काबुल आक्रमणमा परि मृत्यु हुनेको सङ्ख्या १ सय ७५ पुग्यो

प्रकाशित मिति: १२ भाद्र २०७८, शनिबार ०४:०६

अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा भएको आत्मघाती आक्रमणमा परि मृत्यु हुनेको सङ्ख्या १ सय ७५ पुगेको छ । काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको एबी ढोका र ब्यारेन होटलमाथि बम बिस्फोट हुँदा हालसम्म १ सय ७५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनामा दर्जनौं घाइते भएका छन् । यसैबीच, अमेरिकी पेन्टागन कार्यालयका प्रवक्ता जन किर्बीले काबुलमा फेरि आत्मघाति आक्रमण हुन सक्ने भन्दै चेतावनी दिनुभएको छ । उहाँका अनुसार हालसम्म ५ हजारभन्दा बढी अमेरिकी नागरिकलाई काबुलबाट सुरक्षित निकालिएको छ भने १ लाख १० हजार मानिसलाई हवाई उद्दार गरिएको छ । अझैपनि ५ हजार नागरिक काबुलमै रहेका छन् ।

(Visited 12 times, 1 visits today)

१२ भाद्र २०७८, शनिबार ०४:०६ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....