उडिरहेकाे हेलिकाेप्टरबाट साेलुखुम्बुमा जस्तापाता खस्याे

प्रकाशित मिति: ११ फाल्गुन २०७६, आईतवार ०३:४२

  फागुन ११ सोलुखुम्बुमा उडिरहेको हेलिकोप्टरबाट जस्तापाता लगायत  निर्माणका सामाग्री खसेको छ ।

सोलुदूधकुण्ड नगरपालिका १ काे टाक्सिन्दु डाँडाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गोसहित उडेको हेलिकोप्टरबाट ती सामग्री खसेको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । सोलुखुम्बुको लागि यो घटना भने पहिलो होइन ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) महेन्द्र दर्नालका अनुसार शनिबार बिहान साढे १० बजे सोलुदूधकुण्ड नगरपालिका १ को लुङ्दिङ खोलाकाे जङ्गलमा २ रोल म्याटिस र इको प्यानलको ३१ थान जस्तापाता खसेको हो । कैलाश एअरको ९ एनएएमटीको हेलिकोप्टर दिङ्बुचेका कुलबहादुर तामाङको निजी सामाग्री लिएर टाक्सीन्दुबाट उडेको थियो ।

घटनाकाे विषयमा कैलाश हेलिकोप्टर सर्भिसेज प्रालीका जनरल म्यानेजर प्रतापजङ्ग पाण्डेले भने आफू नेपालबाहिर भएकाले जानकारी नभएको भन्दै आफ्नो कम्पनीको कमजाेरी लुकाउन खोज्नुभयो । टेलिफोन संवादमा उहाँले आफूले घटनाको विषयमा केही पनि जानकारी नभएको भन्दै अन्य कसैको सम्पर्क नम्बर उपलब्ध गराउने बताए पनि लामो समयसम्म अरु कसैकाे फाेन नम्बर उपलब्ध गराउनु भएन ।

(Visited 33 times, 1 visits today)

११ फाल्गुन २०७६, आईतवार ०३:४२ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....