भिजिट भिसामा खाडी देश दुबई काम गर्न गएका धादिङका १९ जना अलपत्र

प्रकाशित मिति: ६ पुष २०७८, मंगलवार ०४:१९

भिजिट भिसामा खाडी देश दुबई काम गर्न गएका धादिङका १९ जना अलपत्र परेका छन् ।

नेपालबाट भिजिट भिसा लिएर दुबई पुगेपछि काम गर्ने योजनामा रहेका १९ जना भिसाको म्याद सकिएपछि कोठामा थुनिएर बस्नु परेको पीडितका परिवारले बताएका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ९ जना र वडा नम्बर ५ खाल्टेका १० जना गरी एउटै नगरपालिकाका १९ जना दुबईमा अलपत्र परेर उद्धारको प्रतिक्षामा रहेको नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको सुरक्षित वैदेशिक रोजगारको सूचना तथा परामर्श केन्द्रका कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो ।

धादिङबाट भिजिट भिसामा गएपछि काम लगाइदिने प्रलोभन पारेर हरेक व्यक्तिसँग २ लाख ५० हजार रुपैयाँ असुलेर दुबई पुगेपछि काम गर्न नपाएको पीडित रमेश परियारले जानकारी दिएका छन् । नेपालमा भिजिट भिसामा मानिस लगेर काम लगाउने दलालको काम गर्ने नवराज तामाङले दुबई पुगेर पनि एउटा कोठामा लगेर राखेका थिए ।

२५ जनालाई खान नपाउने र सुत्न समेत नमिल्ने कोठामा राखिएको सूचना तथा आप्रवासन केन्द्रमा गरिएको उजुरीमा उल्लेख छ । वैदेशिक रोजगारीका लागि भिजिट भिसा लिने सबैजसोले समस्या भोगिरहेकोले कामका लागि कसैलाई पनि भिजिट भिसामा नजान दुवाडीले आग्रह गर्नुभएको छ । अलपत्रलाई नेपाल ल्याउने प्रयास भइरहेको सूचना तथा परामर्श केन्द्रले जनाएको छ ।

(Visited 13 times, 1 visits today)

६ पुष २०७८, मंगलवार ०४:१९ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....