सुनसरी समाचार


मानसिक सन्तुलन गुमाएकी महिला बलात्कृत Monday, August 27th, 2018

भदौ - सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् । शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्षीया ती महिलाको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । घटनाको प्रकृति हेर्दा ती महिलाको सामूहिक बलात्कार भएको उनले पुष्टि गरे । मानसिक सन्तुलन..

पुरा पढ्नुहोस् »

चिसोका कारण आलु खेतीमा प¥यो असर Tuesday, January 16th, 2018

सुनसरी,२ माघ । सुनसरीका किसानले लगाएको आलु बालीमा रोग किरा लागेपछि आलुखेती नष्ट हुन थालेको छ । जिल्लाको हरिनगरा, देवानगञ्ज, रामनगरभुटहा, गौतमपुर, कप्तानगञ्जलगायतका क्षेत्रमा कृषकले सघनरुपमा गरेको आलुखेतीमा चिसोका कारण डढुवा रोग लागेको छ । लगानीअनुसारको प्रतिफल नआउने भएपछि किसान समस्यामा परेको स्थानीयवासी मुस्ताक अन्सारीले बताए। सदरमुकाम इनरुवासहित दक्षिणवर्ती..

पुरा पढ्नुहोस् »

अर्नाको आक्रमणबाट मृत्यु

सुनसरी , ०२ माघ ।  अर्नाको आक्रमणबाट मंगलबार दिउँसो एक जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् । मंगलवार दिउँसो कोशी टप्पु वन्यजन्तु आरक्ष बाट निस्केर आएको अर्नाले आक्रमण गर्दा कोशी गाउँपालीका वडा नम्बर ४ का स्थानीय मजबुल मियाकी १० बर्षिया छोरी सहजादी खातुनको मृत्यु भएको हो । भने सोही ठाँउका १६ बर्षिय जावेद आलम घाइते भएका छन्..

पुरा पढ्नुहोस् »

इटहरीमा बैंकिङ एक्स्पो सुरु,१६ गतेसम्म संचालन हुने Saturday, December 30th, 2017

सुनसरी,१५ पौष । डेपुटी गभर्नर शिवराज श्रेष्ठले चाँडै हरेक स्थानीय तहमा बैंकको शाखा अनिवार्य रुपमा पुग्ने बताएका छन् । मिडिया इन्टरनेसलद्वारा शुक्रबार सुनसरीको इटहरीमा आयोजित बैंक÷बीमा एक्स्पोको उद्घाटन गर्दै डेपुटी गभर्नर श्रेष्ठले ७ सय ४४ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्ने बताएका हुन् । त्यसका लागि केन्द्रीय बैंकले वित्तीय संस्थालाई प्रोत्साहन..

पुरा पढ्नुहोस् »

कांग्रेसको चुनावी सभामा बम विष्फोट, तीन जना घाइते Thursday, November 30th, 2017

सुनसरी, । इटहरी–९ स्थित भलादमीचोकमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा बम विष्फोट भएको छ । बम विष्फेट हुँदा तीन जना घाइते भएका छन् । नेपाली कांग्रेसको चुनावी प्रचार अन्तरगत कोणसभालार्इ लक्षित गर्दै बम बिस्फोट भएको स्थानीयहरूले बताएका छन । चुनावी प्रचारमा राज्यमन्त्री सुमित्रा चौधरी र उपप्रधानमन्त्री बिजयकुमार गच्छदारको श्रीमतीको उपस्थिति रहेको इलाका..

पुरा पढ्नुहोस् »

साढे ५ लाखसहित ६ जुवाडे सुनसरी भाण्टाबारीबाट पक्राउ,उनीहरु नियन्त्रणमा :एपी माझी Monday, September 25th, 2017

सुनसरीको कोशी गाउँपालिका –८ स्थित भाण्टाबारी बजारमा रहेको शंकर पौडेलको घरमा जुवा खेलाउँदै गरेको अवस्थामा सोमबार विहान ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।  विशेष सुचनाको आधारमा सई नारायण प्रसाद चिमरियाको कमाण्डमा खटिएको टोलीले विहान २ः३०बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी विद्यानन्द माझीले जानकारी दिए । पक्राउ पर्नेहरुमा इनरुवा नगरपालिका..

पुरा पढ्नुहोस् »

बाढीमा बगेकी सानुमाया जिवितै, मुडो भनेर खोलाबाट तान्दा युवती ! Monday, August 14th, 2017

सुनसरी, ३० साउन ।   ‘बेलुका खानपान गरेँ । सधा झैँ सुतेँ । रातको १२ बज्यो टोलमा कोलाहल मच्चियो’ बुढी खोलाको त्यो भयङ्कर बाढीमा १० किलोमिटर बगेर बाँचेकी सानुमाया अस्पतालको बेडमा सम्झनु हुन्छ, ‘बाँच्छु भन्ने आशा गरेकै थिइनँ ।’   सानुमाया राई, इटहरीको जनता बहुमुखी क्याम्पसमा पढ्नु हुन्छ । बिएड प्रथम वर्षमा पढ्ने सानुमायाले पढाइसँगै स्थानीय मन्टेश्वरीमा काम गर्न थाल्नु भएको..

पुरा पढ्नुहोस् »

इटहरीमा बाढीले बगाउँदा चारजनाको मृत्यु Saturday, August 12th, 2017

सुनसरी २८ साउन । सुनसरीको इटहरीमा बाढीले बगाएर चारजनाको ज्यान गएको छ । नेपाली सेनाका अनुसार शुक्रबार रातिदेखि ट्यांग्रा खोलामा आएको बाढीले बगाउँदा ज्यान गुमाएका चारजनाको शव भेटिएको हो । उनीहरुको परिचय खुलिनसकेको नेपाली सेनाका प्रवक्ता झंकर कडायतले जानकारी दिनुभयो । इटहरी र आसापासमा दुई सय जति घर डुबानमा परेका छन् । बाढीका कारण ल्याण्डलाईन र टेलिकमको मोवाइल फोन पनि..

पुरा पढ्नुहोस् »

सुनसरीमा जङ्गली हात्तीको आतङ्क Wednesday, January 4th, 2017

इनरुवा, २० पुस - सुनसरी पश्चिम कुशाहा गाविस–४ का योगेन्द्र उराव रातिको समयमा चयनले सुत्न पाउनुहुन्न । दिनभरि काममा थाकेर आराम गर्नका लागि घर आउने योगेन्द्रको आराम गर्ने सपना करिब चार महिनादेखि पूरा भएको छैन । कारण एउटै हो, जङ्गली हात्तीको आतङ्क । कोसी टप्पु वन्यजन्तु आरक्षबाट दैनिकरुपमा राति र दिउँसोको समयमा निस्कने हात्तीको आतङ्कले उहाँ हैरान मात्र नभई आजित हुनु भएको छ ।..

पुरा पढ्नुहोस् »

सुनसरीमा पोखरीको पानीमा डुबेर तीन बालिकाको मृत्यु Wednesday, August 24th, 2016

 सुनसरी ८  भदौ  । सुनसरीको अमडुवा गाविस–९ स्थित रहेको पोखरीको पानीमा डुबेर  हिजो  दिउँसो तीन बालिकाको मृत्यु भएको छ । स्थानीय जनता प्राथमिक विद्यालयको नजिक रहेको पोखरीमा नुहाउन गएका बेला तीन बालिकाको डुबेर एकसाथ मृत्यु भएको स्थानीय शतेन्द्र मेहताले जानकारी दिनुभयो । गर्मी छल्न पोखरीमा नुहाउन गएको बेला स्थानीय ११ वर्षीया करुणा उराँव, १३ वर्षीया दिपीका उराँव र सोही ठाउँकी..

पुरा पढ्नुहोस् »

सुनसरीमा टिपरले ठक्कर दिँदा एकजनाको घटनास्थलमा नै मृत्यु Tuesday, February 2nd, 2016

इटहरी  १९ माघ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ स्थित हलगडा चोकमा आज बिहान टिपरले ठक्कर दिँदा एकजनाको घटनास्थलमा नै मृत्युभएको छ ।   को१३प ९११९ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको मे१ख १८२२ नंको टिपरले ठक्कर दिएपछि मोटरसाइकलका चालक धरान उपमहानगरपालिका–१३ निवासी यामबहादुर राईको घटनास्थलमै मृत्युभएको प्रहरीले जनाएको छ ।   मोटरसाइकल पछाडि बसेकी महिलाको..

पुरा पढ्नुहोस् »