अब सामुदायिक बिधालयमा अंग्रेजी अनिवार्य

ZEN Travels

कामाण्डौ साउन २३ गते ।सामुदायिक विद्यालयले अब अनिवार्य अंग्रेजी माध्यमबाट विद्यार्थीलाई पढाउनुपर्ने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन अनिवार्य रुपमा अंग्रेजी माध्यमबाट पढाउनुपर्ने भएको राजधानी दैनिकमा खबर छ ।

शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट विद्यार्थीहरुलाई शिक्षा दिन मन्त्रीस्तरीय बैठकमा प्रस्ताव लैजाने तयारीसमेत गरेको छ । शिक्षा ऐनमा रहेका केही बुदाँ संशोधनका लागि कानुनी परामर्श गरिएको र संशोधनपछि मन्त्रिपरिषदमा लैजाने शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले जानकारी दिए । शिक्षामन्त्रीस्तरीय बैठकबाट शैक्षिक सुधारका लागि मार्गचित्र पनि तयार भइसकेको छ । मन्त्रिस्तरीय बैठकबाट तयार मार्गचित्रमा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ नहुँदा विद्यार्थी संख्या घटेकोले अनिवार्यगर्ने घोषणा गरिएको थियो । तर, कानुन अभावका कारण कार्यान्वयनका लागि समस्या भएकाले मनत्रालयले कानुन संशोधनसहित मन्त्रिपरिषदमा लैजान लागेको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला