सोलुखुम्बु समाचार


१४१ जनाले सगरमाथाको शिखर चुमे Wednesday, May 16th, 2018

सोलुखुम्बु । ८,८४८ मिटर उचाइ रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको २२औंपटक सफल आरोहण गरी कामीरिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । ४८ वर्षीय शेर्पाले आरोहणको चौथो दिन बुधबार बिहान ८ बजेर ३० मिनेटमा सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको सरकारका तर्फबाट सगरमाथा आधारशिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । कामीरिताले यसअघि २१ पटक..

पुरा पढ्नुहोस् »

सोलुखुम्बुमा वाम गठबन्धन र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप Friday, November 10th, 2017

सोलुखुम्बु २४ कार्तिक  । सोताङमा वाम गठबन्धन र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । आज भएको झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र काँग्रेसका जिल्ला कोषाध्यक्ष पेमा तामाङ घाइते भएको प्रहरीले जनाएको छ । घाइते नेपालीको सोताङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तथा तामाङलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको छ ।   वाम गठबन्धनले पूर्व निर्धारीत..

पुरा पढ्नुहोस् »

सोलुखुम्बुमा १३ वर्षीय बालकमाथि गोली प्रहार गर्ने तीन जना बन्दुकसहित पक्राउ Sunday, October 15th, 2017

सोलुखुम्बु, २९ असोज  । सोलुखुम्बुको दुधकौशिका गाउँपालिका–३ लोखिममा १३ वर्षीय बालक टङ्कराम राईलाई गोली प्रहार गरी घाइते बनाउने तीन जनालाई अवैध बन्दुक र गोलीसहित प्रहरीले पक्राउ गरेको छ । लोखिम निवासी कमल राईका १३ वर्षीय छोरा टङ्कराम गोठमा बस्दै आएको र गोठ नजिकै ओखर टिप्न गएको बेला गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक रेशमबहादुर..

पुरा पढ्नुहोस् »

सगरमाथामा अक्सिजन चोरको बिगबिगी,अतिरिक्त अक्सिजन प्रयोगका लागि भन्दै चुचुरोमा नपुग्दै चोरी Tuesday, September 19th, 2017

सोलुखुम्बु असोज ३ । अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ । उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले अक्सिजनका सिलिन्डर लगेका हुन्छन्, केही बेर अक्सिजन नपाएमा छटपटिएर मर्नुपर्ने त्यो ठाउँमा अक्सिजनका सिलिन्डर नै चोरी हुँदा कतिको ज्यानै जोखिममा पर्ने..

पुरा पढ्नुहोस् »

नगरपालिका प्रमुख बन्न अमेरिकी ‘पिआर परित्याग’ Monday, April 24th, 2017

 सोलुखुम्बु  ११ वैशाख,। सोलुखुम्बुको एक मात्र नगरपालिका सोलु दूधकुन्ड नगरपालिकाको प्रमुख पदको उम्मेदवार बन्न नेकपा (एमाले)का नेता आङ दामी शेर्पाले अमेरिकी स्थायी बसोवास अनुमति पत्र “पिआर) परित्याग गर्नुभएको छ ।” प्रमुखको आकाङ्क्षी रहनुभएका शेर्पाले एक महिना अघि नै पिआर त्याग्नुभएको हो । शेर्पाले भन्नुभयो “पिआर नत्यागे पनि उम्मेदवार बन्न त पाइन्थ्यो तर विपक्षीले..

पुरा पढ्नुहोस् »

मासिक रुपमै तलब पाउने भएपछि सोलुखुम्बुका शिक्षक हर्षित Monday, February 13th, 2017

सोलुखुम्बु २ फागुन। शिक्षकहरुले मासिक रुपमा नै तलब बुझ्न पाउने भएपछि सोलुखुम्बुका शिक्षकले खुसी व्यक्त गरेका छन् । चौमासिक रुपमा तलब बुझ्दै आएका शिक्षकले मासिक तलब बुझ्दा व्यावहारिक खर्च चलाउन सहज हुने प्रतिक्रिया दिएका छन् । शिक्षा मन्त्रालयले मासिक रुपमा तलब बुझ्न पाउने व्यवस्था मिलाउन क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लालाई पत्राचार गरेको छ ।   यसबारे अघिल्लो..

पुरा पढ्नुहोस् »

सोलुखुम्बुमा ‘अहिलेसम्मकै बढी’ हिमपात, खुम्जुङको तापक्रम माइनस ११ डिग्री Saturday, January 28th, 2017

सोलुखुम्बु, माघ १५ । सोलुखुम्बुमा शुक्रबार राति अहिलेसम्मकै सबैभन्दा बढी’ हिमपात भएको छ । शुक्रबार बिहान करिब १० बजेदेखि पर्न सुुरु भएको हिमपात राति निकै अबेरसम्म जारी रहेको थियो । जिल्लाको खुम्जुङलगायतको माथिल्लो बस्तीमा चार फिटभन्दा बढी हिउँ जमेको छ भने दूधकुन्ड नगरपालिकालगायतको क्षेत्रका डाँडापाखा पनि हिउँले सेताम्मे भएका छन् । यस वर्ष यसअघि पुस महिनाको दोस्रो..

पुरा पढ्नुहोस् »

अठार वर्षपछि सोलुखुम्बुका अभियुक्त पक्राउ Wednesday, June 1st, 2016

  सोलुखुम्बु १९ जेठ। पुनरावेदन अदालतले जन्मकैद फैसला सुनाएपछि फरार रहेका एक अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन् ।   सोलुखुम्बुको मुक्ली घर भएका ४८ वर्षीय तुलवीर राईलाई २०५५ सालमा पुनरावेदन अदालतले कर्तव्य ज्यान मुद्दाअन्तर्गत २० वर्षको कैद सुनाएको थियो । गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले..

पुरा पढ्नुहोस् »

पर्यटकीय बजार लुक्लास्थित एक होटलमा युवतीको शव फेला Wednesday, April 20th, 2016

सोलुखुम्बु ८ वैशाख  । पर्यटकीय बजार लुक्लास्थित एक होटलमा युवतीको शव भेटिएको छ ।   गुदेल– ५ सोलुखुम्बु स्थायी घर भएकी २१ वर्षीया रेविना राईको गए राति बास बसेकै कोठामा शव फेला परेको प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।   चौँरीखर्क– ५ टोकटोकस्थित मिलन थापा मगरको होटलमा काम गर्दै आएकी राईको मृत्युबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ । राईको शव..

पुरा पढ्नुहोस् »

सोलुखुम्बुमा निरिक्षकलेनै अमर्यादित कार्य गर्नखोजेपछि निस्कासन गरियो Sunday, April 3rd, 2016

भोजराज कार्की सोलुखुम्बु चैत्र २१ - सोलुखुम्बुको गार्मा माध्यमीक विद्यालय परिक्षा केन्द्रमा अमर्यादित कार्य गर्न खोज्ने एक निरिक्षकलाई निस्कासन गरिएको छ । पाठ्क्रम बिकास केन्द्र सानोठिमी भक्तपुरका कार्यकारी निर्देशक सहितको टोलिले प्रवेशीका परिक्षाको अनुगमन गर्दा खड्का थरका निरिक्षकले अमर्यादित कार्य गर्न खोजेको पाईएकोकाले कार्वाहि गरेको हो । अनुगमनको क्रममा हिजो..

पुरा पढ्नुहोस् »

भूकम्पका कारण सगरमाथामा खाल्डा र चिरा Sunday, March 27th, 2016

सोलुखुम्बु १४ चैत  । गत वैशाखको भूकम्पका कारण सगरमाथामा ठूला खाल्डा र चिरा परेको भेटिएको छ ।   सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथा आधार शिविरबाट माथि गएका आइसफल डाक्टरले यस्तो पत्ता लगाएका हुन् । आइसफल डाक्टरका कमान्डर आङ कामी शेर्पाले भन्नुभयो “सगरमाथा चढ्ने बाटोमा यति ठूला खाल्डा र चिरा यसअघि देखिएको थिएन, यस वर्ष त डरलाग्दो रहेछ” ।   दुई वर्षदेखि आरोहण हुन..

पुरा पढ्नुहोस् »