नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग पहिलो मैत्रीपूर्ण फुटबल खेल्दै

प्रकाशित मिति: १७ भाद्र २०७८, बिहीबार ०४:०७

नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग पहिलो मैत्रीपूर्ण फुटबल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपरान्ह साढे ५ बजेबाट सुरु हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म आयोजना हुने तालिका रहेको छ । यसैबिच नेपाल र भारतबीच हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दर्शकले प्रवेश पाउने भएका छन् । खेलको अघिल्लो दिन हिजो पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई प्रवेशका लागि प्रशासन र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)बाट अनुमति प्राप्त भइसकेको बताउनुभयो । कोभिड–१९ विरुद्धको दुवै डोज खोप लगाएका वा पीसीआर नेगेटिभ रिपोर्ट भएका दर्शकलाई मात्र प्रवेश अनुमति दिइने एन्फाले जनाएको छ ।

(Visited 228 times, 1 visits today)

१७ भाद्र २०७८, बिहीबार ०४:०७ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....