सिरहा समाचार


छोराले रड प्रहार गर्दा आमाको मृत्यु, बहिनी गम्भीर घाइते Friday, February 23rd, 2018

लहान । छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी गम्भीर घाइते भएका थिए । रड प्रहारबाट टाउकोमा..

पुरा पढ्नुहोस् »

जहाँ सिंगो गाउँ नै किनबेच हुन्छ Sunday, February 18th, 2018

सिरहा- धनगढीमाई नगरपालिका-१२ का पचुवा मरिकले तीन महिनाअघि रामपुत मरिकसँग गोलबजार नगरपालिकाको मुक्सार गाउँ ३५ हजार रुपैयाँमा किने । लहान नगरपालिका-२२, सिसवनीका दिलीप मरिकले सोही नगरपालिका-४ को गाउँ एक वर्षअघि ६० हजार रुपैयाँमा किनेका थिए । लहान नगरपालिका-२२ का महेन्द्र मरिक भन्छन्, ‘२० वर्षअघि ६ हजारमा किनबेच भएको गाउँको अहिले भाउ बढेको छ।’ सिंगो वडा नै किन्ने दिलीप मरिककी..

पुरा पढ्नुहोस् »

खाडीका युवा सम्झँदै पाका मतदाता Monday, December 4th, 2017

सिरहा, १८ मंसिर । वैदेशिक रोजगारमा गएका युवाले पठाएको ‘रेमिट्यान्स’ ले राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको दुईमत छैन । वैदेशिक रोजगारीकै आडमा समाजमा सामाजिक विकृति पनि बढ्दो छैन, राष्ट्रिय राजनीतिमा समेत गहिरो नकारात्मक प्रभाव पार्दै गएको छ । देशभरबाट दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि जाने क्रम जारी रहँदा देशभित्र हुन लागेको प्रतिनिधिसभा र..

पुरा पढ्नुहोस् »

सिरहामा यौनकाण्ड खुल्ने डरले भाइको हत्या गरेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरिन Sunday, October 29th, 2017

सिरहा, १२ कात्तिक । यौनकाण्ड खुल्ने डरले भाइको हत्या गरेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । सिरहाको कर्जन्हा गाउँपालिका–२ की १६ वर्षिया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् ।प्रहरी उनलाई पक्राउ गरेर आज आइतबार बिहान १२ बजे सार्वजनिक गरेको थियो । जसको केही घण्टामै उनले आत्महत्या गरेको सिरहाका डिएसपी गज्जुसिद्धी..

पुरा पढ्नुहोस् »

कांग्रेसको चुनाव प्रचारमा लगेको गाडीमा आगजनी Friday, September 15th, 2017

सिरहा, भदौ ३० । सिरहामा नेपाली कांग्रेसका उम्मेदवारको गाडीमा अज्ञात समूहले बिहीबार राति आगो लगाइदिएको छ । गोलबजार नगरपालिका–७ बाट नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हरिनारायण सिंह महतोले प्रयोग गर्दै आएको बीआर १ एफ १६०५ नम्बरको स्करपियो गाडीमा पेट्रोल छर्केर आगो लागाएको प्रहरीले जनाएको छ । आउँदो असोज २ गते हुन लागेको स्थानीय तहको चुनावको प्रचारप्रसारको लागि..

पुरा पढ्नुहोस् »

एमालेले प्रचण्डलाई प्रधानमन्त्री हुदाँ यसरी फकाएको खुलासा गरे Monday, September 4th, 2017

सिमरा, १९ भदौ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्ने बेला लम्पसारवादी भन्ने एमालेका नेताहरुमा नै दस महिनामा प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आइपुगेको बताउनु भएको छ । सोमबार बिहान सिमरामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘म प्रधानमन्त्री बन्ने बेला देशको विदेश नीति लड्खडाएको थियो, राष्ट्रिय एकता..

पुरा पढ्नुहोस् »

जन्ती बसको छतमा करेन्ट लाग्दा दुई घाइते Monday, June 19th, 2017

लहान  ५ असार  । लहान नगरपालिका–१५ शोभापुरस्थित मोहनपुर गाउँबाट विवाह पश्चात सर्लाहीको लालबन्दी फर्कँदै गर्दा आज विवाहको जन्ती बोकेको ना २ ख ५८५७ नं को बसको छतमा बसेको बेला करेन्ट लागेका सर्लाही लालबन्दी–१५ परवानीपुर बस्ने वर्ष १९ का बुधबहादुर दोङको अवस्था चिन्ताजनक रहेको छ । करेन्ट लागेर सोही ठाउँकै सञ्जय वाइवा गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको रामकुमार..

पुरा पढ्नुहोस् »

सिरहामा अनुगमन नहुँदा मलखादको मनपरी मूल्य लिइदै Saturday, July 23rd, 2016

लहान ८ साउन  । सिरहा जिल्लामा यसवर्ष रसायनिक मलखादको अभाव नभए पनि व्यापारी तथा डिलरहरुले मनपरी मूल्य बढाएर बिक्री वितरण गर्ने गरेको पाइएको छ ।   धानबाली रोपाइँ गर्ने समयमा पनि बजार अनुगमन नहुँदा जिल्लाको विभिन्न स्थानमा रहेका मलखादका थोक तथा खुद्रा बिक्रेताले मनपरी मूल्य बढाएर बिक्री वितरण गर्ने गरेका हुन् ।   धान रोपाइँ गर्ने चटारोको बेलामा मलखादको मनपरी मूल्य..

पुरा पढ्नुहोस् »

सिरहामा काँग्रेसको क्षेत्रीय अधिवेशन सुरु Wednesday, February 17th, 2016

लहान ५ फागुन  । सिरहा जिल्लाको छवटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन आज बिहानैदेखि सुरु भएको छ ।   सर्वसम्मतबाटै क्षेत्रीय समिति चयनका लागि भइरहेको प्रयास असफल भएपछि नेपाली काँग्रेस सिरहाका पदाधिकारी, सांसद तथा क्षेत्रीय प्रतिनिधीको समन्वय र सहमतिमा निर्वाचन समितिले सबै क्षेत्रमा निर्वाचनको प्रक्रिया सुरु गरेको हो ।   जिल्लाको छवटै..

पुरा पढ्नुहोस् »

पैसामा किनबेच हुदै सिरहाको प्रवेशीका परीक्षा Saturday, March 21st, 2015

एस.पी.गौरब/सिरहा चैत्र ७ गते । पत्रकार महोदय,पत्रकार महोदय , सर्तक भएर बस् , आफुसँग भएको किताब र चिट बाहिर फालिदेउ’, सिरहाको एक परीक्षा केन्द्रमा पत्रकार तथा अनुगमन टोली पुग्नु अगावै चिट चोरिरहेका परीक्षार्थीहरुलाई निरीक्षक तथा केन्द्राअध्यक्षहरुले सावधान गराए । निरीक्षकले अनुगमन टोली आएको सूचित गर्ने बित्तिकै कोठामा चिट चोर्न व्यस्त परिक्षार्थीहरुले सर्तक भएर परीक्षा..

पुरा पढ्नुहोस् »

रकम पचाउन अपहरणको नाटक गर्ने प्रहरीको फन्दामा Tuesday, March 3rd, 2015

एस.पी.गौरब/सिरहा, फागुन १९ गते । साहुले बैंकमा राख्न पठाएको रहम पचाउन अपहरणको नाटक गर्ने भारतीय नागरिक प्रहरीको फन्दामा परेको छ । सिरहाको गोलबजार–८, चोहर्वाका असलम मियाँको गार्मेन्टमा काम गर्ने भारतीय नागरिक जावेद मियाँ करिव ३२ लाख रुपैयाँ सहित अपहरणको नाटगरी लापत्ता भएका मियाँलाई उदयपुरको जलजलेबाट प्रहरीले नियन्त्रणमा लिएको हो । जग्गा वेवसाय समेत गर्दै आएका आसलमले ३१ लख..

पुरा पढ्नुहोस् »