चितुवाको छालासहित दाङबाट दुई जना पक्राउ

प्रकाशित मिति: १४ माघ २०७६, मंगलवार ०३:००

माघ १४ । चितुवाको छालासहित प्रहरीले दाङबाट दुई जनालाई पक्राउ गरेको छ ।

दंगिशरण गाउँपालिका १ का चेतबहादुर पुन र २४ वर्षीय सौगात घर्तिलाई प्रहरीले चितुवाकाे छालासहित साेमबार बेलुकी ५ बजे घोराहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चितुवाको छाला बाेकेर हिँडिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पछ्याउँदै जाने क्रममा दाङ घोराही उपमहानगरपालिका १४ काे नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

उनीहरुले बोकेको झोला जाँच गर्दा झोलाभित्र प्लास्टिककाे बोरामा लुकाइ राखेको टाउको (बङ्गरा) देखि पुच्छरसम्मको पूरै भाग भएको चितुवाको छाला भेटिएकाे हाे । उनीहरुलाई  नियन्त्रणमा लिइ अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत, प्रहरी नायब उपरीक्षक (डीएसपी)  सुमित खड्काले जानकारी दिनुभयो ।

(Visited 68 times, 1 visits today)

१४ माघ २०७६, मंगलवार ०३:०० मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....