सुर्खेत समाचार


बलात्कार प्रयास आरोपमा शिक्षक पक्राउ Wednesday, March 21st, 2018

सुर्खेत- दुई छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पञ्चपुरी–१० जामुको जनज्योति निमाविका शिक्षक युवराज शर्मालाई पक्राउ गरेको छ। कक्षा ७ मा अध्ययरत दुई बालिकालाई ‘चोखोपन’सँगै यौन उत्तेजना बढाउने औषधि दिएर आइतबार राति शर्माले बलात्कार प्रयास गरेका थिए। छात्राहरु सुतिरहेको कोठाभित्र राति १२ बजे प्रवेश गरेका उनी स्थानीयहरुले पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए।..

पुरा पढ्नुहोस् »

उडायो सपना सारा हुरिले ‘चिलगाडी’ चढ्ने रहर अधुरै Monday, October 30th, 2017

सुर्खेत , १३ कार्तिक। वर्षौपछि आँगनमै जहाज (चिलगाडी) अवतरण हुँदा कालिकोटको कोटवाडाका स्थानीयमा खुसीको सीमा थिएन । कोटवाडास्थित सुनथराली विमानस्थलमा जहाज हेर्न गाउँलेको लर्को नै लागेको थियो । अन्नपूर्ण पोस्ट्मा समाचार छ । अघिल्लो वर्षको माघ २९ गते कोटवाडामा पहिलोपटक जहाज अवतरण गर्दा स्थानीयले अविरजात्रा नै गरे । नजिकबाट जहाज नदेखेका उनीहरूले आँगनबाटै चिलगाडी चढ्न..

पुरा पढ्नुहोस् »

स्यालले टोक्दा १८ जना घाइते Thursday, September 7th, 2017

सुर्खेत, २२ भदौ । सुर्खेतको  गुर्भाकोट नगरपालिकामा स्यालको टोकाईबाट १८ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका–४ को मिलनचोक, आँपखोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीय बासिन्दालाई  स्यालले टोकेको हो । बुधबार बेलुका मात्रै ९ जना र आज बिहीबार ९ जना गरी १८ जनालाई टोेकेको स्वास्थ्य चौकी सहारेका प्रमुख किरण वलीले बताउनुभयो । घाइतेहरुलाई रेबिज विरुद्ध दिइने खोप..

पुरा पढ्नुहोस् »

मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु Wednesday, July 13th, 2016

बाँके २९ असार । चालु आर्थिक वर्ष २०७२÷७३मा मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको छ । बाढी, हावाहुरी, आगलागी, चट्याङ लगायतका दैवी प्रकोपबाट ७५ जनाको मृत्यु हुनुका साथै रु ७४ करोड २० लाख ८२ हजार बराबरको भौतिक सम्पत्ति क्षति भएको हो । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका अनुसार दैवी प्रकोपबाट दुई हजार ७२१ घर गोठ क्षति भएका छन् । यस्तै २७३..

पुरा पढ्नुहोस् »

सुर्खेतमा होलीको बहानामा उत्श्रृंखल ब्यबहार गर्ने बीस जना पक्राउ Wednesday, March 23rd, 2016

सुर्खेत १०  चैत  । सुर्खेतमा होलीमा उदण्ड मच्चाउने २० जनालाई प्रहरीले पक्राउ गरेको छ । रंग हान्ने बहानामा विभिन्न उत्श्रृंखल गतिविधि गरेको भन्दै प्रहरीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा १८ जना सुर्खेतका छन् भने २ जना दैलेखका छन् । सुर्खेतमा पक्राउ परेका व्यक्तिले मादक पदार्थ सेवन, होहाल्ला गर्ने, झैझगडा गर्ने र हेल्मेट नलगाएर मोटरसाईकल चलाएकाले..

पुरा पढ्नुहोस् »

बाँकेमा गुडिरहेको गाडीमा अागलागी, सात जनाको मृत्यु Wednesday, October 21st, 2015

बाँके ४ कात्तिक । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको खासकुस्मा गाविस-८ चपरगौरीमा यात्रुवाहक बस दुर्घटनामा परी आगलागी हुँदा सात जना यात्रुको जलेर मृत्यु भएको छ। बसमा करिब ५५ जना यात्रु रहेको प्रहरीले अनुमान गरेको छ । दुर्घटनापछि जलेको बसबाट सात जनाको शव निकालिएको छ । शव पूर्ण रुपमा जलेकाले पहिचान गर्न सकिएको छैन ।    बुटवलबाट नेपालगन्ज जाँदै गरेको लु१ख ५८२८ नम्बरको बस..

पुरा पढ्नुहोस् »

क्षमताभन्दा बढी यात्रु राख्न नपाइने नियम सुर्खेतमा कार्यान्वयन Monday, December 22nd, 2014

सुर्खेत पुष ७/ सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्न नपाइने नियम सुर्खेत जिल्लामा कार्यान्वयन हुन थालेको छ। यसअघि गाडीको छतमा समेत यात्रु कोचेर चल्ने गाडीले आजभोलि छतमा यात्रु बोक्न छाडेका छन्। जिल्लाबाट बाहिरिने र जिल्लामा भित्रिने गाडीले क्षमताभन्दा बढी यात्रु राख्न, छतमा चढाउन र धेरै सामान बोक्नसमेत छोड्न थालेका छन्। नियमविपरीत चल्ने गाडीमा स्थानीय प्रशासनले..

पुरा पढ्नुहोस् »

सुर्खेतमै बनेको हाँस्य टेलिश्रृङ्खला “चटारो” ले छोटो समयमै बजार तताउंदै Wednesday, November 5th, 2014

सुर्खेतमै पहिलो पटक हाँस्य टेलिश्रृङ्खला “चटारो” प्रशारण भएको छ । जसले आफ्नो प्रसारणको दोसा्रे भागमै दर्शकबाट उत्साहजनक साथ समेत पाइृरहेको छ ।छायाँङ्कन देखी सम्पादन कार्य समेत सुर्खेतमै गरिएको भएतापनि राष्टिृय स्तर बराबरको उत्कृष्ट बनेको प्रतिक्रिया समेत पाएको छ । सप्तरङ्गी मोडल आर्टस्को प्रस्तुतीमा हाँस्य टेलिश्रृङखला “चटारो” समावेशी टेलिभिजनमार्फत् प्रशारण भएको..

पुरा पढ्नुहोस् »

पीडीएविरुद्धको बन्दमा जनताले गरे प्रतिकार Saturday, September 20th, 2014

सुर्खेत, असोज ४ गते । माथिल्लो कर्णाली जलबिद्युत आयोजनाको परियोजना विकास सम्झौता ९पीडीए० को विरोधका लागि सुर्खेतलगायत कर्णाली र भरी क्षेत्रमा आव्हान गरिएको बन्दलाई जनताले प्रतिकार गरेका छन्। पीडीएको विरोध गर्दै आएका केही दलहरु र माथिल्लो कर्णाली सरोकार समितिले शनिवार बन्द आव्हान गरे पनि स्थानीय जनताले बन्दलाई ठाडै प्रतिकार गरेपछि बन्दकर्ता नै सडक चोकबाट भागेका थिए ।..

पुरा पढ्नुहोस् »

कसैलाई हाँसो, कसैलाई आँसु: आँसुले बगायो देवीसराको तीज Thursday, August 28th, 2014

सुर्खेत,भदौं १२ गते । घरभरि छोरी ज्वाँइ र नातिनातिना । बिहानैदेखि साँझसम्म दर खुवाउँदै व्यस्त । बरु ऋण किन नलागोस लोकल कुखुराको मासु, खाने पिउने व्यवस्था । साँझ ढल्किएपछि आँगनमा तीनको छुट्टै रौनक । विगतका यी तीज ६५ वर्षीया देवीसरा कामीका लागि अब संझनामा मात्र सीमित भएका छन् । चार छोरीकी आमा उनी तीजको बेला आफूलाई निकै सम्पन्न ठान्थिन् । बिहेवारी गरेर आ आफ्नो घर गएका उनीहरु..

पुरा पढ्नुहोस् »

सर्बोत्कृष्ट पुरस्कार हिमाली सहकारीलाई Saturday, August 23rd, 2014

कृष्ण आचार्य सुर्खेत, भाद्र ७ गते । सुर्खेतमा सञ्चालन भएको हिमाली बचत तथा ऋण सहकारी संस्था देशभरीकै सहकारी मध्ये उत्कृष्ट सहकारी घोषणा भएको छ । नेपाल बचत तथा केन्द्रीय सहकारी संघ नेप्स्कोनले आफ्नो २७ औं स्थापना दिवसको अवसरका हिमाली बचत तथा ऋण सहकारी संस्था सुर्खेतलाई उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत गरेको छ । सहकारीले लघुवित्त सहकारी योजना कार्यक्रम मार्फत पुरस्कार..

पुरा पढ्नुहोस् »