भारत सरकारले कोइला निर्यातमा प्रतिबन्ध लगाए पनि दैनिक हजारौं टन कोइला नेपाल भित्रिँदै

प्रकाशित मिति: १ माघ २०७६, बुधबार ०६:५७

१ माघ, रौतहट । भारत सरकारले कोइला निर्यातमा प्रतिबन्ध लगाए पनि दैनिक हजारौं टन कोइला त्यहाँबाटै नेपाल भित्रिने गरेको पाइएको छ ।  भारतले कोइला निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालसँग जोडिएको बिहारको बैरगनिया नाका भएर रौतहटको गौरतर्फ दैनिक १० ट्रकसम्म आयात हुने गरेको हो ।

बिहारको वैरगनियाको नाममा आउने कोइला नक्कली कागजातको आधारमा भारतीय कस्टम (भन्सार) र एसएसबीको सहयोगमा गौर भन्सार कार्यालयमासम्म पुर्‍याइने गरेको छ ।

गौर भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्ले भारतले कोइला निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालले भने रोक नलगाएको बताउँछन् । ‘नेपाली भन्सारसम्म कोइला बोकेर आइपुगेका ट्रकहरूलाई नियमानुसार राजस्व लिएर पठाउने गरिएको छ’, उनले भने ।

भारतले निर्यातमा कडाइ गरेपछि नेपालमा कम मात्रामा काेइला आइरहेको र यसले राजस्व संकलनमा सहयोग गरिरहेको उनको भनाइ छ ।

नेपाल सरकारले कोइलामा प्रतिकिलो ८ रुपैयाँ भन्सार, ५ प्रतिशत राजस्व र १३ प्रतिशत भ्याटसमेत लगाउने गरेको गौर भन्सार कार्यालयले जनाएको छ । २४–४० टनसम्म कोइला बोक्ने प्रतिट्रकको भन्सार ८० हजारदेखि लिएर एक लाखसम्म हुने गरेको गौर भन्सार कार्यालयको तथ्याङ्कले देखाउँछ ।

भारतले गुवाहाटी, मेघालय, मिजोरमलगायतका स्थानहरूबाट कोइला निर्यात गर्न पूर्ण रूपमा रोक लगाएको छ । तर, सिमापारि विहारको वैरगनियामा तयार पारिने नक्कली बिल र कागजातकै आधारमा कोइला नेपाल भित्रिरहेको छ । यसमा भारतीय कष्टम, एसएसबी र नेपाली भन्सारको मिलेमतो हुने गरेको दाबी स्रोतको छ ।

(Visited 118 times, 1 visits today)

१ माघ २०७६, बुधबार ०६:५७ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....