ती करणीको गरेको अभियोगमा सिन्धुपाल्चोकका फरार अभियुक्त पक्राउ Wednesday, December 14th, 2016

मेलम्ची २९ मंसिर । जबर्जस्ती करणीको गरेको अभियोगमा मुद्दा दर्ता भई फरार रहेका अभियुक्तलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक फुल्पिङकट्टी– ६ बस्ने २० वर्षीय अभियुक्त सानुकान्छा तामाङ जबर्जस्ती करणी गरी फरार भएका थिए । विसं २०७२ असोज १० गते फरार रहेका तामाङको उक्त मुद्दाको सम्पूर्ण अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला..

पुरा पढ्नुहोस् »

सिन्धुपाल्चोकमा अन्न उत्पादन घट्यो Tuesday, December 22nd, 2015

चौतारा  ७ पुस । सिन्धुपाल्चोक जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान र मकै गरी १७ हजार ८ सय ८५ मेट्रिक टन घटी उत्पादन भएको छ ।   लामो खडेरी र भूकम्पका कारण जमिनमा अस्थायी घरटहरा निर्माण गर्दा जमिन घट्नुका साथै खेती गर्न चासो नलिनु जस्ता कारणले धान र मकैको उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यसरी ठूलो परिमाणमा खाद्यान्न उत्पादनमा कमी आएपछि जिल्लावासीले..

पुरा पढ्नुहोस् »

सिन्धुपाल्चोकमा बस दुर्घटना , चौँतीस घाइते Friday, December 18th, 2015

चौतारा ३ पुस  । चौताराबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा२ख ४८१५ नंको यात्रु बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । घाइतेमध्ये बाह्र जनाको अवस्था चिन्ताजनक छ । घाइते सबैलाई चौतारा अस्पताल तथा काभ्रेको धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले बताउनुभयो । सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट  अपराह्न ४ बजे छुटेको उक्त बस..

पुरा पढ्नुहोस् »

दोलखामा यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते Wednesday, October 28th, 2015

दोलखा, ११ कात्तिक– दोलखाको सुन्द्रावति गाविसमा  हिजो  दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । दोलखाको सिङ्गटीबाट काठमाडाँैका लागि छुटेको बा २ ख ६०३५ नम्बरको रोल्वालिङ यातायातको बस सुन्द्रावति गाविसको लाँकुरीडाँडामा दुर्घटनामा पर्दा १९ जना यात्रु घाइते भएका हुन् । बडादशैँ सकेर गाँउबाट काठमाडाँै फर्केका यात्रुहरुले खचाखच भरिएको बस..

पुरा पढ्नुहोस् »

तातोपानी नाका खुल्यो; यातायात सुचारु Friday, October 2nd, 2015

सिन्धुपाल्चोक असोज १५ ।   चीनसँगको सिमानामा रहेको तातोपानी नाका खुलेको छ। सिन्धुपाल्चोकको बाह्बिसे देखि मितेरी पुल सम्मको रहेको २९ किलोमिटर सडकमा रहेको करिव ८० प्रतिशत पहिरो हटाइएपछि आज साँझबाट नाका खुलेको हो। डिभिजन सडक कार्यालय चरिकोटका डिई रामहरी पखरेलका अनुसार बाह्बिसे देखि मितेरी पुल सम्म हाल ठूला गाडि एकतर्फी चल्नेछन भने साना गाडी दुईतर्फी नै चल्नेछन। मालवाहक..

पुरा पढ्नुहोस् »