भेरी नदिमा फेरी सेवा बन्द हुदाँ यातायात अवरुद्ध

ZEN Travels

सल्यान साउन १५ गते ।
सल्यान सल्ली वजार– जाजरकोट जोड्ने सडक खण्डको एक मात्र माटरबाटो अन्र्तगत भेरी नदिको बहाव बढेसँगै यातायात सेवा ठप्प भएको छ । फेरी सेवा बन्द हुदा सल्लीवजार भएर जाजरकोट आवत जावत गर्ने यातायातका साधनहरु भेरी वारीपारी रोकिएका छन् । भेरी नदिको बहाव बढेसँगै फेरि सेवा बन्द भएपछि सर्वसाधरणहरु मर्कामा परेका छन् ।

यातायातका साधन चल्न छोडेपछि सुर्खेत तथा जाजरकोटमा दैनिक उपभोग्य सामानहरुको अभाव समेत हुन थालेको छ । सवारी साधन बन्द भएपछि पछि मानिस तथा गोडा खच्चरबाट मालसामान ढुवानी गर्दा उपभोक्ता चर्को मुल्य चुकाउन बाध्य भएका छन् । जाजरकोट, सुर्खेत, दैलेखका हजारौ यात्रीहरु यहि बाटोभएर आवातजावत गर्ने गर्दछन् ।

वर्षातको सयममा बर्षेनि यस्तो समस्या झेल्दै आएको र यसले गर्दा आवतजावत गर्ने यात्रुहरु समेत समस्यामा परेको स्थानीय इन्द्र वुढाथोकीले भनाई छ । उहाले भन्नु भयो– भेरीमा पक्की पुल नवने सम्म यस्तै समस्या दोहोरी रहन्छ । नदिको बहाव नघ्दासम्म फेरि सञ्चालनमा ल्याउन समस्या हुने फेरि संचालक चन्द्र थापाले जानकारी दिनु भयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला