धादिङ ट्रक दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ७ पुग्यो, सबैको सनाखत

प्रकाशित मिति: ८ माघ २०७६, बुधबार ०२:२३

धादिङको निलकण्ठ नगरपालिका-८, ससाह ज्यामिरेमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ भने मृतक सबैकाे परिचयसमेत खुलेकाे छ ।

ज्यान गुमाउनेहरुमा नीलकण्ठ नगरपालिका-२, भुलभुलेका तिलकबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, प्रेमबहादुर गुरुङ, बिदुर गुरुङ, बलबहादुर गुरुङ, सेते गुरुङ, ध्वजबहादुर गुरुङ रहेका छन् ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै र ४ जनाको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानाकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका ३२ जनामध्ये १० जनालाई हेलिकप्टरबाट र ६ जनालाई एम्बुलेन्सबाट काठमाण्डौको ट्रमा सेन्टरमा  पठाइएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानाकारी दिनुभयो ।

धादिङको ज्वालामुखी गाउँपालिका-४, ढोलामण्डलीको दर्शन गरेर फर्किँदै गरेका यात्रु बोकेको ग १ ख ८०१२ नम्बरको ट्रक दुर्घटना भएको  थियो । घाइते भएकामध्ये बाँकी सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

(Visited 80 times, 1 visits today)

८ माघ २०७६, बुधबार ०२:२३ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....