हुम्ला समाचार


प्रधानाध्यापकद्वारा आफ्नै छात्रासँग जबरजस्ती अनैतिक कार्य, बालिकाको रहस्यमय मृत्यु  Thursday, February 15th, 2018

काठमाडौ  हुम्ला नाम्खा गाउँपालिकाकी छात्रा सिचुडोमा लामाको रहस्यमय हत्या प्रकरणको छानवीन गरी पीडितलाई न्याय दिलाई दिन सरोकारवालाहरुले अनुरोध गरेका छन् । उनीहरुले काठमाडौको संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै सोही अनुरोध गरेका हुन् । पत्रकार सम्मेलनमा हुम्लाबाट प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामाले घटना रहस्यमय भएको बताउँदै छानविन गरी दोषिलाई कारवाहीको माग गरेका..

पुरा पढ्नुहोस् »

घर पोत्ने माटो लिन जाँदा ढिस्कोले पुरिएर ज्यान गयो Tuesday, September 12th, 2017

हुम्ला   हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर ३ मा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु हुनुका साथै एकजना गम्भिर घाइते भएका छन् । दशैको लागी घर पोत्ने कमेरो माटो खन्न गाउँ नजिकै पुछिमधारा भन्ने ठाउँमा गएकी अदानचुली गाउँपालिका ३ की लक्ष्मी फडेराको मृत्यु हुनुका साथै सोही वडाकी असली थापा गम्भिर घाइते भएकी हुन् । दशैमा नजिकै आउन लागेकै बेला कमेरो माटोले घर पोत्ने भन्दै..

पुरा पढ्नुहोस् »

पर्यटन विकासले हुम्लालाई आत्मनिर्भर बनाउँछः जीवन शाही  Saturday, June 10th, 2017

काठमाडौं  २७ जेठ । पूर्वमन्त्री हुम्ला जिल्ला कर्णालीकै लागि पर्यटन विकासका लागि नमूना भएको बताएका छन् । हुम्लालाई विकासबाट कसैले रोक्न नसक्ने बताए । कर्णाली करिडोरमा सडक निर्माण गरेर जिल्लालाई पर्यटन क्षेत्रमा विकासको थप उचाईमा उठाउन हुम्लीहरु एकजुट हुनुपर्नेमा जोड दिए । शनिबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा ‘हुम्ला जिल्लाको पर्यटन विकास र प्रवद्र्धन विषयक’..

पुरा पढ्नुहोस् »

परिचय फेर्दै कर्णाली राजमार्ग, घट्दै सवारी दुर्घटना Wednesday, August 24th, 2016

काशी पोख्रेल बाँके ८ भदौ । मृत्यु मार्गले आफ्नो छवि बिगारेको कर्णाली राजमार्गमा पछिल्ला बर्ष सवारी दुर्घटनामा कमी आएको छ । यो सँगै कर्णाली राजमार्गले आफ्नो परिचय बदल्दै छ । हरेक वर्षझैं ठुला सवारी दुर्घटनामा थुप्रै नागरिकले अनाहकमा ज्यान गुमाउनु परेका समाचारले यो सडकमा यात्रा गर्ने यात्रु त्रसित बनेका थिए । पछिल्ला तीन वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने सवारी..

पुरा पढ्नुहोस् »

हुम्लामा चट्याङले घर र गाईभैँसी क्षति Tuesday, June 7th, 2016

हुम्ला  २५ जेठ । यहाँको दक्षिणी भेगमा पर्ने जैर गाविसमा हालै चट्याङ पर्दा घर र गाईभैँसीलाई क्षति पु¥याएको छ ।   चट्याङबाट जनक दमाईंको दुईतले घरमा अन्न, भाँडालगायत रु पाँच लाख बराबरको क्षति भएको र दसेर दमाईंको रु पाँच लाख आठ हजार, खाम्पा रावत क्षेत्रीको रु पाँच लाख पूर्व बहादुर रावलको रु ११ लाख बराबरको क्षति पुगेको छ । गाईबस्तु ३५ वटा क्षति भएका छन् ।   उक्त क्षतिको विवरण..

पुरा पढ्नुहोस् »

जिल्लामा पहिलोपटक ‘हुम्ला सांस्कृतिक महोत्सव’ Monday, May 30th, 2016

हुम्ला  १७ जेठ,। जिल्लामा पहिलोपटक ‘हुम्ला सांस्कृतिक महोत्सव’को आयोजना गरिएको छ ।   सञ्जीवनी कला केन्द्र र जिल्ला विकास समितिले संयुक्तरुपमा आइतबारदेखि आयोजना भएको महोत्सवमा जिल्लाका २७ गाउँ विकास समितिले भाग लिएका छन् ।   महोत्सवमा पुराना सांस्कृतिक झाँकी, महाकाल, ढाल, तरबार, देउडा गीत, छुटके नाच, लोक गीत, नृत्य गरी ३७ टोलीले भाग लिएका छन् ।   गणतन्त्र दिवसका..

पुरा पढ्नुहोस् »

हुम्लामा अज्ञात रोगले लियो एकसातामै १४ जनाको ज्यान Monday, April 25th, 2016

 हुम्ला १३ बैशाख  । एकसातादेखि फैलिएको अज्ञात रोगको कारण हुम्लामा एकै घरका तीनसहित राया र स्याँडा गाविसमा १४ जनाको मृत्यु भएको छ । स्याँडा ५ भजने रोकायाका रंगविरे रोकाया र भ्याँली रोकाया, स्याँडा –४ की लामती बुढा, भद्रवीर बुढा, ढोली बुडा र धनराज बुढाको मृत्यु भएको स्थानीय छक्क बहादुर बुढाले बताए । उनका अनुसा मृत्यु हुनेमा १९ देखि ७२ वर्ष सम्मका छन् । त्यस्तै राया गाविसमा..

पुरा पढ्नुहोस् »

कर्णालीमा खडेरी, अनाज भन्दा बढी पानीको अभाव भयो Thursday, April 7th, 2016

कर्णाली २५ चैत   । पुस्तौदेखि प्रयोग गर्दै आएको पानीको मूल सुकेपछि मुगुको रारा गाविस मुर्मा गाउँका बासिन्दा चर्को समस्यामा छन् । करिब ७० घरधुरी रहेको यो गाउँका बासिन्दालाई खानेकुरा भन्दा घरलाई एक गाग्री पानी लिन रातभर जाग्राम बस्नुपर्छ । “कहिल्यै नसुकेको पानीको मुहान यसपटक सुकेपछि गाउँनै काकाकुल भएको छ,” स्थानयि धनसिंह रोकायाले भने । रुगा गाविसका डेढ सय दलित परिवारलाई..

पुरा पढ्नुहोस् »

काँग्रेस हुम्लामा सभापतिमा दयपति रोकाय निर्वाचित Monday, February 15th, 2016

हुम्ला,३   फागुन । नेपाली काँग्रेस हुम्ला जिल्ला अधिवेशनबाट सभापतिमा दयपति रोकाय निर्वाचित हुनुभएको छ ।   त्यस्तै सचिवमा मोहनविक्रम सिंह, कोषाध्यक्षमा दीपकबहादुर सिंह, महिला सदस्यतर्फ रीता भण्डारी, जनजातितर्फ ताराबहादुर लामा, दलिततर्फ हृदय सुनार, अपाङ्गता भएकातर्फ मदन रोकाय, खुलाबाट कैलाश भण्डारी, बलबहादुर खत्री, मानवीर शाही र सुत रावल निर्वाचित हुनुभएको छ ।..

पुरा पढ्नुहोस् »

हुम्लाका जनता महँगीको मारमा Tuesday, December 22nd, 2015

हुम्ला ७ पुस  । नाकाबन्दी लगायत अन्य कारण देखाउँदै दैनिक उपभोग्य वस्तुको मूल्य एक्कासि वृद्धि भएको छ ।   पहिले प्रतिलि रु २८० मा पाइने धारा ब्रान्डको तेल अहिले प्रतिलि रु ३६० रहेको छ भने मोटा चामल प्रहिले प्रतिकेजी रु १२० पर्नेमा अहिले प्रतिकेजी रु १५२ पर्ने गरेको छ ।   डाडाँफ्या गाविसका प्रति परिवारलाई भाग प्रणालीअनुसार पाँच केजी मात्र पाउने भएकाले नपुग चामल व्यापारीले..

पुरा पढ्नुहोस् »

एक प्याकेट चाउचाउको मुल्य ५० रुपैयाँ Wednesday, July 30th, 2014

हुम्ला साउन १४ गते । नेपाल खाद्य संस्थान हुम्लाले तोकिएको कोटाअनुसार जिल्लामा खाद्यान्न ढुवानी गर्न नसक्दा खाद्य सङ्कट भएको छ । यस वर्ष जिल्लामा कोटाअनुसार छुट्टयाइएको ३ सय क्विन्टल चामल ढुवानी हुन नसक्दा जिल्लामा खाद्यान्न अभाव भएको हो । यता खाद्य संस्थान हुम्लाले भने वर्षायाम सुरु भएको र मौसम खराब भएपछि बाँकी खाद्यान्न ढुवानीमा समस्या भएकाले जिल्लामा खाद्यान्नको..

पुरा पढ्नुहोस् »