जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी

ZEN Travels

रसुवा, भाद्र ८ गते ।
धुन्चे ,रसुवा र नेपाल लोकतान्त्रिक अपाङग संगठन जिल्ला शाखा रसुवाले आईतबारदेखि जिल्ला शिक्षा कार्यालय र अपाङ शिक्षक कार्यरत बिद्यालयहरुमा अनिश्चितकालीन तालाबन्दि गरेकोे छ ।

शिक्षा सेवा आयोगले स्थायी शिक्षकहरुको पदपुर्र्ती गर्ने क्रममा अस्थायी दरवन्दीमा कार्यरत ३ जना अपाङग शिक्षकलाई पुर्नस्थापना गर्नुपर्ने एक सुत्री माग राखि आज देखि अनिश्चितकालीन तालाबन्दि गरेका हुन् ।

नेपाल लोकतान्त्रिक अपाङग संगठन जिल्ला शाखा रसुवाले बिभिन्न बिद्यालयमा कार्यरत अपाङ्गता भएका शिक्षकलाई पदस्थापन गराउन बिहिबार जिल्ला शिक्षा अधिकारीलाई ज्ञापनपत्रमार्फत सवै सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए

आफना जायज मागको वेवास्ता गरेकाले आन्दोलन स्वरुप जिल्ला शिक्षा कार्यालय र अपाङ शिक्षक कार्यरत बिद्यालयमा तालाबन्दि गरेको नेपाल लोकतान्त्रिक अपाङग संगठन जिल्ला शाखा रसुवाले जनाएको छ । आफनो माग पूरा नभएसम्म ताला नखोल्ने अडान लिएको नेपाल लोकतान्त्रिक अपाङ्ग संगठन जिल्ला शाखा रसुवाका सचिव तथा हाकुका शििक्षक सानु तामाङले
बताउनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला