काबुलमा सुरक्षित मतदान गराउन प्रतिबद्धता

ZEN Travels

काबुल, १३ चैत । अफगानिस्तानका आन्तरिक मामिला मन्त्री उमर दाउजाइले आगामी अप्रिल ५ मा सम्पन्न हुन गइरहेको राष्ट्रपतीय निर्वाचन कार्यक्रम सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मुलुकका तालिवान विद्रोहीको चरम दुःख र धम्की बाबजूद सो निर्वाचनलाई पूर्ण सुरक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नरहने समेत  उहाँले बतानुभएको छ । बढ्दो तालिवानी दबाब र सिर्जित आतङ्कबीच आगामी हप्ता अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचन हुँदैछ । यस निर्वाचनले प्रजातान्त्रिक प्रद्धतिबाटै शक्ति हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ । निर्वाचनलाई बिथोल्न र असफल बनाउन तालिवान विद्रोहीहरुले बम प्रहार तथा निर्वाचन केन्द्रहरुमा आक्रमण गर्ने खुलेआम चेतावनी दिइरहेका छन् ।त्यसैलाई दृष्टिगत गरी काबुलमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको र साथै मुलुकमा अन्य संवेदनशील स्थानमा पनि तुलनात्मक रुपले सुरक्षा कडा पारिने मन्त्री दाउजाइले बताउनुभएको छ ।बढ्दो हिंसा र आतङ्कवादले सरकारलाई चिन्तित र सर्तक बनाएको छ । आतङ्ककारीहरुले जतिसुकै डर त्रास देखाएपनि हामी आम जनसमुदायलाई ढुक्क भई मतदानमा भाग लिन अनुरोध गर्दछौँ । “सरकारले नागरिक सुरक्षार्थ हरसम्भव प्रयत्न गरिरहेको हाम्रो दुश्मन सफल हुनसक्ने छैनन्” मन्त्री दाउजाइले सञ्चारमाध्यमलाई दिनुभएको अन्तरर्वार्तामा  बताउनुभएको छ ।बाह्र वर्षसम्म राष्ट्रपति कारजायी अफगानिस्तानको सत्तामा रहनुभएको र अझै पनि कर्मचारीतन्त्रलगायत धेरैजसो जनतामा उहाँकै प्रभाव रहेको छ । मङ्गलबारमात्र तालिवानी आत्मघाती आक्रमणकारी एक समूहले काबुलस्थित निर्वाचन आयोगको कार्यालयमा एक्कासी छिरेर र गोलीले आक्रमण गर्दा पाँच आक्रमणकारी सहित १० जनाको तत्कालै मृत्यु भएकाले सुरक्षित निर्वाचन हुनेमा आशङ्का बढेको छ ।गत हप्ता पनि निर्वाचन गतिविधि निरीक्षण गर्न आएको पत्रकार तथा टोलीउपर मध्य काबुलस्थित एक होटेल तालिवानहरुले आक्रमण गर्दा विदेशीसहित नौ जनाको मृत्यु भएको थियो ।घटनामा पाकिस्तानी तालिवानीहरुको पनि संलग्नता रहेको पाइएको थियो । अफगानिस्तानले पाकिस्तानको गुप्तचरी सेवालाई असक्षम र लाचार भनी दोषारोषण गर्दै आएको छ । तालिवानी सशत्र योद्धालाई बास दिई अफगानिस्तानको भूमिमा आक्रमण गर्दा आफू निस्फिक्री बस्न सक्ने भनी छिमेकी मुलकलाई दोष दिने क्रम तीव्र भएकाले पाकिस्तानले पनि कडा प्रतिक्रिया जनाएको छ । रासस÷एएफपी

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला