दलित विद्यार्थीको छात्रावृति वितरणमा ४ सयको भरपाई २ सय मात्र वितरण

ZEN Travels

युवराज विष्ट /भोजपुर भदौ ,६ गते ।
भोजपुरको छिमेकी आम्तेक गा.वि.स मा रहेको लक्ष्मी नि.मा. वि. ले दलित छात्रावृती नियम विपरित बितरण गरेको खुलासा भएको छ । प्रति दलित बिद्यार्थी ४ सयको दरले बितरण गर्नु पर्ने रकम बिद्यालयले २ सयको दरले बितरण गरेको अभिभावकहरुले बताएका छन । बिद्यालयले २ सयको दरले बितरण गरेर जिल्ला शिक्षा कार्यलयमा ४ सयको फर्जि भरपाई बनाएर पेश गरेको थियो । जिल्ला शिक्षा कार्यलय भोजपुरले २४ दलित बिद्यार्थीको लागी प्रति बिद्यार्थी ४ सयका दरले बिद्यालयको खातामा ९ हजार ६ सय पठाएको भएपनी बिद्यालयले ४ हजार ८ सय मात्र बितरण गरेको छ । यता बिद्यालयका प्र.अ शेरबहादुर राईले भने बिद्यार्थीहरु विद्यालयमा निरन्तर रुपमा उपस्थीत हुन भनेर आधा रकम मात्र बितरण गरेको र बाँकी रकम पौषमा हुने बिद्यालयकोे बार्षिक उत्सवमा बाढ्ने निर्णय भएको बताए । यता जिल्ला शिक्षा अधिकारी बसन्त कोईराला भने यस विषयमा छानमिन गर्ने वताएका छन् । यसै गरि च्याङ्ग्रे गाविस रहेको औलिया–तौलिया प्राविले पनि विद्याथी बढी भएको भन्दै दलित छात्रवृति रकम ४ सय दिनु पर्ने मा ३ सय ३१ मात्र वितरण गरेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला