शैक्षिक विकास केन्द्र गुल्मीको वैठक सम्पन्न

ZEN Travels

कमल पौडेल
गुल्मी, भाद्र ८ गते ।
रुद्रवति शैक्षिक विकास केन्द्र तुराङ मजुवा गुल्मीको वैठक ज्ञानोदय उच्च मावि तुराङ मजुवा गुल्मीमा सम्पन्न भएको छ ।

वैठकले यहि भाद्र ३० गते देखि दाश्रो त्रैमाकि परीक्षा संचालन गन, आगामी शैक्षिक सत्र देखि अंग्रेजी माध्ययम संचालन गरेका विद्यालयहरुमा एउटै पब्लिकेसनको पाठ्यपुस्तक लागु गरि एक रुपता ल्याउने लगाएतका निर्णय गरेको अध्यक्ष भिमलाल सापकोटाले जानकारी दिनुभएको छ ।

त्यस्तै वैठकले आगामी भाद्र २३ गते विश्व साक्षरता दिवसको अवसरमा केन्द्र भित्रका सवै विद्यालयमा विविध कार्यक्रम गरि साक्षरता दिवस मनाउन निर्देशन गर्ने निर्णय गरेको छ । वैठक केन्द्रका अध्यक्ष भिमलाल सापकोटाको अध्यक्षता तथा सचिव महेन्द्र प्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला